-

  • नयाँ खबर

    29 October, 2016

    वीरगंजका विद्यार्थी उच्च शिक्षाका लागि अन्यत्र जान बाध्य


    – प्रियांका गुप्ता
    मध्य नेपाल सन्देश  ।
    नेपालको अस्थिर राजनीतिक परिस्थितिका कारण हजारौं नेपाली विद्यार्थी भारत वा अन्य मुलुकमा उच्च शिक्षाका लागि अध्ययन गर्ने जाने गरेका छन् । यसरी भारत वा अन्य देशमा अध्ययनका लागि जाने विद्यार्थीहरु मध्ये वीरगंजका विद्यार्थीहरुको सख्या पनि ठूलो छ । वीरगंजबाट मात्रै हरेक वर्ष दश जोड दुई अध्ययन पूरा गरेका करीब ३० प्रतिशत विद्यार्थी भारतमा उच्च शिक्षाका लागि जाने गरेको वीरगंज पब्लिक कलेजका सञ्चालक डा. दीपक शाक्यको भनाइ छ । वर्षेनी वीरगंजबाट दुईदेखि तीन हजार विद्यार्थी नेपाल बाहिर पढन जाने गरेको उनले जिकिर गरे । 
    वीरगंजमा प्राविधिक शिक्षाको लागि पर्याप्त शिक्षण संस्था नरहेकोले उनीहरु बाहिर जाने गरेको उनको तर्क छ । वीरगन्जमा त्रिभुवन विश्व विद्यालयका सम्बन्धन प्राप्त ठाकुरराम बहुमुखी क्याम्पस, हरिखेतान बहुमुखी क्याम्पस,  पूर्वाञ्चल विश्व विद्यालयको सम्बन्धन लिएको बिपिसी कलेज, प्राविधिक तथा व्यवसायीक शिक्षको सम्बन्धन लिएको बिआईटी कलेज भएता पनि आधुनिक तथा व्यवाहारिक शिक्षाको अध्ययनको लागि नेपालका विश्व विद्यालयले वीरगन्जको कलेजलाई सम्बन्धन नदिदा वर्षेनी विद्यार्थी बाहिर जाने क्रम पछिल्लो समयमा बढेको प्रध्यापकहरु बताउँछन् । वीरगंजको नेशनल मेडिकल कलेजमा नेपाली भन्दा भारतीय विद्यार्थीहरुलाई बढि प्राथमिकतामा राखी अध्यापन गराउने गरेको शिक्षा विद्हरुको भनाई छ । वीरगंज विश्व विद्यालयको प्रस्ताव पनि त्यस्तै अन्यौलमा परेको प्रस्तावकहरु बताउँछन् । 
    १२ सेप्टेम्बरको दिन उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ सालको नतिजा प्रकाशित गरेको थियो । कक्षा १२ को शिक्षा ,मानविकी र व्यवस्थापन संकायको नतिजा अनुसार करिब पौने दुई लाख विद्यार्थी मध्ये साढे ८५ हजार विद्यार्थी पास भए । यो परीक्षामा सामेल भएको कुल विद्यार्थीको ४८ दशमल १७ प्रतिशत हो । गतवर्ष ४० प्रतिशत विद्यार्थी मात्र पास भएका थिए । परीक्षा नियन्त्रणक सन्तोष आर्यालका अुनसार इक्जाम्टेड तर्फ एक लाख २३ हजार विद्यार्थी मध्ये साढ ३९ प्रतिशत विद्यार्थी यो वर्ष पास भएका छन् । गत वर्ष इक्जाम्टेड तर्फ जम्मा ३३ प्रतिशत विद्यार्थी मात्र पास भएका थिए । यसरी हरेक बर्ष विद्यार्थीहरुको उतिर्ण हुुने प्रतिशत बढ्दै गए पनि वीरगन्जमा भने यस क्षेत्रका विद्यार्थीहरुको आवश्यकतालाई ध्यानमा राखी उच्च शिक्षा हासिल गर्ने जिम्मेवार संस्थाको अभाव हुनु ठिक होइन । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजका विद्यार्थी उच्च शिक्षाका लागि अन्यत्र जान बाध्य Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।