-

  • नयाँ खबर

    16 June, 2014

    वीरेन्द्रको परिवारको चलअचल सम्पत्ति सार्वजनिक

    तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र परिवार 



    काठमाडौँ - तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र परिवारको चल अचल सम्पत्ति नेपाल ट्रस्टले आज सार्वजनिक गरेको छ ।  
    यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ट्रस्टका सचिव श्रीधर गौतमले वीरेन्द्रको परिवारको नाउँमा नेपाल र विदेशमा ठूलो धनराशि हुनुपर्ने जनअपेक्षाअनुसार त्यस्तो सम्पत्ति नभएको बताउँदै हालसम्म चल सम्पत्तिका रुपमा स्वदेशमा नगण्य रुपमा मात्रै रकम मात्र प्राप्त भएको र बैंक तथा होटल र नेपाल औद्योगिक विकास निगमको केही सेयर फेला परेको जानकारी दिनुभयो ।  
    वीरेन्द्रको परिवारको नाउँमा चल सम्पत्तिका रुपमा स्वदेशमा करिब चार हजार ५४५ बेलायती पाउन्ड र १० हजार नेपाली रुपैयाँ मात्र प्राप्त भएको, नविल बैंक लिको एक लाख ४४ हजार ४७२ कित्ता, नेपाल औद्योगिक विकास निगमको छ हजार ७५० कित्ता तथा होटल अन्नपूर्णको ३० हजार ७२० कित्ता सेयर प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो । विसं २०६४ देखि २०७१ वैशाखसम्म भाडाबाट करिब २४ करोड ७९ लाख उठेको रकम ट्रस्टको कोषमा रहेको र सम्पत्ति खोजबिनकै क्रममा काठमाडौँ दरबारमार्गस्थित होटल अन्नपूर्णको गत जेठ २८ गतेसम्म १५ हजार ३६८ कित्ता सेयर तथा सो सेयरबापतको  कबिर रु दुई लाख ३० हजार नगद लाभांश प्राप्त भएको उल्लेख छ । यसैगरी अचल सम्पत्तिको हकमा गत वर्ष करिब छ हजार २४४ रोपनी जग्गा प्राप्त भएको र सोमध्ये पोखरा, चितवन, काठमाडौँ, हेटौंडा आदि ठाउँमा बङ्गला तथा भवन संरचना  छ । 
    सचिव गौतमले सम्पत्ति खोजबिनका क्रममा यस वर्ष ‘सघन सम्पत्ति खोजबिन कार्यक्रम’ सञ्चालन गरेर कार्यालयबाटै चार-पाँच जना कर्मचारी खटाई धादिङ जिल्लामा करिब १५ हजार १०१ रोपनी, नुवाकोटमा करिब १७२ रोपनी दुई आना , काठमाडौँमा करिब ११ हजार ३२५ रोपनी तथा सिन्धुपाल्चोकमा करिब २७ रोपनी गरी करिब २६ हजार ६२६ रोपनी जग्गा फेला परेको बताउनुभयो । 
    ती जग्गामध्ये धादिङ र नुवाकोटमा रहेको करिब १५ हजार २७३ रोपनी जग्गा गत जेठ २१ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार ट्रस्टमा आइसकेको र बाँकी काठमाडौँ र सिन्धुपाल्चोक जिल्लाको करिब ११ हजार ३५३ रोपनी जग्गा ट्रस्टको सञ्चालक समितिको बैठकले निर्णय गरी ट्रस्टमा ल्याउनका लागि अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा सिफारिस भइसकेको जनाइएको छ । 
    वीरेन्द्र र निजको परिवारको नेपालमा रहेको अचल सम्पत्ति केही प्राप्त भएको र खोजबिन अझै जारी रहेको उल्लेख गर्दै उहाँले विदेशी सम्पत्ति खोजबिन सम्बन्धमा विभिन्न मुलुकको बैंक तथा अन्य निकायमा नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयमार्फत खोजी गर्दा हालसम्म कुनै चल तथा अचल सम्पत्ति प्राप्त हुन नसकेको जानकारी दिनुभयो । 
      राजपरिवारको नाउँमा स्वदेश र विदेशमा ठूलो धनराशि हुनुपर्ने अनुमान गरिएको र सो धनराशिबाट नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गरी लोकहितको काम गर्ने उद्देश्य राखिएको भए तापनि हालसम्म प्राप्त चल सम्पत्ति ज्यादै थोरै भएकाले लगानी निर्देशिका तयार गरी लगानी गर्न नसकिएको तर सम्पत्तिको संरक्षण र उपयोग सम्बन्धमा विभिन्न काम भइरहेको उहाँले बताउनुभयो । 
    सचिव गौतमले राजाको परिवारबाट ट्रस्टमा आउनुपर्ने सम्पत्तिका विषयमा सर्वसाधारणलाई कुनै जानकारी भएमा त्यस्तो जानकारी संस्थालाई उपलब्ध गराई सहयोग गरिदिनसमेत अनुरोध गर्नुभयो । रासस







    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरेन्द्रको परिवारको चलअचल सम्पत्ति सार्वजनिक Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top