-

  • नयाँ खबर

    05 July, 2014

    सामुदायिक प्रहरी सेवा श्रीपुरको चौथो साधारण सभा समपन्न, अध्यक्षमा विरेन्द्र महतो सहित ११ सदस्यी चयन ।

    अध्यक्षमा विरेन्द्र महतो सहित ११ सदस्यी  ।


    अषाढ २१ पर्सा 
    अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी बरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जो कोहिलाई पनि सजायको भागीदार बनाउने प्रतीबद्धता जनाउनुभएको छ ।
    सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा श्रीपुरको चौथो साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वहाँले कसैको सिफारीसमा कुनैपनि व्यक्ति ठालु बन्न नपाउने र कसैको भनसुनका पछाडी आफु नहिड्ने बताउनुभएको हो । प्रहरी बरिष्ठ उपरीक्षक खनालले पछिल्लो समयमा प्रहरी नागरीकमैत्री बन्दै गएको स्मरण गराउँदै  राम्रो काम गर्नेलाई नमस्कार गर्न र अपराधीलाई कठघरामा उभ्याउन प्रहरी कटीबद्ध रहेकोले अपराधीलाई संरक्षण नगर्न नागरीक समाजलाई आग्रह गर्नुभएको हो । वहाँले समृद्ध समाज निर्माणका लागि समाजका हरेक नागरीकले आफ्नो दायित्व इमान्दारीताका साथ निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । वालविवाह, वहुविवाह र दाइजो जस्ता कुरीतीलाई निमीट्यान्न पार्नका लागि हर घरका महिलाहरु सचेत हुनुपर्नेमा जोड दिंदै प्रहरी बरिष्ठ उपरीक्षक खनालले बाटोमा फोहोर नफाल्ने विषयमा समेत महिलाहरु सचेत बनेर सफा शहर निर्माणमा महत्वपुर्ण भुमीका खेल्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक धिरज प्रताप सिंहले नागरीकको सुरक्षाका लागि प्रहरी सदैव प्रतिबद्ध रहने स्पष्ट पार्नुभयो । त्यस्तै नेपाल पत्रकार माहासंघका केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक शितल महतोले जनता र प्रहरीको हातेमालोबाट समाज रुपान्तरण गर्ने सामुदायिक सेवा केन्द्रको प्रयास अत्यन्तै सराहनिय रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै विरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैद्यले प्रहरीले जनता सँग मिलेर गरेको कामको सकारात्मक परीवर्तनले आम जनतालाई मात्र नभएर उद्योगधन्दा सञ्चालकलाई समेत राहत पुगेको बताउनुभयो । पत्रकार महासंघ पर्साका सचिव कृष्ण उदास खनालले नागरीक र प्रहरीको सहकार्यबाट धेरै समस्या समाधान गरीएको भए पनि समाजमा समस्या नघटेकोले अझै सशक्त ढंगले अघी बढ्नुपर्नेमा जोड दिनुभयो । केन्द्रका निवर्तमान अध्यक्ष सुरेश साहको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा संस्थाका पदाधीकारी, सल्लाहकार समिती र अतिथीहरुलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरीएको छ । 
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक श्याम कुमार महतो, पत्रकार महिला समुह पर्साकी माधुरी महतो, मधेशी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेल, श्रीपुका पुर्व वडा अध्यक्ष प्रधुम्न सेंढाईं, मुर्लिका पुर्व वडा अध्यक्ष रामदरश कुशवाहा, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष प्रदीप चौरसीया, समाजसेवी उषा शाह, पशुपती विक्रम शाह लगाएतको उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष सुरेश साहले संस्थाको प्रगती प्रतीवेदन र कोषध्यक्ष श्याम कुशवाहाले आर्थीक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रमको संचालन लक्ष्मी खरेलले गरेकी थिईन ।
    समपन्न सधारण सभामा सामुदायिक सेवा केन्द्र श्रीपुरको अध्यक्षमा विरेन्द्र महतो चयन हुनुभएको छ । त्यसैगरी केन्द्रको उपाध्यक्षमा श्याम कुश्वाहा महिला उपाध्यक्ष रेखा घिमिरे र सचिवमा नविन अधिकारी चयन हुनुभएको छ भने कोषाध्यक्षको पद खाली राखिएको छ । कोषाध्यक्षमा पछि मनोनयन गरिने उपाध्यक्ष श्याम कुश्वाहाले जानकारी दिनुभएको हो । यसैगरी सदस्यहरुमा ताराचन्द राउत, मनिर मियाँ मन्सुरी, सत्य नारायण महतो, प्राणनाथ कसजु,शीला अमात्य, शोभा देवी साह, चन्दा साह गरी ११ सदस्यीय रहेको निर्वाचन अधिकृत अधिवक्ता मन्सुर बाबुले जानकारी दिनुभयो । 

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सामुदायिक प्रहरी सेवा श्रीपुरको चौथो साधारण सभा समपन्न, अध्यक्षमा विरेन्द्र महतो सहित ११ सदस्यी चयन । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top