-

  • नयाँ खबर

    30 October, 2013

    नेपाल भारत सीमाका १२२ स्तम्भ गायब

     नेपाल भारत सीमामा रहेका १ सय २२ सीमा स्तम्भ गायब छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्ष्ाँ कार्यँलय वीरगजका अनुसार, पछिल्लो पटक गरिएको स्थलगत खोजीपछि कल ९ सय ५४ सीमा स्तम्भ मध्ये १ सय २२ हराएका हुन् । ५ मुख्य,४ मझौला र १ सय १३ वटा साना सीमा स्तम्भ हराएका छन् । जिल्लामा मुख्य ४७, मझौला ५४ र सानो ८ सय ५३ गरी कूल ९ सय ५४ वटा सीमा स्तम्भ हुनु पर्ने थियो । सशस्त्र प्रहरी उपरीक्षक गणेश बहादुर ठाडा मगरले सबै भन्दा बढि अमरपट्टी गाबिसमा ४९ वटा साना,महादेवपट्टी र निर्मलबस्ती गाबिसमा २÷२ वटा र मिर्जापुर गाबिसमा १ वटा गरी ५ वटा ठूला स्तम्भ हराएका छन् ।
    ‘अमरपट्टी ५ मा १० गजा क्षेत्रमा मानव बस्ती छ भने, ठोरी गाबिसमा भारतीय जनतासंग पानीको मुहानको विवाद रहेको छ,’ सप्रउ मगरले भने, ‘कतिपय स्थानमा घरको आ“गनमा समेत सीमा स्तम्भ रहेको पाइएको छ ।’ हराएका तथा जिर्ण सीमा स्तम्भहरु बारे प्रमुख जिल्ला अधिकारीको निर्देशन लिई तिनको मर्मत र सीमा विवाद समाधानको प्रयास पनि आफूले निरन्तर जारी रहेको सप्रउ मगरले जानकारी दिए । भारतले कतिपय स्थानमा दशगजामै अस्पताल,विद्यालय ,सार्वजनिक बाटो तथा अन्य सार्वजनिक संरचनाहरु समेत निर्माण गरेको छ । सिर्सिया गाबिसस्थित सिमामा भारतको नुनियाडिह गाउपंचायतको ठूलो अहिरा र रक्सौल वडा नं ७ मा भारतीयहरुले दशगजामै घर बनाएका छन् । रक्सौलकै सुन्दरपुरमा भारतले दशगजा मिचि कुष्ठरोग अस्पताल निर्माण गरी अस्पताल संचालन गरेको छ भने त्यहा पशुपालन समेत गरिएको छ । सशस्त्र प्रहरी बल समिा सुरक्षा कार्यालयले सीमा स्तम्भहरुको संरक्षण र रेखदेखका साथै समय समयमा उत्पन्न हुने २ देशका नागरीकबिचको विवाद समाधान, सीमा र सीमा स्तम्भहरुको रेखदेख तथा स्थानिय जनतामा शान्ति सुरक्षाको प्रत्याभुती दिलाउने कामलाई समेत प्राथमिकतामा राखेको सप्रउ मगर बताउछन् । स्थानिय जनताको माग र वास्तविक स्थलगत अध्ययनले सीमावर्ति क्षेत्रमा हुने अपराध, अवैध सामान ओसारपसार, चोरी निकाशी र सीमा र सीमा स्तम्भहरुको रेखदेखमा समेत टेवा पुग्ने गरेको उनले बताए 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल भारत सीमाका १२२ स्तम्भ गायब Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top