फागुन २५ पर्सा
मेरो समय
‘लैङ्गिक समानताको लागि पाइला हाराहारी : सन २०३० सम्म हिस्सा बराबरी’ भन्ने मुल नाराका साथ आज वीरगंजमा पनि १०६ औँ अन्तराष्ट्रिय नारी दिवस सम्पन्न भएको छ ।
वीरगंजको महिला तथा बालबालिका कार्यलय, जिल्ला प्रहरी कार्यालय, वीरगंज महिला जागरण समाज, केआई नेपाल, माईति नेपाल, विजाम, दिव्य युवा क्लब, सशस्त्र हिसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलीकरण परियोजना, एनजिओ सिसि, तराई उत्थान महिला केन्द्र लगायत विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आज विभिध कर्यक्रम समपन्न गरेको छ ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केश्वराज घिमिरेले महिला हिसाँ आ–आफ्नो घरबाटै हटाउनु पर्ने बताउनु भएको थियो । उहाँले महिला शिक्षित भए सिङगो समाज नै शिक्षत हुने संज्ञा दिदै महिला अगाडी बढनुपर्ने बताउनु भएको थियो ।

कार्यक्रममा स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्याल, माइति नेपालकी संगिता पुरी, पुर्व कृषि राज्य मन्त्री करिमा बेग्म, युनिसेफका वृजकिसोर पटेल, एनजिओसिसिका अध्यक्ष रामनरेश प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो ।

दिवसकै अवसरमा विहान घण्टाघरबाट निकालेको ¥यालिमा सहभागिहरुले महिला हिँसा रहित नेपाल सबैको इच्छा आत्मनिरभरका लागि सर्वसूलभ शिक्षा, छोरीलाई दाइजो होइन शिक्षा र अवसर दिऊ, उठौ जागौ आफ्नो अधिकार आफै खोजौ, संविधानलाई व्यवहारमा उतारौँ महिला अधिकार शुनिस्चित गरौँ लगायतको प्लेकार्ड बोकि ¥यालि निकालेको थियो । ¥यालि वीरगंजको माईस्थान, आदर्शनगर चोक, अलखिया मठ, विर्ता, नरायणी अस्पताल लगायतको विभिन्न स्थान परिक्रममा गरि लाइन्स क्लबको सभाहलमा पुगि कार्यक्रममा परिणत भएको थियो ।
0 comments:
Post a Comment