• नयाँ खबर

    02 October, 2016

    विडम्बना



    झुपडीमा रुन्छन् खाने दाना छैन रे छ
    महलका भन्छन् नयाँदाना छैन रे 
    गरिबलाई तरकारीमानून छैन रे
    धनीभन्छन् सोचेजति सुना छैन रे

    कसैलाई लाज ढाक्ने साडी छैन रे
    कोही भन्छन् घुम्न नयाँ गाडी छैन रे 
    दिनमा तीनटा साडी  फेर्छन् कतिनारीले 
    कतिलाई छोडेको छैन घाँसको भारीले 

    कसैलाई रुन पनिआँसु छैन रे
    कोही भन्छन भोजनमामासु छैन रे
    कतिलाई सन्तान धेरै खाानलाउनदुःख
    कोही मर्छन देख्नै नपाई सन्तानको मुख

    कोही डाक्टर घरमै बोलाई इलाज गर्छन् रे 
    अस्पताल देख्नै नपाई कति मर्छन् रे 
    कोही घुम्छन् जहाजमाभूँइमा टेक्दैनन् 
    कतिले त अहिले सम्म साइकल देख्दैनन् 

    कतिलाईधन राख्ने ठाउँ छैन रे
    कतिबने सुकुम्बासीगाउँ छैन रे
    यस्तै रैछ बिडम्बना सबै दुःखी नै
    दुःख सुख यहिजीवनलानु छैन केही

    – राधिका खतिवडा, आदर्शटोल – ३, वीरगन्ज
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विडम्बना Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top