-

  • नयाँ खबर

    10 August, 2014

    वीरगंज कारागारमा राखिको रौनक



    साउन २५ पर्सा 
    वीरगंज कारागारमा आज निकै फरक दृष्य थियो । कैदीहरु विहान देखि कारागारको मूल गेट तिर आ–आफ्नो दिदि वहिनिहरुको प्रतिक्षामा थिए । भने यता मुल गेटबाहिर कैदिहरुका दिदि वहिनिहरु हातमा पुजाको थालि, राखि, मिठाई लिएर जम्मा भएका थिए । यो दृष्य निकै रचनात्मक थियो नयाँ नयाँ पहिरन लगाई कोई छिमेकि भरतको रक्सौलवाट आएका थिए त कोई धरान, विराटनगरका लगायतको ठाँउवाट आएका थिए । 
    कारागारमा गर्दैल पिप्रा ६ पर्साका हरि पटेललाई उनकी वहिनि तपसिया देविले राखि बाध्दै अब झईझगडा नगर्न आग्रह गरिरहेकि थिईन् । पटेलले भने ठाउको हल्लाउदै कहिले नगर्ने प्रतिबद्धता जनाईरहेका थिए । कारागारमा बस्दै आएपनि आफ्नी प्यारी बहिनीको हातबाट पवित्र राखी बन्धन बाध्ने धार्मिक परम्परालाई निरन्तरता दिदैं आएको पटेलले बताए । पटेलले भने ‘हाम्री बहिनीले म कारागारमा भए पनि बिर्सेकी छैनन्, यो पर्वले मेरो र घरपरिवारको सम्बन्धलाई अझ बलियो बनाएको छ’  । उनले भने यसपालि राम्ररी बहिनिसंग भेटभयो पहिलाको भन्दा यसपालि कारागारमा सुरक्षा व्यवस्था राम्रो भएकोले सहज भएको हो । उनले भने हामि सम्पुर्ण एक परिवार जस्तै भएका छै हिजै सिम्पुर्ण व्यवस्था मिलाउन हामि सबैले एक आपसमा सहयोग गरि रंगरोगन गरि कारागारलाई चिटिक्क पारेका थियो । आज राम्ररी सबैसंग भेट भयो राम्रो लागेको उनले बताए ।   
    यसैगरी कारागारमा २ वर्ष अगाडी लागु औषध मुदामा आएका अर्का निचुटा ३ का उमेश मुखियालाई उनका बहिनिले राखि बाधि निकै खुशि भएको बताईन । राखि बाधेपछि मुखियाले आफैले पाएको सिधा खर्चबाट जोगाएको ५० रुपैया बहीनीको हातमा हालिदिदै आर्सिवाद दिएका थिए । 
    त्यसैगरी गौतम माध्यमिक विद्यालयमा पढने छात्राहरुले आज कैदिवन्दी जिवन विताईरहेका छोराछोरीहरुलाई राखि बाधेका छन् । एउटै भाई भएकाले अरु आफन्तहरु बहिर जानु भएकाले कारागारमा रहेका बालबालिकाहरुलाई राखि बाध्न आएको रोशनी साहले बताईन । उनले भनिन कारागारका बच्चाहरुपनि हाम्रौ समाजका हुन उनिहरुपनि हाम्रो भाई जस्तो भएकाले राखि बाध्न आएको उनले बताईन ।   
    आज कारागार राखीपर्व नै भएको जस्तो देखिन्थ्यो । कारागारको पर्खालले दाजु बहिनी र दिदी भाइको आत्मिय समन्ध र मायामा कमी आउन दिएन । कारागारमा रहेका कैदी बन्दीका दिदीबहिनीहरु नेपालबाट मात्र नभई भारतबाट पनि ठूलो संख्यामा यहा राखी बाध्न आई पुगेका थिए । कारागारमा रहेका एक दर्जन भन्दा बढि महिला कैदी बन्दीले पुरुष कैदीलाई धर्म दाई र भाई बनाएर राखी बाधेका थिए । उनीहरुलाई राखी पर्व मान्न कारागार प्रशासनले सहज वातावरण बनाई दिएको थियो । 
    दश–दश जना गरि कारागारको मुल गेटभित्र जाने राखि बाध्ने र फर्किने गरि व्यवस्था मिलाएको कारागारका जेलर प्रमुख गोपाल प्रसाद बरालले बताए । उनलेभने १२ सय १४ जना कैदिवन्दीलाई व्यवस्था मिलाउनु पहिलाको दिनमा चुनैति थियो तर अहिले त्यस्तो केहि छैनन् कारागारका आन्तरिक सुरक्षा, प्रसनि पुरुषोतम सुवेदी र चौकिदार शेख सफि अहमद लगायत हामिले आफै छलफल गरि सहज वातावरण बनाएको हो । अझै यो पर्वको महत्व र धार्मिक परम्परालाई बुझेर आफूहरुले सहज रुपमा दिदी बहिनीहरुलाई सुरक्षा घेरामै भएपनि कारागारमा रहेका उनीहरुका दाजु भाईलाई राखी बाध्ने सुविधा उपलब्ध गराएको हो । विशेष गरि प्रशासन साखालाई मध्यनजर गर्दै सुविधा मिलाईएको उनले बताए ।   
    आज कारागारमा दिनभरी जसो राखी बाध्न आउने दिदी बहिनीहरुको मेला नै लागेको सुरक्षाका जिम्मा पाएका प्रहरी सहायक निरिक्षक पुरुषोतम सुवेदीले बताए । उनले भने अहिले सम्म मात्रै करीब ५÷६ सय भन्दा बढी महिलाहरु र ३÷४ सय भन्दा वढि बलबालिकाहरु आज राखि बधाउन आएको सुबेदिले बताए । 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंज कारागारमा राखिको रौनक Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top