-

  • नयाँ खबर

    18 May, 2014

    महिला विरुद्धको दुव्र्यवहारबारे सर्वेक्षण गरिंदै ।



    पर्सा,४ जेष्ठ
                     महिलाका लागी सुरक्षित शहर अभियान लिएर वीरगन्जमा सोमबारदेखि स्थलगत सर्वेक्षण शुरु हुने भएको छ ।
         एक्शन एडको सहयोगमा दिव्य यूवा क्लबले सञ्चालन गर्न थालेको पाँच दिने अभियानका क्रममा सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा बाटोमा हिंडडुल गर्ने क्रममा महिलाविरुद्ध हुने दुव्र्यवहार र हिंसाबारे सर्वेक्षण गरिनेछ । सर्वेक्षणका क्रममा प्राप्त तथ्यहरुलाई प्रहरी, जिल्ला विकास समिती, नगरपालिका, विभिन्न संघ संस्थालगायत सरोकारवालासँग छलफल गरेर भावी कार्य योजना तयार पारिने दिव्य यूवा क्लबकी श्रीला सरकारले जानकारी दिइन् । तीनवटा समूहमा सात सात जनाको संख्यामा रहने टोलीले घण्टाघर र पानीटंकी, बसपार्क र भिस्वा तथा प्रतिमा चोक लक्ष्मणवामा सर्वेक्षण गर्ने कार्यक्रम रहेको छ । सर्वेक्षण अभियानमा  सामाजिक स्वयम्सेवक, महिला प्रहरी, पत्रकारको सहभागीता रहने दिव्य यूवा क्लबले जनाएको छ । ..... साभार यात्रा डेली ।।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महिला विरुद्धको दुव्र्यवहारबारे सर्वेक्षण गरिंदै । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top