-

  • नयाँ खबर

    13 June, 2014

    एसएलसी परीक्षाको नतिजा सार्वजनिक, नियमिततर्फ ४३ दशमलव ९२ प्रतिशत उत्तिर्ण (परीक्षाफलसहित)



    नियमित तर्फको परीक्षाफल हेर्न S.L.C. Result REGULAR_2070.  क्लिक गर्नुहोला ।

    एक्ज्याम्टेडतर्फको परीक्षाफल हेर्न S.L.C.Result EXEMPTED_2070. क्लिक गर्नुहोला ।


     २०७० सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । यसवर्ष पनि निराशाजनक नतिजा आएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार नियमिततर्फ ४३ दशमलव ९२ प्रतिशत अर्थात एकलाख ७३ हजार ४ सय ३६ जना उत्तिर्ण भएका छन् । पोहोरको उत्तिर्ण प्रतिशत ४१ दशमलव ५७ थियो । विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, पहिलो श्रेणीमा ८३ हजार ६ सय ३७, दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ र तेस्रो श्रेणीमा ३ हजार ७ सय ४७ जना पास भएका कार्यालयले जनाएको छ । एक्जाम्टेडतर्फ १४ हजार ५ सय ९१ अर्थात १० दशमलव ९२ प्रतिशत विद्यार्थी पास भएका छन् । यसवर्ष नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडतर्फ १ लाख ४६ हजार ७ सय ३३ जनाले परीक्षा दिएका थिए । एसएलसीको नतिजा सार्वजनिक भएपछि एसएलसी टाईप गरी एक स्पेश दिएर सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गरेर थाहा पाउन सक्नुहुन्छ । त्यस्तै १६६०–०१– ५–५५–६६ मा फोन गरेर पनि तपाईंले आफ्नो नतिजा थाहा पाउन सक्नुहुनेछ ।


    असफल हुनेका लागि

    असफल नभईकन सफलता हात नै पर्दैन । सबैभन्दा पहिले ठूलो साहस बटुल्न सक्नुपर्छ । निराश हुन हुँदैन । धैर्यता लिनुपर्छ । फेरि प्रयास गर्दा सफल होइन्छ । पटक्कै निराश हुन हुँदैन । सकारात्मक सोच लिनुपर्छ । चिन्ता गर्नुहुन्न । मनमा चिन्ता, पीर नलिइकन फेरि सफल हुने बाटोमा लाग्नुपर्छ । एकपटक असफल हुँदैमा केही हुँदैन । असफलताले अर्को सफलताको ढोका खोल्छ ।

    सफल हुनेका लागि

    जुन श्रेणीमा पास भएपनि धेरै हौसिनु हुँदैन । धेरै हौसियो भने लडिन्छ । फल लाग्दैन । अब के पढ्ने भनेर दृढ निश्चय गर्नुपर्छ । अहिले नै डाक्टर, इञ्जिनियर पढ्छु भन्ने होइन । एसएलसीपछि उच्च शिक्षामा जम्मा चारवटा मात्र क्षेत्र छन्– शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान ।
    यी चारवटा मध्ये के पढ्ने हो, अभिभावक र शिक्षकसँग पनि सल्लाह गर्नुहोस् । आफ्नो क्षमता र नतिजा पनि हेर्नुहोस् । धेरै सोच विचार गर्नुहोस् । यहाँ राम्रो अंक ल्याएपछि मात्रै भविष्यमा तपाईं डाक्टर, इञ्जिनियर, पाइलट वा अरु के बन्ने हो त्यसमा लाग्नुहोस् ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एसएलसी परीक्षाको नतिजा सार्वजनिक, नियमिततर्फ ४३ दशमलव ९२ प्रतिशत उत्तिर्ण (परीक्षाफलसहित) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top