-

  • नयाँ खबर

    29 February, 2016

    सैनिकबाट धोका पाएकीले न्याय पाइनन्, उपहासको कथा बन्यो अदालतको फैसला


    फागुन १७, २०७२। तपाईंलाई लाग्नसक्छ कि अदालतजस्तो सम्मानित निकायबाट पीडितका पक्षमा फैसला भएत फैसलाको पक्कै कार्यान्वयन हुन्छ भनेर । अहँ।। त्यो पनि कहाँ हुँदो रहेछ र रु त्यसैले त ‘नेपालका कानुन दैवले जानुन’ भन्ने भनाई स्थापित भएको होला सायद । यहाँ यस्तै भएको छ । पुनरावेदन अदालत दिपायलमा परेको मुद्दामा पीडित भनिएका पक्षमा फैसला भए पनि पीडक भनिएका पक्षलाई कुनै कार्वाही भएको छैन ।
    प्रसङ्ग हो डोटीको बन्लेक गाविस ७ की लक्ष्मी विष्टको । हुन त यस्ता घटना गोपनियता र आत्मसम्मानका लागि सञ्चारमाध्यममा नआउनुपर्ने हो, तर पीडित विष्टले पत्रकार सम्मेलन आयोजना गरेरै मिडियाकरण गरिदन आग्रह गरपछि रहस्य सार्वजनिक गरिन लागिएको हो ।
    विष्टकै गाउँका तत्कालिन समयमा हनुमानध्वज गुल्म, भगतपुर ब्यारेक कञ्चनपुरमा कार्यरत सैनिक जवान टेक बहादुर धामीले करिब ४र५ वर्ष लामो सम्बन्धपछि प्रेम विवाह गरि वि।सं।२०६८ चैत्र मसान्तमा उनलाई कञ्चनपुरको कलुवापुरमा डेरा गरि राख्यो । झण्डै तीन महिनापछि गर्भवती भएकी उनलाई २०६९ पुष १२ गते सेती अञ्चल अस्पताल लगेर गर्भपतन गरायो ।
    आफ्नो नाम ठेगाना समेत अस्पताललाई जानकारी नगराएर मोबाईल नं। ९८४८४८०४८८ छोडेर बाहिरिए । त्यसपछिको केहिदिनसँगै बसेको र लगत्तै सम्पर्क विहीन अवस्थामा धामीले विष्टलाई छोडेर गएको पीडित बिष्ट बताउँछिन् । त्यसपछि भारतबाट फोन गरेर ‘तिमी आफ्नो घरमा जाउ, म ईण्डिया आईसके, मेरो घरपरिवारले तिमीलाई स्विकार्दैन, त्यसैले तिमी आफ्नो घर फर्क’ भनेको बिष्ट बताउँछिन् । त्यसपछि केहिदिनमै धामी वेहोसीपनमा कलुवापुरमा फर्केर डेरामा राखिएका लुगाकपडा, ग्याँस चुल्हो र भाँडाकुँडा, छिमेकीको घरमा राखेर गएपछि केहिदिन उनलाई घरबेटीले साहारा दिएको रुदै बिष्टले सुनाईन् ।
    त्यसबिचमा उनले विभिन्न बेलामा सेनाका विभिन्न निकायमा, प्रहरी चौकीमा, सुरक्षित अल्पकालिन जिल्ला महिला सेवा केन्द्र, जिल्ला अदालत, पुनरावेदन अदालत सबै ठाउँ धाईन् । हुँदै गर्दा जिल्ला अदालत डोटीको मिति २०७० पुष ९ गतेको फैसला अनुसार टेकबहादुर धामी र लक्ष्मी बिष्टबिच लोग्ने स्वास्नीको नाता कायम समेत गरिसकेको सदर हुने गरि २०७१ असार २४ गते पुनरावेदन अदालत दिपायलले समेत फैसला गरेको छ ।
    नाता कायम भैसकेपछि यसबिचमा पीडित विष्टले माना चामल सम्बन्धी दिएको उजुरीका आधारमा वि।सं। २०७१ पुष २ गतेको जिल्ला अदालतको निर्णय अनुसार बिष्टलाई धामीले मिति २०७१ असोज १ गतेबाट लागु हुने गरि भरणपोषणका लागि मासिक रु।६ हजार उपलब्ध गराउनुपर्ने फैसला भएको देखिन्छ । तर बिष्टले आजका मितिसम्म कुनै रकम नपाएको उनले बताईन् ।
    उनका अनुसार सैनिक जवान धामीका बुबा हरि सिं धामी तत्कालिन समयमा नेपाली काँग्रेसका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको असिग्राम गाविस रुवाखोलामा अवस्थित घरमा कामदार रहेको र उनले त्यतिबेला नै ‘तैंले के गर्न सक्छस्’ भन्दै धम्काएको स्मरण गर्दै गहभरी आँशु पारिन् । ठूलै पदमा आशिन जिम्मेवार व्यक्तिको संरक्षणका कारण आफुले न्याय पाउन नसकेको बिष्टले गुनासो गरिन् ।
    उनका अनुसार पीडक धामी हाल वन तथा पर्यावरण गण, रानीबास सिन्धुलीमा कार्यरत छन् । साथै सम्पूर्ण सरोकारवाला निकाय र अधिकार क्षेत्रमा क्रियाशिल निकायहरुलाई सहयोगका लागि पनि उनले गुहार गरेकी छिन् ।
    उनको यो पीडादायि घटनापछि माईती परिवारले पनि उनलाई स्विकारेको छैन । हाल उनी स्थानीय स्तरमा सिलाई कटाई तालिम लिएर व्यवसाय गर्दै आएकी छिन् ।
    यसरी अदालतले एक हिंसा पीडित महिलाका पक्षमा गरिसकेको फैसला समेत कार्यान्वयन नभएकाले नेपालमा कानुन कार्यान्वयनको अवस्था छर्लङ्ग छ र हिंसामा बढोत्तरी हुनेमा प्रशय मिल्ने देखिन्छ । तसर्थ सम्बन्धीत निकायले बेलैमा कदम चालोस् । - झलक पाली,- दैनिक नेपाल
    अदालतको फैसलाको एक अंश :-
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सैनिकबाट धोका पाएकीले न्याय पाइनन्, उपहासको कथा बन्यो अदालतको फैसला Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top