-

  • नयाँ खबर

    05 January, 2016

    भरतबाट वीरगंज भन्सारमा ६ ट्रक भन्दा बढी समान भित्रियो ।

     पुस १४ पर्सा    
    नेपाल भारतको सिमावर्ति सहर रक्सौलबाट गएराति ६ ट्रक भन्दा बढी समान वीरगंज भन्सार कार्यालयको यार्डमा भित्राएको छ । सिमानाकाको दशगजा मितेरी पुल भएर भारतका तस्करहरुले भारतिय कष्टम र मधेशी मोर्चाको नेताहरुलाई केही रकम दिएर समानहरु भित्राएका हुन् । गएराति मात्रै उनिहरुले ठेला, टाङ्गा, रिक्सा लगायतको सहयोगले कपडा, पलास्टिकका कच्चापदार्थ, भाडाकुडा, डिजल, पेट्रोल खाद्यान्न लगायतको समाग्री धर्नामा बसिरहेका मोर्चाका कार्यकर्ताहरुसंगै रहेको पुरानो पुलको बाटो भएर ५०÷६० जनाको समुहमा रहेका बलेकियाहरुले उक्त समानहरु भित्राएको मोर्चाको धर्नामा बसेका बारा जिल्ला गाविस पकडीया लक्ष्मीनियाका लक्ष्मीलाल त्यागीले बताए । गएराति धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुले समान रोक्न प्रयास गरेपछि, धाक धम्की दिएर धर्नामा बसीरहेको पाल जलाएकोले केही गर्न नसकेको उनले बताए । हलका विवादमै आएको सयौँ बलेकियाहरुको संख्या देखेर मोर्चाका कार्यकर्ताले सहजै रुपमा सम्पुर्ण समानहरु भित्राउन दिएको त्यागीले बताए ।
    भारतबाट नेपाल भित्रिने ७० प्रतिशत भन्दा बढी समान वीरगंज भन्सार कार्यालय भएर भित्रने हुदाँ आज ९८ औ दिनको नाकाबन्दीले अर्डर गराएका व्यापारीहरुले समान पुर्याउनै पर्ने अवस्थाले बाध्य भएर ब्लेक मार्फत समानहरु भित्राउन लागेको हो । ब्लेक मार्फत एउटा ठुलो पोका भनेको ठाउँमा भित्राएको अवस्थामा १५ सय देखि ५ हजार सम्म लिने गरेको वीरगंज भन्सार यार्डमा समान भित्राएको विकास यादवले बताए । उनका अनुसार आफनो जोखिमको अधारमा उनिहरुले उक्त समान ग्राहकले भनेको ठाउँमा पुर्याईदिने गर्दछन् यदी समान चोरी भायो, खोसयो, विग्रियो भने सम्पुर्ण जिम्मा समान भित्राउने बलेकियाले नै हर्जना तिर्ने गर्दछन् । व्यापारीहरुले जसोतसो वीरगंज भन्सार कार्यालयमा समान भित्राउन लागेपछि पछिल्लो हजारमा सङकलन हुने राजश्व अहिले लाखौँमा पुगेको वीरगंज भन्सार कार्यालयका भन्सार अधिकृत लोकराज पन्तले बताए । उनका अनुसार सोमबार मात्रै यस कार्यालयमा २१ लख ८३ हजार रुपैया राजश्व असुलि भएको हो ।  

    मधेश बन्दको आज १ सय ३८ औँ पुगि सक्दा विहान नेपाल भारत सिमा नाकाको दशगजा क्षेत्र मितेरी पुलमा बस्ने मोर्चाका कार्यकर्ताहरुको संख्या निकै न्यून भएको छ । यसको मौका छोपेर भारतसंगै वीरगंज आसपासका बलेकियाहरु समेत समान ल्याउने र विक्रि गर्ने गरेको देखिन्छ । मंगलबार मोर्चाको धर्नास्थल पुग्दा एक साधु बाबा आगो तापेर बसेको देखिएको हो । उनि संगै २ जना अर्का सहयोगीहरु घाम तापिरहेका थिए ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भरतबाट वीरगंज भन्सारमा ६ ट्रक भन्दा बढी समान भित्रियो । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top