-

  • नयाँ खबर

    05 May, 2014

    पत्रकार महासंघमा वामपन्थी अगाडि, केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक



    २२ बैशाख, काठमाडौं ।
     नेपाल पत्रकार महासंघको चुनावको प्रारम्भिक नतिजा आएको छ । एसोसियटतर्फका दुबै केन्द्रीय सदस्य पदमा युनियनले जितेको छ । भूगोलतर्फका एक केन्द्रीय सदस्य  बाहेक सबै सीटमा वामपन्थीको संयुक्त प्यानलले जीत हात पारेको छ । समावेशी सदस्य र पदाधिकारीको भने नजिता आउने  क्रममा छ ।
    ालव(यिनयप्राप्त नतिजाअनुसार उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरी सिलवालले जितेका छन् । वाग्लेको ८७ र सिलवालको ७७ मत आएको छ । उनीहरूका प्रतिद्वन्दीले ५३ र ५१ मत पाएका छन् ।
    पूर्वाञ्चलमा संयुक्त प्यानलका गणेश पोखरेल र गणेश लम्साल विजयी भएका छन् । पोखरेलको १०१ र लम्सालको ८४ मत आएको छ ।
    मध्यमाञ्चलमा प्रगतिशील समूहका चीरञ्जीवी मास्के र युनियनका शीतल महतो विजयी बनेका छन् । मास्केले ९२ र महतोले १०३ मत पाएका छन् ।
    पश्चिमाञ्चलबाट संयुक्त प्यानलका हरिनारयण गौतम र रुद्र भट्टले जितेका छन् । प्रतिष्ठानतर्फ संयुक्त प्यानलकै सुरज आचार्य र रोशन पुरी विजयी बनेका छन् । गौतमले ११९ र भट्टले १०८ मत पाएका छन् ।
    कर्णालीमा  प्रगतिशील प्यानलका नवराज महताराले २७ मत ल्याएर जितेका छन् भने सुदुरपश्चिममा पनि प्रगतिशील प्यानलकै प्रकाश शाह र खगेन्द्र पन्त विजयी बनेका छन् । शाहको ५४ र पन्तको ५२ मत आएको छ ।
    एशोसिएटतर्फ युनियनका उम्मे्वार प्रदीप न्यौपाने र प्रकाश तिम्सिनाले जितेका छन् । प्रतिष्ठानतर्फ संयुक्त प्यानलबाट सुरज आचार्य र रोशन पुरी विजयी भएका छन् । आचार्यको १४२ र पुरीको ११४ मत आएको छ । प्रतिद्वन्दी युनियनका भूपेन्द्र आचार्यको ५८ र नारायण अर्यालको १ सय मत मात्र आएको छ ।
    पदाधिकारीहरुको मतगणना भइरहेको छ । मतगणनामा संयुक्त प्यानलले ‘लिड’ गरिरहेको मतगणनास्थलबाट अनलाइनखबरकर्मी माधव धितालले जनाएका छन् ।
    बिहान सवा ११ बजेसम्मको मतगणनाअनुसार अध्यक्षका प्रत्यासी महेन्द्र विष्टले १ सय ९३ मत प्राप्त गरेका छन् भने पोषण केसीले १ सय ४८  मत ल्याएका छन् ।
    त्यस्तै खुल्ला उपाध्यक्षका खिलबहादुर भण्डारीले १ सय ७६ मत ल्याएका छन् भने युनियनका रामजी दाहालले १ सय ५० मत प्राप्त गरेका छन् । युनियनतर्फकी उपाध्यक्ष अनिता बिन्दुले १ सय ६९ मत ल्याएकी छन् भने संयुक्त प्यानलका महेश दासले १ सय ६२ मत ल्याएका छन् ।
    महासचिवमा उम्मेद्वारी दिएका संयुक्त प्यानलका उजिर मगरले १ सय ८३ मत ल्याएका छन् भने युनियनका जगत नेपालले १ सय ३८ मत प्राप्त गरेका छन् । मत गणना कार्य जारी छ ।
    आन्तरिक व्यवस्थापनका लागि भन्दै केहिबेरका लागि मतगणना कार्य स्थगित भएको छ । साभार onlinekhabar.


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पत्रकार महासंघमा वामपन्थी अगाडि, केन्द्रीय सदस्यहरूको नतिजा सार्वजनिक Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top