![]() |
कविता खड्का |
मध्य नेपाल सन्देश
एकाबिहानै पसल खोल्ने बाध्यता थपिएको छ उनलाई । उठेपछि घरपसल सरसफाई गर्ने र भाँडाकँुडा माझ्ने त महिलाको पुरानै जिम्मेवारीले पिछा छोड्दैन । यो काम साना छोराहरु नउठी उनले सक्नुपर्ने हुन्छ । छोराहरु उठिसकेपछि दुवै छोरा लिन टुप्लुक्क पुग्नु र उनीहरुको हातमुख सफाइसँगै चियाँ बसाल्ने जिम्मेवारीसँग ग्राहकहरुलाई चियाँ दिन सुरु गरिहाल्नु पर्छ । छोराहरुलाई खाजा खुवाउँदै स्कूल पु¥याउन तयार त्यसैवेला गर्नु पनि छ । लगत्तै खाना बसाउदै एक रिक्सा चालकलाई पसल कुरिदिन आग्रह सहित छोराहरुलाई स्कूल प¥ुयाउनु पनि छ उनले । यस्तै गरी दिन कट्दै छ मधेश आन्दोलनका शहिद सोहन साहकी धर्मपत्नी विनिता देविको अहिलेको दिनचर्या ।
श्रीमान् हुदाँ अतिरिक्त कामको लागि कहिले पनि घर बाहिर निस्कनु परेको थिएन उनले । सासु आमा नहुदाँ खाना पु¥याउन पसलमा जाँदा समेत रिसाउने श्रीमान्को आनिबानीले विनितालाई अहिले साह्रै सताउने गरेको छ । यति धेरै मायाँ गर्ने श्रीमान्को आवश्यकता अहिले कम खड्किएको छैन । तर अधिकारको लागी मधेश आन्दोलनको नाममा उनले ज्यान गुमाए । परिवर्तनकै लागि आन्दोलन त हुन्छन् । तर मधेश आन्दोलन र अन्य आन्दोलनमा प्राणको आहुति दिने व्यक्तिका परिवारको अवस्था सुध्रिएको छैन । श्रीमान् मधेशी दलको जागरण सभामा मधेशलाई आजाद गराउछु, भन्दै आन्दोलनमा होमिनु भयो । बारम्बार सम्झाउँदा पनि बरु उल्टै भन्नुहुन्थ्यो, ‘गोली खाई मर्छु, तर मधेशलाई अजाद गराएरै छाडछु, ।’ मरेर त जानु भयो तर मधेशी जनताको अधिकारको नाममा सास्ती मात्रै भोगे यहाँका जनताले । म जस्ता धरैको घरबार बेसहरा भको छ । भदौ १५ गते एकवर्ष भयो । रुदै उनले भनिन् । मेरो पनि कुरा मान्नु भएन सासु आमा बोलाउन जादाँ पनि आउन्न मान्नु भएन् अखिर सधैका लागि नआउने गरि जानुभयो । त्यसदिन देखि कोई रेख देख वास्ता गर्ने छैनन् टुहुरो भएर बाच्नु परेको छ उनले दुखेसो गरिन् ।
राजनितिसंग उनी अनिभिज्ञ छिन् । तर जुन अधिकार भनेर उहाँ जानु भयो मधेशी जनताले अझै त्यो अधिकार पाएजस्तो लाग्दैन विनितालाई । आन्दोलनमा साथ दिनेले ज्यान गुमाए पनि जनताले महसुस हुने गरी केहि नपाएकोमा आन्दोलनमा नेताहरुले आफ्नो स्वार्थका लागि मात्रै जनता उचाल्दा रहेछन् भन्ने लागेको छ शहिद परिवारका सदस्यलाई । ‘मन्त्री, प्रधानमन्त्री बनिहन स, हमनी के का बा ? हरदम त मरतेबानी सन’ ।
मधेश आन्दोलन चल्दै गरेके समयमा सरकारको नेतृत्व गर्न पुगेको एमाले सरकराले उपलब्ध गराएको १० लाख रुपैयाले सानो घडेरी किनेकि छन् विनिताले । डेरा गरी वीरगंज १० पानिटंकीमा बस्दै आएकी शहिद पत्नी विनिताको आशाका केन्द्र ४ वर्षका जेठो छोरा राजन कुमार गुप्ता र २ बर्षका कान्छो छोरा रबि कुमार गुप्ता मात्र छन् ।
आन्दोलनताका आश्वासन बाड्ने थुप्रै नेता आएको शहिद सोहन साहकी आमा सारदा देवीले बताईन् । उनले भनिन् घर आउँदा बुहारीलाई सरकारी जागिर, ५० लाख रुपैया, छोरा÷छोरीको स्तरीय बोडिङ्गमा भर्ना गराउने, लगायत थुप्रै कुराहरु नेताहरुले आन्दोलनताकका सुनाउँथे । तर जेठो छोरा राजनको स्कूल भर्ना गराउनका लागि आश्वासन दिएकाहरुलाई फोन गर्दा शुरु शुरुमा निःशुल्क पढाउन लगाई दिने भन्ने प्रतिक्रिया दिए पनि पछि फोन उठाउँदै नउठाउँने, झर्केर बोल्ने गरेको शहिद सोहनकी आमाको दुःखेसो छ । सोहनको सपना थियो छोराहरुलाई डक्टर इन्जिनियर बनाउने, हामीलाई अहिले नामै लेखाउन परेशान छ उनले भनिन् ।
त्यो बेलामा धेरैलाई फोन गरे । एकजना स्थानीयले प्रदिप यादवको फोन लगाई दिए उनीसंग कुरा भयो । जेठो छोरालाई मिनिल्याण्ड बोर्डिङ्ग स्कुलमा कक्षा १० सम्म पढ्न पाउने गरी व्यवस्था मिलाई दिएको शहिद पत्नी विनिता देवीले बताईन् । स्कूल खर्च बाहेक अतिरिक्त खर्च आफैले जोहो गर्ने गरेको विनिता बताउँछिन् । अहिले श्रीमान्ले छोडेर गएको पसल सञ्चालन गरेर जेनतेन घरखर्च टार्दैछु । श्रीमान् हुँदा दिनकै दुई तिन हजार कमाई हुने अहिले दिनभरिको एक्लै पसिना बगाएर दुई अढाई सय पनि आउँदैनन् । उनले भन् ि। एक्लै छु, । कति परेसान छ, दिनभरि यताउता गर्दा गर्दै रातीको १० बज्छ, । राम्रो कमाई पनि छैन् । तर केहि रिक्सा चालकहरु ग्राहक भइदिएर आफ्नो गर्जो चलेको उनको भनाइ छ । सासु आमा भिष्वामा रहेको पुरानो डेराको घरमा गाई पालन पोषण गरी बस्नुहुन्छ । खाना खान आउने केही रिक्सा चालकहरु आकल झुक्ल पानी ल्याउने, आटा मुस्ने, पसल कुर्ने लगायत सहयोग गरिदिन्छन् । त्यस्तालाई कहिलेकाही खाना फ्रि मै खुवाई दिने गरेको शहिद पत्नी विनिताले बताईन् । श्रीमान् नहुँदाको पीडा भनिसाध्ये छैन । ‘पसलले कतिदिन साथदेला ? रिक्सा चालक ग्राहक भइदिएकोले केही रकम जुटाउन सकेको’ उनले भनिन् । अहिले वीरगंजमा छ्याप–छ्यापै ई रिक्सा आएका छन् । जसले केहि वर्षमै रिक्सा विस्थापित हुनसक्छ । यस्तो अवस्थामा पसलमा को आउने हामीले के खाने ? ८ कक्षा सम्म पढेकी छु, । कतै सरकारी जागिर पाइदिएको भए छोराहरुको लालन पालन गर्न अलि सजिलो हुन्थ्यो । सरकारले दिएको पैसाबाट जग्गा किने । घर छैनन् पसल चल्दैनन् । घरभाडा, पसलभाडा गर्दै सिधिन्छन् सामान्य पैसा । कहिले होला जग्गामा सानो झुपडी बनाउन सकिने दिन ?
वीरगंजमै रहेकी शहिद पत्नीको यस्तो विजोग छ । अझै जिल्ला र बाह्य जिल्लाका शहिद परिवारको कस्तो दिनचार्य होला ? आन्दोलनमा सरिक भएका आन्दोलनकारीहरुको गुनासो छ । एक भारतीय सहित जिल्लामा ७ जनाले ज्यान गुमाएका थिए । सबैजसोको हाल बेहाल छ । तर नेताहरु भने सरकारमा जान खुट्टा उचालेर बसेका छन् । यो कुरा शहिद परिवारका विनिता जस्तालाई अहिले थाहा छैन उनीहरुले भने । आन्दोलन हाँक्ने मधेशी दलले आन्दोलनमा ‘अभि नहि तो कभि नहि’ भनी खुबै नारा घन्काएका थिए । तर अन्तमा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने पक्का भएपछि ३ बुदे सहमति मै उनीहरुले चित बुझाएका छन् । आन्दोलनताका ५० लाख दिने घोषणा, शहिदको छोरा÷छोरीको अध्ययन अध्यापन निःशुल्क, परिवारका सदस्यको सरकारी जागिर लगायतका बारेमा नेताहरुले हरेक भाषणमा बोलेका थिए । अब उपरान्त यस प्रकारको जनताको साथ पाउन मधेशी दललाई अरु एक दश भन्दा बढी कुनुपर्ने आन्दोलनका समयमा ग्रामिण क्षेत्रमा अगुवाई गरेका ५६ बर्षीय विक्रम साहको भनाइ छ ।
सुरुका दिनमा आन्दोलन जगाउन अहम भूमिका खेलेका महुवन ३ का कन्हैयाप्रसाद साहले एउटै झण्डा र नामको संगठन भित्र आन्दोलनकारीहरु एकत्रित हन नसकेर आन्दोलन सकियो । जनताको ठूलो आशा थियो । यहि आन्दोलनले अन्तिम निचोड दिन्छ भनेर । तर त्यो अधुरै रहेको देखियो उनले भने ।
0 comments:
Post a Comment