-

  • नयाँ खबर

    15 May, 2015

    श्री राधेकृष्ण मेहदी टेनिङगद्वारा ५० जना विद्यार्थीको निशुल्क कपाल काटाई तथा सरसफाई बारे जनचेतना समपन्न ।


    पर्सा १ जेष्ठ
    श्री राधेकृष्ण मेहदी ट्रेनिगं सेन्टरले बाराको प्रस्टोका बोर्डिगं स्कुलमा कपाल काटने कार्यक्रम मार्फत बालबालिकाहरुमा जनचेतना फैलाउने कार्यलाई अगाडी बढाएको छ ।
    मेहदी ट्रेनिगं सेन्टरले बाराको प्रस्टोका बोर्डिगं स्कुलमा जनचेतना मुलक कार्यक्रमको आयोजना गरी स्कुलमा अध्ययनरत बालिकाहरुलाई कपालको हेरचारको बारेमा जानकारी गराएका थिए ।
    एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख राजु श्रेष्ठले एक बालिकाको कपाल काटेर कार्याक्रमको उदघाटन गर्दै, यसप्रकारको कार्यक्रमले विद्यार्थी भाइवहिनीहरुमा सरसफाई र स्वास्थ्यको बारेमा जानकारी गराउने बताएका थिए । सरसफाई लगायत व्यक्तिगत आचरण परिवर्तन गरे शहर र गाँउमा कुनै फरक नरहेको बताउनु भएको थियो । यसैगरी युवा नेता दिलिप कार्कीले मानिसको जीवनमा कपालको ठुलो महत्व रहेको बताउदै यसको स्याहार सुसारमा विशेष ध्यान दिनुृ पर्नेमा जोड दिएका थिए । स्कुलका प्रधानाध्यापक श्रीलाल साहले शहरबाट गाउमा पुगी यसप्रकारको तालिम संचालन गर्नुले गाउका विद्यार्थीहरुमा सकारात्मक सोचको बिकास हुनेमा जोड दिए । त्यसैगरी कार्यक्रममा संदेश साहले पनि आफनो मन्तब्य राखेका थिए ।
    सेन्टरका संचालिका स्वेता गुप्ताले गाउघरमा महिला तथा बालबालिकाको लागि जनचेतनामुलक कार्यक्रम अन्तर्गत कपाल काटने कार्यक्रमले बालबालिकाहरुमा कपालको महत्व तथा सरसफाईको बारेमा जानकारी हुने विश्वास ब्यक्त गरिन । कार्यक्रममा व्यूटिसियनकी प्रमुख रुत लामिछाने लगायत उनकी १० जना टिमले ५० जना विद्यार्थीहरुको कपाल काटेका थिए । कार्यक्रममा स्कुलका शिक्षक शिक्षिका लगायत मेहन्दी सेन्टरका सदस्यहरुको समेत विशेष सहभागिता रहेको थियो ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: श्री राधेकृष्ण मेहदी टेनिङगद्वारा ५० जना विद्यार्थीको निशुल्क कपाल काटाई तथा सरसफाई बारे जनचेतना समपन्न । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top