-

  • नयाँ खबर

    15 October, 2014

    समुन्नत नगरको लागि साझा सहकार्यको आवश्यकता




    वीरगञ्ज, आश्विन २९
    वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज एक कार्यक्रमका बीच वीरगञ्ज उपमहानगरपालिकाका नव आगन्तुक कार्यकारी अधिकृत बिष्णुप्रसाद कोइरालासँग सङ्घकै कार्यकक्षमा भेटघाट, परिचयात्मक तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
    सङ्घका अध्यक्ष अशोककुमार वैधले वीरगञ्जको विकास कार्यमा सङ्घले आफ्नो स्थापना कालदेखि सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै आएको कुरा बताउनुहुँदै सङ्घले वीरगञ्ज नगरको समग्र विकासको लागि अघि सारेको ग्रेटर वीरगञ्जको अवधारणा, ट्रान्सपोर्ट नगरको आवश्यकता, नगरलाई समुन्नत र समृद्ध बनाउन निजी र सार्वजनिक क्षेत्रबीच सहकार्यको आवश्यकता माथि कार्यकारी अधिकृत कोइरालालाई जानकारी गराउनुभयो । 
    कार्यक्रममा कार्यकारी अधिकृत कोइरालाले वीरगञ्जको विकास कार्यमा सक्रिय भई एशियाली विकास बैंकको परियोजनालाई प्राथमिकताका साथ तिव्रता प्रदान गर्ने, सरसफाईका विभिन्न कार्यहरुलाई कार्यान्वयन गर्ने, यस क्षेत्रमा व्यापार सहजीकरणको लागि आपूmले सक्दो सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
    छलफलका क्रममा वीरगञ्जमा एउटा व्यवस्थित फुडजोनको निर्माण हुनुपर्ने, कर सङ्कलन प्रभावकारी एवं पारदर्शी ढंगबाट हुनुपर्ने, अन्तराष्ट्रिय सभा भवनको निर्माण कार्य शुरु हुनुपर्ने, यस क्षेत्रको विकासको लागि सबै सरोकारवालाहरु एक जुट भएर लाग्नुपर्ने अवधारणा नेउवामहासङ्घका कार्यकारिणी सदस्य एवं सङ्घका नि.अध्यक्ष अशोक टेमानी, भूपू अध्यक्ष गणेश लाठ, कोषाध्यक्ष सुनिल खेतान, सह–कोषाध्यक्ष दिपक टिबडेवाल, सह–सचिव मनोज शर्माले व्यक्त गरेका थिए । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: समुन्नत नगरको लागि साझा सहकार्यको आवश्यकता Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top