• नयाँ खबर

    24 August, 2014

    महिला पत्रकार समुहको तिज विशेष कार्यक्रम समपन्न । सम्पुर्ण फोटो फिचर सहित । ।



    वीरगन्ज ८ भदौ 
    हरी तालिका तीज पर्वको पूर्व सन्धायामा वीरगन्जका विभिन्न महिला संघ सस्थाहरु दर खुवाउ तीज मनाई रहेका छन । वीरगन्जका महिला पत्रकार समुहले आज समुदायहरुको विचमा भव्य रुपमा तीज मनाईरहेका छन । वीरगंज चिनिमेल आवस क्षेत्रमा आयोजित कार्यक्रममा तीज गितमा नाच्दै दर खाने कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल उधोग वाणिज्य माहासंघका केन्दिय सदस्य मुकेश सरावगि , उधोग वाणिजय संघका अध्यक्ष अशोक बैध, अंचल प्रहरी कार्यालय नारायणीका वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव कृष्ण उदास खनाल,  लगायतको उपस्थिति रहेको थियो । 
    कृप्या साथिहरु विसिएन फोटो कन्टेसटमा आफनो अमुल्य लाईक गरि फोटो पुरस्कारको उपाधि जिताउन सहयोग गर्नुहोला । त्यसका लागि तल दिएको लिकमा गई लाईक गर्नु होला । 
    रामरो लागे कमेन्ट गरि सहयोग गर्नुहोला ।  

























    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    बिश्व किर्तिमान राख्न ३५ हजार नेपाली भेला भएर मानव झण्डा बनाए (फोटो फिचर)


    साथिहरु कृप्या तल दिईएको फोटोमा लाईक र कमेन्ट गरी मेरो लागि पुरस्कार जिताउनुहोस् सहयोगका लागि धेरै धेरै धन्यबाद ।
    फोटो राम्रो लागे कमेन्ट गरिदिनु होला

    ७ भदौ, काठमाडौं । काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा ३५ हजार मानिसको प्रयोग गरेर शनिबार नेपाली राष्ट्रिय झन्डाको आकर्षक आकृति बनाइएको छ । ‘शान्ति र समृद्धिका लागि मानव मूल्य’ नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले कागजको प्लेकार्ड बोकेका ३५ हजार ९ सय ७ जना मानिस उपस्थित गराएर नेपालको झण्डाको आकृति बनाएको हो । जो, जहाँ, जसरी भए पनि चन्द्र सूर्य अंकित झण्डामुनि सबै नेपाली एक हौं भन्ने भावनालाई जगाउन यसरी झन्डा बनाइएको आयोजक संस्थाका अध्यक्ष भावेश खनालले जानकारी दिए ।
    राष्ट्रिय भावना स्थापनासँगै आफूहरुको यो अभियानले विश्व कीर्तिमान कायम गर्ने पनि उनले बताए । यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानले २८ हजार ९ सय ५७ मानिस उपस्थित गराई झण्डा बनाएर विश्व रेकर्ड कायम गरेको थियो । एकजना मानिसले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको प्लेकार्ड बोकेर १ सय २८ मिटर चौडाइ र १ सय ६८ मिटर लम्बाइको आकारको झन्डा बनाइएको छ । मानिसलाई मिलाएर झण्डा बनाउने कामको जिम्मेवारी पुल्चोक इन्जिनियरिङ क्याम्पस र काठमाडौं इन्जिनियररिङ क्याम्पसमा अध्ययनरत बिई तेस्रो वर्षका विद्यार्थीलाई दिइएको थियो । साभार onlinekhbar.com


















    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    22 August, 2014

    नेशनल मेडिकल कलेजमा चिकित्सको लापरवाहिले मृत्यू भएको भन्दै विवाद, प्रहरीको लाठि चार्ज ३ जना पक्राऊ ।

    अस्पतालको अकास्मीक कक्ष केहिबेर बन्द गराएका

    भाद्र ६ पर्सा 


    नेशनल मेडिकल कलेज शिक्षण वीरगंजमा चिकित्सको लापरवाहिले विरामिलाई मारेको भन्दै विवाद हुदाँ २ जना घाईते भएको छ भने ३ जना पक्राउ परेका छन् । पर्साको भवराटार ४ कि सुनिता झा लाई पाढेघरको समस्याले उपचारको लागि ३ दिन अगाडी नेशनल मेडिकल कलेजमा भर्ना गराउदा चिकित्सकले अपरेशन गर्नुपर्ने भनेका थिए । 
    हिजो राति अपरेशन गर्न बलड जम्मा गराएपनि अपरेशन नै नभई आज विहान १० बजे सुनिता झाको मृत्यू भएको उनका श्रीमान नरेन्द्र झाले बताए । (वाईट छ) मृत्यू पश्चात उनका परिवार जनले चिकित्सको लापरवाहिले नै मृत्यू भएको भन्दै चिकित्सकसंग सोधबुझ गर्न जादाँ अस्पताल प्रशासनका कर्मचारी खटाई उल्टै पिडितका अफन्त अजित मिश्रा र मुन्ना मिश्रालाई कुटिपिट गरेको मृत्कका श्रीमान् नरेन्द्र झाले बताए । (वाईट छ) अस्पताल प्रशासनले अझ पिडितलाई सम्झाई बुझाई गर्नुपर्नेमा निर्दोष आफन्तलाई कुटपिट गरेकाले अस्पतालको अकास्मीक कक्ष केहिबेर बन्द गराएका थिए भने त्यस लगतै ओपिडि सेवा बन्द गराउन जादाँ दुवै पक्ष विच कुसि हानाहान हुदै झडप भएको थियो । झडपलाई साम्य पार्न प्रहरीले लाठि चार्ज गरेका थिए भने त्यस क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रयाग यादव, विजय पटेल, सुरेन्द्र यादव रहेका छन् । यता अस्पताल प्रशासनका वसरुदिन अंसारीले भने चिकित्सकलाई हातपात गरेकाले अस्पताल प्रशासनले हातपात गरेको हुन सक्ने बताएका छन् । यता विवादमा नेकपा एमालेका सभासद राजकुमार गुप्ता र विचारी यादव समेत उपस्थिति रहेको थियो । अन्तमा मात्रै बेलुका अस्पताल प्रशासन र पिडित विच वर्ता समपन्न भयो वर्तामा मृत्कमा लागेको सम्पुर्ण खर्च अस्पताले मिन्हा गर्ने सर्तमा वर्ता समपन्न भयो ।  


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    21 August, 2014

    पत्रकार हत्या विश्व विवेकलाई नै प्रहार गर्ने हिसांत्मक घटना - ओबामा (पत्रकारलाई हत्या गरेको भिडियो सहित)

    James Foley Beheaded ~ ISIS Beheading US Journalist James Foley ( FULL VIDEO )

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी पत्रकार जेम्स फोलीको विभत्स ढंगले हत्या गरिनु पुरा विश्वको विवेकलाई नै प्रहार गर्ने हिसांत्मक घटना भएको बताएका छन् । 
    उनले फोलीको हत्याको भिडियो बनाउने इस्लामिक स्टेट समूहलाई क्यान्सरसग तुलना गर्दै उसले भ्रष्ट सिद्धान्त अँगालेको बताए। संयुक्त राष्ट्रसंघ, बेलायत लगायतले उक्त कदम प्रति घृणा व्यक्त गरेका छन् । यसैबिच अमेरिकी विशेष फौजले पत्रकार फोली सहित सिरियामा बन्धक बनाइएका अन्य अमेरिकी नागरिकहरुको रिहाइको लागी प्रयास गरेको पेन्टागनले खुलासा गरेको छ । निराश मुद्रामा देखिएका राष्ट्रपति ओबामाले २१ औं शताब्दीमा इस्लामिक स्टेट विद्रोहीहरुलाई कुनै ठाउँ नरहेको बताए । उनले ध्वंस भन्दा निर्माणमा जोड दिने जेम्स फोलीहरु जस्ताकै भविष्यमा जीत हुने धारणा पनि राखेका छन । अमेरिकी जनताको सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । अमेरिकी रक्षा निकाय पेन्टागनका एक जना प्रवक्ताले यस बर्षको सुरुमा हवाई र स्थल मार्गबाट फोली सहितका बन्धकलाई खोज्ने प्रयास गरिए पनि उनीहरुलाई लुकाइएको स्थान पत्ता लगाउन नसकिको बताए । विभिन्न विश्व नेताहरुले पत्रकार फोलीको हत्याको निन्दा गरेका छन् । इस्लामीक स्टेट संगठनले अमेरिकीलाई सन्देश शिर्र्षक दिएर तयार पारेको एउटा भिडीयोमा जेम्स फोली भनेर परिचय दिएको एउटा व्यक्ती पहेलो पोशाक लगाएर मरुभूमी जस्तो देखिने स्थानमा घुडा टेकिरहेको र उसको पछाडी कालो पोशाक लगाएको एउटा शसस्त्र मानिस देखाइएको थियो । मारिनु अघि परिवारलाई सन्देश दिदै उनले हत्याको इराकमा आइएस समूह विरुद्ध गरिएको अमेरिकी कार्वाही जिम्मेवार रहेको बताएको भिडियोमा देखाइएको छ ।। 
    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    20 August, 2014

    गुगल बारे ११ रोचक तथ्य जाखिराखौँ



    इन्टरनेट जायन्ट गुगल सूचना प्रविधि क्षेत्रको वादशाह नै हो । सर्च इन्जिन, अनलाइन विज्ञापन, इमेल मात्र नभै गुगल प्लस जस्तो सोसल मिडिया, स्मार्टफोनको चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइड देखि लिएर स्मार्टफोन, स्मार्ट घडी तथा स्मार्ट चश्मा जस्ता हार्डवेयरको क्षेत्रमा समेत गुगलले आफ्नो प्रभुत्व स्थापित गरिरहेको छ ।
    एकै समयमा धेरै चिजको सामना गरिरहेको गुगलमाथि कहिलेकाहीँ सिर्जनात्मकता नभएको तथा यसका सेवाहरुमा कुनै त्यस्तो उल्लेखनीय तथा अनौठो तथ्य नभएको भनि आलोचना समेत हुने गरेको छ ।
    तर, आलोचकहरुले भनेजस्तै उतिसारो निरस भने छैन् गुगल । गुगलका सेवाहरु उत्कृष्ट त छन् नै यसका सेवा तथा सर्त सम्बन्धि केही तथ्यहरु निकै रोचक पनि छन् । गुगल सम्बन्धि केही रोचक तथ्य यस्ता छन् स्
    १. गुगल सर्चमा केही कुरा खोज्दा त्यसको नतिजा देखाउनुअघि गुगलले २ सय भन्दा बढि पक्षहरुलाई ध्यानमा राखि खोजी गरिएका विषयका नतिजा देखाउँछ । यो काम यति छिटो हुन्छ की एक सेकेण्डको पनि केही अंश समयभित्रैमा सबै पक्षहरुको हिसाबकिताब गरि नतिजा स्त्रिmनमा देखाइहाल्छ गुगलले ।
    २. गुगलले न्ययनभि जस्तै लाग्ने अन्य कैयौँ डोमेन समेत सिर्जना गरेको छ जस्तै न्ययनभि।अयm, न्यनभि।अयm, न्ययनचि।अयm त्यस्तै द्धटटद्धछघ।अयm, नाम डोमेनको स्वामित्व पनि गुगलकै छ ।
    ३. गुगल सर्च इन्जिन विश्वमा सबैभन्दा बढि प्रयोग गरिने सर्च इन्जिन हो । गुगल सर्चमा एक सेकेण्डमा २० लाख भन्दा बढि कुरा खोजी गरिन्छन् ।
    ४. गुगलले आफ्ना धेरै प्रोजेक्ट ठूलो जनसंख्यालाई लक्षित गरेर कार्यान्वयन गरेको हुन्छ । तर सन् २०१२ मा गुगलले आफ्नो जिमेल सेवामा चेरोकी भाषा समेत समावेश गर्यो । अमेरिकामा बस्ने आदिवासी चेरोकी भाषी समुदायका लागि गुगलले जिमेलमा चेरोकी भाषा सन् २०१२ मा ल्याएको हो । चेरोकी भाषा बोल्ने २० हजारको हाराहारीमा मात्र छन् ।
    ५. गुगलका संस्थापक ल्यारी पेज र सेर्गेइ ब्रिनले गुगलको पहिलो डुडल बनाएका थिए, सन् १९९८ मा । नेभादा मरुभूमिमा आयोजित बर्निङ म्यान महोत्सवमा गएका बेला उनीहरुले गुगलको टोली केही दिनको लागि कहाँ रहेको छ भन्ने कुरा अरुलाई जानकारी गराउनका लागि बर्निङ म्यान पर्वलाई जनाउने लोगो समावेश गरी पहिलो डुडल बनाएका थिए ।
    ६.  गुगलको आम्दानीको अधिकांस हिस्सा यसको अनलाइन विज्ञापनबाट आउने गर्छ । सन् २०१३ मा गुगलले जम्मा गरेको ५५ अर्ब ५० करोड डलर राजश्वमध्ये ९१ प्रतिशत विज्ञापन सेवाबाटै जम्मा भएको हो ।
    ७. गुगल सर्चमा राखिएका सामाग्रीको सूचिका डाटाको आयतन १० करोड गिगाबाइट छ । अर्थात् गुगल सर्च इन्डेक्सका सबै डाटा पेन ड्राइभमा राख्न चाहनुहुन्छ भने १ टेराबाइट क्षमतामा १ लाखवटा पेनड्राइभ आवश्यक पर्छन् ।
    ८. गुगल नै एकमात्र त्यस्तो इन्टरनेट साइट हो जसले आफ्ना प्रयोगकर्ताले यो साइटमा बिताउने समय घटाउने मुख्य लक्ष्य राखेको छ ।
    ९. गुगलले आफ्नो स्ट्रिट भ्यू नक्शाको लागि ५० लाख माइल सडकको तस्वीर खिचिसकेको छ ।
    १०. गुगलले यो वर्ष नै विभिन्न २४ वटा कम्पनी खरीद गर्यो । यो हिसाबबाट हेर्दा गुगलले महिनामा सरदर ३ वटा प्रबिधि कम्पनीलाई आफुमा विलय गराउने गरेको छ ।
    ११. गुगलको भिडियो सेवा यु ट्युव पनि निकै चर्चित छ । तथ्यांक अनुसार विश्वमा हरेक महिना ६ अर्ब घण्टा यु ट्युवमा भिडियो हेरिन्छ । यो भनेको विश्वमा हरेक मानिसले एक महिनामा झण्डै १ घण्टा यु ट्युबमा भिडियो हेर्ने गर्छ । OnlineKhabar


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    एसीसी यु- १६ प्रिमियर लिगमा नेपालको ऐतिहासिक जीत, आयोजक मलेसिया ३२ रनले पराजित, विजेता क्रिकेटरलाई जनही २० हजार दिने घोषणा (फोटो फिचर सहित )




     एसीसी अन्डर १६ प्रिमियर लिग क्रिकेटमा नेपालले ऐतिहासिल सफलता हात पारेको छ । मलेसियालाई ३२ पराजित गर्दै नेपाल पहिलो पटक एसीसी अन्डर १६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । 
    राउण्ड रोविन लिग अन्तर्गत खेलाइएको प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई ३२ रनले पराजित गरेको हो । जितका लागी १६२ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले ३६ ओभरमा १२९ रनमा समेट्दै उपाधि जितेको हो ।

     यसअघि मलेसियाको किन्नरा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ४० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ६१ रन बनाएको थियो । नेपालका लागी पवन सराफले सर्वाधिक ४४ रन बनाए भने रवि चन्दले ३४ रनको योगदान गरेका थिए । पहिलो २० ओभरमा २ विकेटको नोक्सानीमा मात्र ५४ रन बनाएको नेपालले पछिल्लो २० ओभरमा १ सय ७ रन जोडेको थियो । राउण्ड रोविनको आधारमा खेलाइएको खेलमा नेपालले यसअघिको चार वटै खेलमा जित हात पारेको थियो भने मलेसियाले ३ मा जित र एकमा बराबरी नतिजा निकालेको थियो ।


     नेपालले पहिलो खेलमा थाइलयाण्डलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो । यसतै तेस्रो खेलमा ओमानलाई १०२ र चौथो खेलमा बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यसअघि एसीसी एलिट कपको नाममा भएको दुवै संस्करणमा नेपाल उपविजेतामा सिमित भएको थियो । नेपाल यसअघि मलेसिया विरुद्ध भएको तिन मध्ये दुई खेलमा विजयी भएको थियो भने २०१२ मा फाइनलमा मलेसियासंग पराजित भएको थियो ।




    यसैगरी नेपाल क्रिकेट संघ क्यानले एसीसी यू(१६ प्रिमियर क्रिकेटको च्याम्पियन बनेको नेपाली टोलीका सदस्यहरुलाई जनही २० हजार दिने घोषणा गरेको छ ।
    खेलाडीहरुको प्रत्साहनका लागि नगद पुरस्कार दिन लागिएको क्यानले जनाएको छ । नेपाली टोली भोलि बिहीबार विहान साढे ११ बजे काठमाडौं आउने कार्यक्रम छ ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    नेवार समुदायको सय बर्ष अघिदेख जात्रा मनाउने चलन अब समावेशी तर्फ सम्पुर्ण फोटो फिचर सहित ।




    भाद्र ४ पर्सा 

    भिमसेन जात्रा मनाउने वीरगंजको आफ्नै मौलिक परम्परा रहदै आएको छ । नेवार समुदायको यहा करीब १ सय बर्ष अघिदेखि प्रवेश भएदेखिनै यो जात्रा मनाउने चलन रहेको छ । यो समुदायको कुल देउता मानिन भिमसेनको जात्रा मनाउदा धन वैभव र आरोग्यता प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ । 


    यो जात्रा बिगतमा गहवाका नेवार समुदायले निकाल्ने गरेकोमा उति बेलै वीर्ताका बासिन्दाले जात्राको डोला खोसेर आफूसंग राखेर बर्षेनी जात्रा निकाल्दै आएको मान्यता रहेको छ । डोला खोसिएपछि गहवाका नेवार समुदायले हाल पनि सानो र सामान्य रुपमै भएपनि डोला निकाल्ने गरेका छन् । 



    जात्रा निकालिएपछि गहवाका नेवार समुदायले आआफ्नो टोलमा पनि डोला घुमाउन आग्रह गरेपनि जात्रा २ नम्बर रोड हुदै सोझै वीर्ता मन्दिर जान खोजेपछि प्रत्येक बर्ष गहवाका नेवार समुदायले जात्राको बाटो मोडन खोजेपछि केही बेर तनाव हुने गर्दछ । जात्राका सहभागीले ‘लियोलियो पायोपायो’ भन्दै जात्रा अवधि भर नारा लगाउने गर्दछन् । 


    जात्राको क्रममा बोकाको मासु,सिध्रा,बारा,आलु,केराउ,साग,अन्डा,काक्रो,भुजा,चिउरा आदि गरी करीब १ दर्जन पकवान तयार पारेर चढाई सकेपछि प्रसादको रुपमा नगरबासीलाई बितरण गर्ने चलन रहेको छ । पुजा उपसमिति पनि स्थानीय युवाहरुले क्रमशः युवा पुस्ताहरुलाई हस्तान्तरण गर्दै आएका छन् । जिम्मेवारी पाएका युवाहरु घर बाहिर रहेपनि जात्रा मनाउनकै लागि फर्कने गरेका छन् । 



     वीर्ता मन्दिरमा पुजा अर्चना पछि डोलालाई मन्दिरको ३ पटक परिक्रमा गराएपछि क्रमशः वीर्ताका खडकी समाज र मानन्धर समाजले डोलामा भिमसेनको पुजा अर्चना गर्छन् । जात्रा नगरको मुख्य सडकबाट गुज्रिन्छ । माइस्थान मन्दिर हुदै २ नम्बर सडकबाट परिक्रमा गरी जात्रा पुनः वीर्ता मन्दिरमै आई सम्पन्न हुन्छ । बिगतदेखिनै जात्रामा यही रुट प्रयोग हुदै आएको छ । 


    मंगलबार बिहान करीब ११ बजे गहवाका नेवार समुदायले आप्mनो जात्रा निकालेका छन् । वीर्ता मन्दिरबाट निकालिने जात्रा भने राती अबेर निस्कने छ । जात्राको व्यवस्थापनका लागि नगरमा सशस्त्र र नेपाल प्रहरीका गरी करीब ३ सय सुरक्षाकर्मी परिचालन गरीएको थियो । 


    प्रहरी उपरीक्ष्ँक धिरजप्रताप सिंहका अनुसार, नेपाल र सशस्त्र प्रहरीका गरी २ सय ५० सुरक्षाकर्मीको जनशक्ति जात्रा अवधिमा नगरमा परिचालित गरेका थिया ।
      
    पाकेटमारी लगायतका अन्य उच्छृंखल गतिविधि रोक्न सादा पोशाकका २५ सुरक्ष्ाँकर्मी परिचालन गरिएका छन् । 



     जात्रा निकाल्ने सबै ठाउमा पिकेट,हाइ प्वाइन्ट पनि राखिएका छन् । 



     सबैभन्दा बढी रथ तान्ने बेलामा तनाव हुने भएकाले त्यसमा सहयोगी भूमिका खेल्न ४० सादा पोशाकका सुरक्षाकर्मी खटेका थिए ।






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    प्रज्ञापनपत्र भन्दा बढी समान लोड गरको ट्रक नियन्त्रणमा




    भाद्र ४ पर्सा 
      विशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यलय पर्साले गएराति एक मालबाहक ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग मध्यमान्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाइएको छ  । वीरगंज भन्सार कार्यालयवाट भन्सार गरी भन्सार प्रज्ञापनपत्र भन्दा बढी समान लोड गरी लगिरहेको सुचनाको अधारमा प्रहरील ना.२ ख ७१०९ नं. को ट्रकलाई बीरगंज वडा नं.१९ स्थित बाईपास सडकमा नियन्त्रणमा लिएको थियो । आज  उक्त समान सहितको ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग मध्यमान्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिहंले जनाकारी दिनु भएको छ । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    15 August, 2014

    बर्षाका कारण पर्साको सदरमुकाम देखि ग्रामिण भेग सम्मका जनताको जनजीवन प्रभावित फोटो फिचर सहित

    डुबानमा बस्ति जनजीवन  प्रभावित


    अविरल वर्षाका कारण पर्साको सदरमुकाम देखि ग्रामीण क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । बर्षाका कारण वीरगन्ज नगरका विभिन्न टोलका सडकहरु जलमग्न भएका छन । खास गरि नगरका भित्रि टोलमा रहेका ढल र नाला सरसफाइ नगरिएका कारण वर्षाको पानी र नालाको दुर्गन्धित पानी पनि सडकमै बगेको छ । वर्षा र नालाको पानीको उचित निकास नभएका कारण वीरगन्जको पानीटंकी, रानीघाट, नगवा, भिस्वा, जेलरोड लगायतका टोलका भित्री सडकहरु जलमग्न भएका हुन् । वर्षाको पानीसंगै नालाको दुर्गन्धित पानी पनि केही घरमा पसेका कारण ती टोलका वासिन्दालाइ आवत जावत गर्न पनि समस्या भएको स्थानिय बासिन्दा बताउछन् । 
    डुबानमा बस्ति जनजीवन  प्रभावित

    डुबानमा बस्ति जनजीवन  प्रभावित

    डुबानमा बस्ति जनजीवन  प्रभावित


    डुबानमा बस्ति जनजीवन  प्रभावित




    फोटो फिचर सहित कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

    भारतको ६८ औ स्वतन्त्रता दिवस समपन्न ।



    साउन ३० पर्सा
    जियालाल साह
    भारतको ६८ औ स्वतन्त्रता दिवसको अवसरमा आज वीरगंज स्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत अन्जु रन्जनले ध्वजोरोहण गरेकी छिन् । 
    दुतावास परिसरमा आयोजित कार्यक्रममा झण्डोतोलन गर्दै भारतीय राष्ट्रिपति प्रणव मुखर्जीले देशको नाममा जारी गरेको विज्ञपति पढेर सुनाएकि थिईन । 
    स्वतन्त्र दिसको अवसरमा महावाणिज्य दुत रन्जनले नेपाल रेडक्रस सोसाईटि उपसाखा जनकपुर धनुषा र खैरवा हेल्थ सेन्टर सर्लाहिलाई एकएक वटा एम्बुलेन्सको साचो हस्तनान्तरण गरेकि थिईन ।कार्यक्रममा सिटि डान्स ऐकेडेमी, नेशनल मेडिकल कलेज, दिल्ली पब्लिक स्कुल, डिएभी स्कुल लगायतका विद्यार्थीहरुले भारतको राष्ट्रिय झल्कने गितहरुमा नृत्य गरेका थिए ।
     कार्यक्रममा हेटैडाका क्षेत्रिय प्रशासक शंकर कोईराला, प्रहरी नाय महानिरिक्षक प्रकाश अर्याल, उधोग वाणिज्य संघका अध्यक्ष अशोक कुमार बैध, समाजसेवी लगायत स्थानिय व्यक्तिहरुको उपस्थिती रहेको थियो । भारतले नेपालको विकास र उन्नतीको महत्वलाई आत्मसात गरेको र सोको लागि सम्भाव्य सम्पुर्ण सहयोगप्रदान गर्ने बताईएको हो ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    Scroll to Top