-

  • नयाँ खबर

    20 August, 2014

    एसीसी यु- १६ प्रिमियर लिगमा नेपालको ऐतिहासिक जीत, आयोजक मलेसिया ३२ रनले पराजित, विजेता क्रिकेटरलाई जनही २० हजार दिने घोषणा (फोटो फिचर सहित )




     एसीसी अन्डर १६ प्रिमियर लिग क्रिकेटमा नेपालले ऐतिहासिल सफलता हात पारेको छ । मलेसियालाई ३२ पराजित गर्दै नेपाल पहिलो पटक एसीसी अन्डर १६ प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । 
    राउण्ड रोविन लिग अन्तर्गत खेलाइएको प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई ३२ रनले पराजित गरेको हो । जितका लागी १६२ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले ३६ ओभरमा १२९ रनमा समेट्दै उपाधि जितेको हो ।

     यसअघि मलेसियाको किन्नरा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ४० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ६१ रन बनाएको थियो । नेपालका लागी पवन सराफले सर्वाधिक ४४ रन बनाए भने रवि चन्दले ३४ रनको योगदान गरेका थिए । पहिलो २० ओभरमा २ विकेटको नोक्सानीमा मात्र ५४ रन बनाएको नेपालले पछिल्लो २० ओभरमा १ सय ७ रन जोडेको थियो । राउण्ड रोविनको आधारमा खेलाइएको खेलमा नेपालले यसअघिको चार वटै खेलमा जित हात पारेको थियो भने मलेसियाले ३ मा जित र एकमा बराबरी नतिजा निकालेको थियो ।


     नेपालले पहिलो खेलमा थाइलयाण्डलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सिंगापुरलाई ४९ रनले पराजित गरेको थियो । यसतै तेस्रो खेलमा ओमानलाई १०२ र चौथो खेलमा बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यसअघि एसीसी एलिट कपको नाममा भएको दुवै संस्करणमा नेपाल उपविजेतामा सिमित भएको थियो । नेपाल यसअघि मलेसिया विरुद्ध भएको तिन मध्ये दुई खेलमा विजयी भएको थियो भने २०१२ मा फाइनलमा मलेसियासंग पराजित भएको थियो ।




    यसैगरी नेपाल क्रिकेट संघ क्यानले एसीसी यू(१६ प्रिमियर क्रिकेटको च्याम्पियन बनेको नेपाली टोलीका सदस्यहरुलाई जनही २० हजार दिने घोषणा गरेको छ ।
    खेलाडीहरुको प्रत्साहनका लागि नगद पुरस्कार दिन लागिएको क्यानले जनाएको छ । नेपाली टोली भोलि बिहीबार विहान साढे ११ बजे काठमाडौं आउने कार्यक्रम छ ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एसीसी यु- १६ प्रिमियर लिगमा नेपालको ऐतिहासिक जीत, आयोजक मलेसिया ३२ रनले पराजित, विजेता क्रिकेटरलाई जनही २० हजार दिने घोषणा (फोटो फिचर सहित ) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top