
सरकारले पुनः प्रक्रियामा आउन अबसर दिएकाले यस प्रक्रियामा नआउनेहरु धरपकड पछि सम्बन्धित मुलुक फर्किनुको बिकल्प नहुने निर्देशक शकिबलाई उद्धिृत गर्दै फ्रि मलेसिया टुडेले खबर छापेको छ । निर्देशक शकिबले ५ लाख अबैधानिक कामदार यसैबर्ष बैधानिक बन्ने पनि बिश्वास ब्यक्त गरे । मलेसिया सरकारले अबैधानिक आप्रवासीलाई धरपकड पनि गर्ने र बैधानिक बन्ने अबसर पनि संगसंगै दिने गर्दा यस्ले थप अन्यौलता पैदा गरीदिएको छ ।

अबैधानिक कामदार कुनै एकजना रोजगारदाताको साथमा प्रक्रियामा जानुपर्ने हुन्छ । सरकारले अबैधानिक आप्रवासी कामदार माथीको धरपकड जारी राख्दा प्रक्रियामा लैजान रोजगारदाताले समेत आट गर्न नसकेको देखिन्छ । अबैधानिक कामदारलाई आफ्नो बैधाकिन कामदार बनाउन तयारी अबस्थामा बसेका रोजगारदाताहरु पनि सरकारको निती ‘पर्ख र हेर’को सिद्धान्तमा बसेका छन् । – सुदीप निउरे दैनिक नेपाल
0 comments:
Post a Comment