-

  • नयाँ खबर

    21 December, 2015

    नाकाबन्दीको तिन महिना पुरा, सकश र पिडा मात्रै ।

    मधेशी मोर्चाको बन्दमा सर्वसधारण ।


    नाकास्थल धर्ना दिदै मोर्चाका कार्यकर्ता ।

    पुस ६ पर्सा
    जियालाल साह
    मधेशी मोर्चाले वीरगंजको नेपाल भारत सिमाना मितेरी पुलमा गरेको सिमा नाकाको धर्ना आज ३ महिना पुरा भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतकाले आफना प्रमुख मुद्दा सिमांकन हेरफेर गर्नुपर्ने माग राख्दै गरेको आन्दोलन विरोध सभा, आम हडताल, चक्का जाम, राजमार्ग बन्द हुदै नेपाल भारत सिमानाकाको प्रमुख नाकामा धर्ना दिने कार्यक्रम सम्म पुग्दा देशले खर्बै रुपैयाको घाटा बेहोरिसकेको छ । मोर्चाले आसोज महिनाको ७ गतेबाट सुरु गरेको दशगजाँ क्षेत्रको धर्ना आज ३ महिना पुगिसक्दा भारतबाट वीरगंज भएर आउनुपर्ने कुनैपनि माल समान बोकेका ट्रक, कन्टेनरहरु भित्रिन सकेका छैनन् ।
    नेपालको प्रमुख नाकाको रुपमा रहेको वीरगंज भंसार कार्यलयले ३ महिनाको दैरानमा आफ्नो लक्ष्यको २४ अर्ब ७६ करोड भन्दा बढी रुपैया राजश्व गुमाएको छ । साउन देखि मंसिर सम्मको ३९ अर्ब ४५ करोड ३० लाख ६६ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएको वीरगंज भन्सार कार्यालय १४ अर्ब ६८ करोड ६९ लाख ४५ हजार मात्रै संकलन गरेको छ । भन्सार कार्यालयले मात्रै २ सय ६८ प्रतिशत राजश्व घाटा बेहोरेको छ ।
    भारतिय चालकहरुले आफना गाडि भारत पठाईदिन भन्दै वीरगंजस्थित भारतिय दुतावासको गेट अगाडी धर्ना दिईराख्दा प्रसाशनले भारतिय कस्टमसंग समन्वय गरेर कार्तिक १६ गते बल प्रयोग गरेर वीरगंज भन्सार एरियामा रहेको भारतिय गाडी भारत फिर्ता पठाएका थिए । तर २ सय भन्दा बढी गाडी भारत गईराख्दापनि भारतीय कस्टमले कुनैपनि गाडि नेपाल पठाउन चाहेनन् । भारतीय कस्टमले तपाईहरु गाडी पठाउनुस हामी विचार गर्छैँ भन्दै नेपाल पठाउने कुनैपनि पठाएनन् । बरु उल्टै प्रहरीले बल प्रयोग गरेको भन्दै वीरगंजमा दिनभर प्रदर्शन र दोहोरो झडप हुदैँ एक जना भारतिय नागरिक आशिष कुमार रामको समेत मृत्यु हुन पुग्यो । तथापि पर्सा प्रशासनले राजमार्ग तथा दशगजा क्षेत्रमा अवरुद्ध गर्नेलाई बल प्रयोग गरेर भएपनि भारतबाट समान भित्राउन इच्छा जनाएपनि भारतिय कस्टमले माथिको आदेश भन्ने रुष्ट जवाफ फर्काउदै गर्दा न त प्रशासनले दशगजा क्षेत्रबाट आन्दोलनकारीलाई हटाउन पहल गर्यो न त भारतिय कस्टमले पठाउने वातावरण मिलायो ।
    सिमांकनमा रुष्ट हुदै थालिएको आन्दोलन मोर्चा अब ११ बुदेमा पुगेको छ । आन्दोलनको १ सय ३० दिन भयो यसविचमा सरकार र मधेशी मोर्चाविच पटक पटक वार्ता भएपनि खासै कुनैपनि ठोस पहल हुन सकेको छैन् । हिन्दुहरुको महान चाडपर्व दशैँ, तिहार, छठ सबै विते तर आन्दोलन वितेका छैनन् । विधार्थीहरुले झण्डै ४ महिना पढ्न पाएनन् तर आन्दोलन रुकेनन । तिन महिनादेखि धर्नामा बस्नेहरु थाकिसकेका छन् तर न त सरकारले कुनै पहल गर्न सकेको छ न त मोर्चाले आन्दोलनको विराम दिने कुनै योजना बनाएको छ । बरु पटक पटक मोर्चाको पहलमा अझ शसक्त आन्दोलनको कार्यक्रमहरु सार्वजनिक हुदैँ गएको छ ।


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नाकाबन्दीको तिन महिना पुरा, सकश र पिडा मात्रै । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top