-

  • नयाँ खबर

    11 September, 2016

    खोलाबाट गिटी बालुवा नझिक्ने निर्णयले हजारौँ मजदुर मारमा


    मध्य नेपाल सन्देश 
    गिटी बालुवा अभावका कारण सर्वसधारण देखि लिएर विकासका काममा समेत अवरुद्ध भइरहेको छ । नेपाल सरकारको मन्त्री परिषद्ले असार १४ गते देखि पूर्णरुपमा गिटी बालुवामा रोक लगाएपछि दैनिक ज्यालादारिमा काम गर्नेहरु कामदारहरु समेत मारमा परिरहेका छन् । 
    बन्द भएको झण्डै २ महिना वितिशक्दा पनि गिटी बालुवा ढुवानी अनिश्चित बन्दा गिटी कुट्ने, दैनिक ज्यालादारीमा काम गर्ने भरिया र घर निर्माण गर्नेहरु समेत प्रभावित बनेको पाइएको हो । काठमाडौँको बौद्ध अस्पतालको लागि जिम्मा पाएका मनोकामना निर्माण सेवाले ४ तल्ले ढलानका लागि आफूले पाउने रेट भन्दा बढी रुपैया तिरेर बालुवा र गिटी मगाउनु परेको श्रीलाल कुश्वाहाले बताए । उनले भने गिटी बालुवाका कारण ठेक्कापठ्ठा लिएका ठेकदारलाई समस्या भएकै छ, दैनिक मजदुरीमा काम गर्ने मजदुरहरु यसबाट धेरै प्रभावित भएको उनले बताए । 
    यसको समस्या भायवह छ । ५० जना कामदारहरु यतिकै बसिरहेके छन् अर्का ठेकदार राजकुमार साह कानुले बताए । आन्दोलनले ७ महिना खायो । अहिले नेपाल सरकारले गिटी बालुवामा रोग लगाएको छ । २ महिना देखि काम बन्द भएर अफ्ठयारो भोग्दै आएको उनले दुखेसो गरे । १३ दिन पछि बुधवार बौद्ध अस्पतालको छत ढलानका लागि काममा आएका लालपर्साका सन्त साहले काम पाउँदा खुशि भएको बताउदै, सरकारले दैनिक ज्यालादारिको पेटमा लात हानेको तर्क गरे । गिटी बालुवाको समस्याले हजारौँ मजदुर घर बसेका छन् । अहिलेको सिजनमा घरभित्रको काम भए पनि गिटी बालुवा नभएकोले कतै पनि काम नपाएको श्रमिकहरुको भनाइ छ । गिटी बालुवा पाइरहेको छैन् । हामी हरेक दिन दैनिक मजदुरीमा काम गर्ने मान्छे कहाँ गएर कमाउने ? के खाने ? जस्तो समस्या आइपरेको अर्का मजदुर पर्सा जगतपुरका नरेन्द्र राज कुर्मिले भने ।  
    गिटी कुटेर थुपारे पनि यो नबिकेर जिन्दगीलाई पाल्न मुश्किल परिरहेको दुधौरा खोला छेउमा बस्ने फुलमाया बलले बताईन् । दुधौरा खोलामा मात्रै ४५/५० जना गिटी कुट्ने व्यक्तिहरु रहेको उनले बताइन् । कहिले खरिदवित्री र ढुवानी खुल्छ ठेगान छैन । महिनाको २५ सय देखि तिन हजार सम्म कमाउने गरिन्थ्यो । तर दुई महिना देखि काम नपाएर घर बस्नुपरेको उनको गुनासो छ । गिटी कुट्ने काम गाह्रो छ, मेहनत पनि छ । तर दुई महिनाको बन्दले दुधौरा सुनसान बनेको छ । हामी पनि काम नपाएर दिन काट्दै बस्दै गरेको दुधौराका स्थानीय सुदिप लामाले बताए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: खोलाबाट गिटी बालुवा नझिक्ने निर्णयले हजारौँ मजदुर मारमा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top