हाम्रो बारेमा

यो वेभसाइट मध्य नेपालको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले खासगरि महिलाको जीवन स्तर उकासन खालको विभिन्न समाचार, स्वास्थ्य, टिप्स, परामर्श, सौन्दर्य, लेख, अन्तरर्बार्ता, विकास खबर, बिश्व लगायत भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई हामीले समेट्ने गर्दछौँ ।
‘मध्य नेपाल’ पोर्टलको नाम राख्नुको पछाडि विश्वको आधा अकाश महिलाले नै ढाकेकी छिन् । हाम्रो देशभित्र पनि महिलाहरुले थुप्रै कामहरु गरेर देखाएकि छिन् । त्यसै महिलाहरुका साथै समाजमा भएका विकृति, विसङ्गतिको विरुद्धमा खडा रुपमा कलमको माध्यमले लडने हाम्रो अभिप्राय हो । यस पोर्टल संगै हामी पत्रिकाको माध्यमले समेत अगाडि बढ्न खोजेका होँ । ‘मध्य नेपाल सन्देश’ साप्ताहिक पत्रिकाको नामले समेत हामीले समाजमा एक अलग पहिचान स्थापित गर्न खोजेका छौँ । यसैपनि महिला भएकै कारण संघर्ष र चुनौति धेरै छन् अझै घुघट भित्र बस्न बाध्य तराई मधेशमा महिलाका लागि थुप्रै चुनौतिहरु छन् । यस मेहनत र चुनौतिका बाबजुद हामीले वीरगंजबाट ‘मध्य नेपाल’ न्यूज पोर्टल र ‘मध्य नेपाल सन्देश’ साप्ताहिक पत्रिका मार्फत तपाईमाझ आउन लागेका हौँ । न्यूज पोर्टलका लागि प्रत्येक प्रहर हामी ताजा सामाचारका साथ तपाई माझ हुनेछौँ भने पत्रिका मार्फत प्रत्येक आईतबार तपाईको घर दैलोमा पुग्नेछौँ । यहाँको मायाँ सदभावका लागि हामी हरदम आशावादि छौँ । धन्यबाद ।।
यहाँको सल्लाह सुझाव र विषय विश्यान्तर लेख, रचना या कुनै सामाचारका लागिmadhayanepalsandesh@gmail.com मा ईमेल गरि हाम्रो न्यूज पोर्टल र पत्रिका मार्फत प्रकाशित गराउनु सक्नुहुनेछ ।
0 comments:
Post a Comment