-

  • नयाँ खबर

    24 July, 2016

    निरन्तर दुई वर्षदेखि भन्सार राजश्व प्रभावित

    वीरगंज भन्सार कार्यालयले विगत दुई वर्षदेखि आफ्नो लक्ष्य अनुसारको असुलि गर्न नसकेर प्रत्यक्ष रुपमा प्रभावित बनेको छ । 

    साउन ९ पर्सा, जियालाल साह :
    आर्थिक मसान्त २०७०/०७१ मा ८९ अर्ब ३२ करोड को वार्षिक लक्ष्य लिएको वीरगंज भन्सार कार्यालयले ८९ अर्ब ३४ करोड राजश्व संकलन गरेर आफ्नो लक्ष्य अनुसारको राजश्व संकलन गरेको थियो । तर विगत दुई वर्षदेखि वीरगंज भन्सार कार्यालयले लक्ष्य अनुसारको आफ्नो राजश्व संकलन गर्न सकेका छैनन् । आर्थिक वर्ष २०७१/०७२ को वैशाखमा आएको विनाशकारी भुकम्पका कारण झण्डै ३ महिना सम्म आफ्नो लक्ष्यमा पुर्ण रुपले फर्कन सकेका थिएनन् जसले गर्दा ९१ अर्ब ५ करोड रुपैया वार्षिक रुपमा राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ८९ अर्ब ९० करोड मात्रै संकलन गरेर झण्डै १ अर्ब १५ करोड रुपैया राजश्व घाटा भएको थियो ।  
    यसवर्ष पनि वीरगंज भन्सार कार्यालयले लामो समयको नाका अवरोधलाई कारण देखाउदै संशोधन गरेको लक्ष्य अनुसार पनि ७७.४२ प्रतिशत मात्रै संकलन गर्न सकेको हो । कार्यालयले आर्थिक वर्ष २०७२/०७३ को ७१ अर्ब ८६ करोड वार्षिक लक्ष्यको ५५ अर्ब ६४ करोड मात्रै असुलि गरि झण्डै १६ अर्ब २२ करोड रुपैया राजश्व घाटा व्यवहोरेको वीरगंज भन्सार कार्यालयका भन्सार प्रमुख सेवन्तक पोखरेलले बताउनु भएको हो । मधेशमा जारी आन्दोलनले असोज ७ गते देखि माघ २२ गते सम्म पुर्ण रुपले भन्सार नाका बन्द नै रहेका थिए । त्यसपछि पनि पुर्ण रुपले भन्सारमा मालबस्तु आउन सकेका थिएन् जसले गर्दा राजश्व संकलनको आफनो लयमा फर्कन सकेका थिएन् । मधेश आन्दोलनले मात्रै भन्सार कार्यालयले झण्डै ७ महिना सम्म प्रभावित भएकोले दोस्रो पल्टको राजश्वको लक्ष्य दास्रो पटकको समेत पुरा गर्न नसकेको भन्सार प्रमुख सेवन्तक पोखरेलले बताए । 
    सरकारले गत वर्ष आएको विनासकारी भुकम्पको मारले डुबेको देशलाई आर्थिक विकासको माध्यमले आयातकर्तालाई अझै बढी सहजता बढाई राजश्व संकलन गर्ने भार भन्सार कार्यालयको थियो । ताकि आउने आर्थिक वर्षमा भुकम्पबाट देशभरि क्षति भएको सम्पतीको पुनःनिर्माणका लागि बजेटमा सहयोग पुगोस तर अक्लपनिय घाटा मात्रै व्यवहोरिनु परेको हो । 
    यता वीरगंज भन्सार कार्यालयले आफ्नो लक्ष्य संकलनमा घाटा व्यवहोरेपनि भैरहवा नाकाले वर्षभरीमै ६० अर्ब ९१ करोड रुपैया राजश्व संकलन गरेको हो । जुन वीरगंज भन्सार कार्यालय भन्दा झण्डै ६ अर्ब बढी हो । अन्तराष्ट्रिय बिमानस्थलको एक, चिनसंग जोडिने ९ वटा र भारतबाटजोडिने २० वटा गरी नेपालमा रहेका ३० वटाभन्सार कार्यालयमध्ये वीरगन्ज भन्सार कार्यालय एक्लैलाई ५१ प्रतिशतभन्दा बढी राजश्व असुली गर्ने गरेको थियो तर मधेश बन्दले गर्दा लक्ष्य नै संसोधन गरेरपनि राजश्व संकलन गर्न नसकेको हो ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: निरन्तर दुई वर्षदेखि भन्सार राजश्व प्रभावित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top