-

  • नयाँ खबर

    20 August, 2014

    नेवार समुदायको सय बर्ष अघिदेख जात्रा मनाउने चलन अब समावेशी तर्फ सम्पुर्ण फोटो फिचर सहित ।




    भाद्र ४ पर्सा 

    भिमसेन जात्रा मनाउने वीरगंजको आफ्नै मौलिक परम्परा रहदै आएको छ । नेवार समुदायको यहा करीब १ सय बर्ष अघिदेखि प्रवेश भएदेखिनै यो जात्रा मनाउने चलन रहेको छ । यो समुदायको कुल देउता मानिन भिमसेनको जात्रा मनाउदा धन वैभव र आरोग्यता प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ । 


    यो जात्रा बिगतमा गहवाका नेवार समुदायले निकाल्ने गरेकोमा उति बेलै वीर्ताका बासिन्दाले जात्राको डोला खोसेर आफूसंग राखेर बर्षेनी जात्रा निकाल्दै आएको मान्यता रहेको छ । डोला खोसिएपछि गहवाका नेवार समुदायले हाल पनि सानो र सामान्य रुपमै भएपनि डोला निकाल्ने गरेका छन् । 



    जात्रा निकालिएपछि गहवाका नेवार समुदायले आआफ्नो टोलमा पनि डोला घुमाउन आग्रह गरेपनि जात्रा २ नम्बर रोड हुदै सोझै वीर्ता मन्दिर जान खोजेपछि प्रत्येक बर्ष गहवाका नेवार समुदायले जात्राको बाटो मोडन खोजेपछि केही बेर तनाव हुने गर्दछ । जात्राका सहभागीले ‘लियोलियो पायोपायो’ भन्दै जात्रा अवधि भर नारा लगाउने गर्दछन् । 


    जात्राको क्रममा बोकाको मासु,सिध्रा,बारा,आलु,केराउ,साग,अन्डा,काक्रो,भुजा,चिउरा आदि गरी करीब १ दर्जन पकवान तयार पारेर चढाई सकेपछि प्रसादको रुपमा नगरबासीलाई बितरण गर्ने चलन रहेको छ । पुजा उपसमिति पनि स्थानीय युवाहरुले क्रमशः युवा पुस्ताहरुलाई हस्तान्तरण गर्दै आएका छन् । जिम्मेवारी पाएका युवाहरु घर बाहिर रहेपनि जात्रा मनाउनकै लागि फर्कने गरेका छन् । 



     वीर्ता मन्दिरमा पुजा अर्चना पछि डोलालाई मन्दिरको ३ पटक परिक्रमा गराएपछि क्रमशः वीर्ताका खडकी समाज र मानन्धर समाजले डोलामा भिमसेनको पुजा अर्चना गर्छन् । जात्रा नगरको मुख्य सडकबाट गुज्रिन्छ । माइस्थान मन्दिर हुदै २ नम्बर सडकबाट परिक्रमा गरी जात्रा पुनः वीर्ता मन्दिरमै आई सम्पन्न हुन्छ । बिगतदेखिनै जात्रामा यही रुट प्रयोग हुदै आएको छ । 


    मंगलबार बिहान करीब ११ बजे गहवाका नेवार समुदायले आप्mनो जात्रा निकालेका छन् । वीर्ता मन्दिरबाट निकालिने जात्रा भने राती अबेर निस्कने छ । जात्राको व्यवस्थापनका लागि नगरमा सशस्त्र र नेपाल प्रहरीका गरी करीब ३ सय सुरक्षाकर्मी परिचालन गरीएको थियो । 


    प्रहरी उपरीक्ष्ँक धिरजप्रताप सिंहका अनुसार, नेपाल र सशस्त्र प्रहरीका गरी २ सय ५० सुरक्षाकर्मीको जनशक्ति जात्रा अवधिमा नगरमा परिचालित गरेका थिया ।
      
    पाकेटमारी लगायतका अन्य उच्छृंखल गतिविधि रोक्न सादा पोशाकका २५ सुरक्ष्ाँकर्मी परिचालन गरिएका छन् । 



     जात्रा निकाल्ने सबै ठाउमा पिकेट,हाइ प्वाइन्ट पनि राखिएका छन् । 



     सबैभन्दा बढी रथ तान्ने बेलामा तनाव हुने भएकाले त्यसमा सहयोगी भूमिका खेल्न ४० सादा पोशाकका सुरक्षाकर्मी खटेका थिए ।






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेवार समुदायको सय बर्ष अघिदेख जात्रा मनाउने चलन अब समावेशी तर्फ सम्पुर्ण फोटो फिचर सहित । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top