-

  • नयाँ खबर

    23 July, 2014

    पूर्व राजा वीरेन्द्रको चल सम्पत्ति दश हजार रुपैयाँ मात्रै


    काठमाडौ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र परिवारको चल अचल सम्पत्ति नेपाल ट्रस्टले आज सार्वजनिक गरेको छ । काठमाडौमा पत्रकार सम्मेलन गरी ट्रस्टका सचिव श्रीधर गौतमले वीरेन्द्रको परिवारको नाउँमा नेपाल र विदेशमा भएका चल अचल सम्पत्तिको विवरण सार्वजनिक गर्नुभएको हो ।
    वीरेन्द्रको परिवारको नाउँमा चल सम्पत्तिका रुपमा स्वदेशमा करिब चार हजार ५ सय ४५ बेलायती पाउन्ड र १० हजार नेपाली रुपैयाँ मात्र प्राप्त भएको, नविल बैंकको एक लाख ४४ हजार ४७२ कित्ता, नेपाल औद्योगिक विकास निगमको छ हजार ७५० कित्ता तथा होटल अन्नपूर्णको ३० हजार ७ सय २० कित्ता सेयर प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो ।
    विसं २०६४ देखि २०७१ वैशाखसम्म भाडाबाट करिब २४ करोड ७९ लाख उठेको रकम ट्रस्टको कोषमा रहेको र सम्पत्ति खोजबिनकै क्रममा काठमाडौँ दरबारमार्गस्थित होटल अन्नपूर्णको गत जेठ २८ गतेसम्म १५ हजार ३६८ कित्ता सेयर तथा सो सेयरबापतको कबिर रु दुई लाख ३० हजार नगद लाभांश प्राप्त भएको उल्लेख छ । यसैगरी अचल सम्पत्तिको हकमा गत वर्ष करिब छ हजार २४४ रोपनी जग्गा प्राप्त भएको र सोमध्ये पोखरा, चितवन, काठमाडौँ, हेटौंडा आदि ठाउँमा बङ्गला तथा भवन संरचना छ ।
    सचिव गौतमले सम्पत्ति खोजबिनका क्रममा यस वर्ष ‘सघन सम्पत्ति खोजबिन कार्यक्रम’ सञ्चालन गरेर कार्यालयबाटै चाररपाँच जना कर्मचारी खटाई धादिङ जिल्लामा करिब १५ हजार १०१ रोपनी, नुवाकोटमा करिब १७२ रोपनी दुई आना , काठमाडौँमा करिब ११ हजार ३२५ रोपनी तथा सिन्धुपाल्चोकमा करिब २७ रोपनी गरी करिब २६ हजार ६२६ रोपनी जग्गा फेला परेको बताउनुभयो ।
    ती जग्गामध्ये धादिङ र नुवाकोटमा रहेको करिब १५ हजार २७३ रोपनी जग्गा गत जेठ २१ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार ट्रस्टमा आइसकेको र बाँकी काठमाडौँ र सिन्धुपाल्चोक जिल्लाको करिब ११ हजार ३५३ रोपनी जग्गा ट्रस्टको सञ्चालक समितिको बैठकले निर्णय गरी ट्रस्टमा ल्याउनका लागि अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा सिफारिस भइसकेको जनाइएको छ ।
    द्यष्चभलमचबवीरेन्द्र र निजको परिवारको नेपालमा रहेको अचल सम्पत्ति केही प्राप्त भएको र खोजबिन अझै जारी रहेको उल्लेख गर्दै उहाँले विदेशी सम्पत्ति खोजबिन सम्बन्धमा विभिन्न मुलुकको बैंक तथा अन्य निकायमा नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयमार्फत खोजी गर्दा हालसम्म कुनै चल तथा अचल सम्पत्ति प्राप्त हुन नसकेको जानकारी दिनुभयो ।
    राजपरिवारको नाउँमा स्वदेश र विदेशमा ठूलो धनराशि हुनुपर्ने अनुमान गरिएको र सो धनराशिबाट नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गरी लोकहितको काम गर्ने उद्देश्य राखिएको भए तापनि हालसम्म प्राप्त चल सम्पत्ति ज्यादै थोरै भएकाले लगानी निर्देशिका तयार गरी लगानी गर्न नसकिएको तर सम्पत्तिको संरक्षण र उपयोग सम्बन्धमा विभिन्न काम भइरहेको उहाँले बताउनुभयो ।
    सचिव गौतमले राजाको परिवारबाट ट्रस्टमा आउनुपर्ने सम्पत्तिका विषयमा सर्वसाधारणलाई कुनै जानकारी भएमा त्यस्तो जानकारी संस्थालाई उपलब्ध गराई सहयोग गरिदिनसमेत अनुरोध गर्नुभयो । रासस



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पूर्व राजा वीरेन्द्रको चल सम्पत्ति दश हजार रुपैयाँ मात्रै Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top