• नयाँ खबर

    02 October, 2016

    गजल — तिम्रो काखमा


    तिम्रो काखमाशिर राखी, लुट्पुटिन मन लाग्छ
    यस संसारमा तिम्रै खुसी हेरिरहन मन लाग्छ

    जीवन के हो ? पल्टाई पाना सम्झनाका डायरीहरु
    तिमीसगँका प्रत्येक पल.. सजाई राख्न मन लाग्छ

    त्यो स्पर्शमा भावनाले डुबुल्किदा किनकिन
    मात्र तिम्रो यादसंगै टोलाइ रहन मन लाग्छ ।

    थाहा छैन प्रेमको जरा कहाँसम्म फैलिई जाला
    त्यहि छहारीमा ओतलागी कुरिरहन मन लाग्छ ।।
    – गीता भण्डारी, वीरगन्ज
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: गजल — तिम्रो काखमा Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh
    Scroll to Top