-

  • नयाँ खबर

    09 March, 2015

    यसरी बचौँ स्वाइन फ्लुबाट ।



    सन् २००९ ताका माहामारीका रुपमा फैलिएको स्वाइन फ्लुको प्रकोप पुनः देखिन थालेको छ । सन् २०१५ मात्र छिमेकी मुलुक भारतमा यस रोगबाट ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने १४ हजारभन्दा बढी संक्रमित बनेका छन् । नेपालमा पनि हालसम्म ५ जना यस रोगबाट संक्रमित भइसकेको पुष्टि भएको छ । खुला सिमानाका कारण भारतबाट यस रोगबाट ग्रसितहरु नेपाल सजिलै प्रवेश गर्न सक्ने भन्दै नाकाहरुमा सरकारले कढाई समेत शुरु गरिसकेको छ । के हो स्वाइन फ्लु रु स्वाइन फ्लु भनेको एक प्रकारको स्वासप्रश्वाससम्बन्धी रोग हो जुन सुंगुरको स्वास नलीलाई संक्रमित गर्ने इन्फ्लुएन्जा भाइरस यानी एच वान एन वान भाइरसका कारण लाग्ने गर्छ । चाँडै संक्रमित हुनसक्ने स्वाइन फ्लु मानिसबाट मानिससम्म हावा, सिगान वा थुकबाट सर्न सक्छ । यस भाइरसबाट संक्रमित बनेका मानिसहरुले हाच्छ्यु गर्दा उसको मुखबाट भाइरस हावामा पुग्छ । यदी तपाईं उक्त भाइरसँग सम्पर्कमा आउनुभयो भने तपाईंलाई पनि यो रोग लाग्न सक्छ । त्यस्तै स्वाइन फ्लु रोगबाट संक्रमित बनेकाहरुले प्रयोग गरेका समान जस्तै ढोका वा हात धुने बेसन आदिको तत्काल सम्पर्कमा आउँदा पनि यो रोग सर्न सक्छ । एकपटक यस एचवान एनवान भाइरसबाट संक्रमित बनेपछि मानिस १० दिनसम्म रोगको संक्रमणमा रहन सक्छन् । यद्यपि, यसको नाम अनुसार सुंगुरको मासु वा अन्य परिकार खाँदैमा यो रोग सर्दैन । स्वाइन फ्लुका लक्षण स्वाइन फ्लुको लक्षण देखिनुभन्दा एक दिन अघिदेखि नै यो रोग संक्रमक हुन्छ । मानिसको स्वास्थ्य अवस्था हेरेर सात दिनसम्म संक्रमित रहनसक्छन् भने बालबालिकाहरु १० दिनसम्म संक्रमति रहनसक्छन् । यसका लक्षणहरु अन्य सामान्य रुघाखोकीजस्तै हुन्छ जस्तैः १० खोकी लाग्ने २० ज्वरो आउने ३० घाँटी सुख्खा हुने ४० जिउ दुख्ने ५० टाउको दुख्ने ६० जाडो लाग्ने ७० थकान लाग्ने यसले निमोनिया र स्वासप्रश्वास बन्द गर्ने जस्ता ठूलो समस्याहरु निम्ताउन सक्छ । अझ डाइबिटिज र दमका रोगीहरुका लागि यो रोग घातक हुनसक्छ । यदी तपाईंलाई सास फेर्न गाह्रो हुन्छ, बान्ता हुन्छ, पेट दुख्छ, रिंगटा लाग्छ भने तुरुन्त डाक्टरलाई सम्पर्क गर्नुहोला । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यसरी बचौँ स्वाइन फ्लुबाट । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top