-

  • नयाँ खबर

    07 March, 2016

    शेरबहादुर देउवालाई ठूलो झट्का, देउवा र पौडेलबीच फेरि चुनाव, अब के होला ?

     
    काठमाडौँ, २४ फागुन । ११ भोट मात्र नपुगेपछि शेरबहादुर देउवाले काँग्रेस सभापति बन्ने अवसर गुमाएका छन् । देउवाले झिनो मतले बहुमत ल्याउन नसकेपछि सभापतिमा फेरि चुनाव हुने भएको छ । सभापति पदका लागि आइतबार भएको मतगणनामा देउवाले खसेको मतको ५० प्रतिशत मत ल्याउन नसक्दा पहिलो चरणमै सभापति बन्ने अवसर गुमाएका हुन् । सभापतिमा निर्वाचित हुन नसकेपनि पहिलो चरणमा उनी पहिलो भए ।
    ३ हजार १ सय ४७ मत खसेकोमा सभापति जित्न कुनै पनि उम्मेदवारले १५७५ मत ल्याउनुपर्दथ्यो । ११ भोटका कारण देउवा सभापति बन्न पाएनन् । देउवाले १५६४ मत मात्र पाए ।
    सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेलले ११५२ र कृष्ण सिटौलाले  ३२४ मत पाए । अब देउवा र पौडेलका बीचमा मात्र चुनाव हुनेछ ।
    • अब सिटौलाको मत निर्णायक
    सभापतिको पहिलो चरणको चुनावमा तेस्रो बनेका कृष्ण सिटौलाको मत भने अब निर्णायक हुनेछ । सिटौलाले जसलाई सहयोग गर्छन् उही सभापति हुने सम्भावना बलियो देखिएको छ । मतपरिणाम हेर्दा सिटौला नउठेको भए पौडेलले सजिलै रुपमा चुनाव जित्थे । सिटौलाको सहयोग पाएमा अब पौडेल पनि सभापति हुने सम्भावना बलियो छ । देउवालाई भने पहिलो चरणको तुलनामा भन्दा दोस्रो चरणमा झनै अप्ठेरो पर्ने देखिएको छ ।
    आजै मतदान
    कुनै पनि उम्मेदवारले बहमुत ल्याउन नसकेपछि काँग्रेस सभापतिका लागि देउवा र पौडेलबीच आजै दोस्रो चरणको चुनाव हुने भएको छ । त्यसका लागि आजै मतदान हुने काँग्रेस स्रोतले जनाएको छ । – विमल योगी दैनिक नेपाल
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: शेरबहादुर देउवालाई ठूलो झट्का, देउवा र पौडेलबीच फेरि चुनाव, अब के होला ? Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top