-

  • नयाँ खबर

    15 October, 2014

    वीरगन्जलाई नमुना वीरगन्जको रुपमा परिचित गरिने प्रतिबद्धता

    वीरगंज उपमहानगरपालि छाडा चौपाया नियन्त्रण




    पर्सा २९ असोज 
    वीरगंज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत विष्णु कोइरालाले कर संकलनमा कुनै सम्झौता नगरिने बताउनुभएको छ । वीरगंज उपमहानगरपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यकारी अधिकृत कोइरालाले करसंकलनलाई आफुले प्राथमिकतामा राखेको बताउनुभएको छ । कर संकलनका लागि हाम्रा आफनौ कर्मचारीहरुबाटै शुरुवात गरिएको समेत कोइर््रालाले बताउनुभएको हो । कार्यकारी अधिकृत कोइरालाले कर संकलन, सफाई र म्याचिङ फण्डको व्यवस्था गरि वीरगंजको विकासमा एशियाली विकास बैक एडिभि प्रोजेक्टको योजनालाई सफल पार्ने दावी गर्नुभएको थियो । 
    त्यसैगरी सरसफाई अन्तरगत छाडा चौपाया नियन्त्रण, नाली सरसफाई, डेङ्गु नियन्त्रणको प्रकृया अगाडी बढाईएको समेत जनकारी गराउनु भएको छ । नगरको सरसफाईका लागि अति आवश्यक सवा एक करोडको ८ हजार डस्बीन र १५ सय कम्पोस्ट विनको निकासाको लागि आवश्यक पहल गरी सकेको जनकारी गराउदै वीरगन्जको फोहोर व्यवस्थापन गर्नको लागि डम्पीङ्ग साईट चुनौतीको रुपमा रहेको हुनाले यसमा नगरवासिहरुको सल्लाह सुझाव अनुसार चुनौतीलाई अन्त्य गर्ने समेत बताएका छन् । 
    त्यसैगरी यस वीरगंज उपमहानगरपालिका अन्य नगरपालिकाको तुलनामा मन्त्रालयमा कालोसुचिमा रहेकोले त्यो कालोसुचिबाट हटाउने तर्फ आफनो इमानदारी पुर्वक प्रयास रहने जनकारी गराउनु भएको छ । यहां आन्तरिक गुटबन्दीका कारण विकास योजना नै अल्मलिएको हुनाले पहिलो प्राथमिकता गुटबन्दी हटाउने भएकोले त्यसतर्फ अग्रसर भई कार्य नगरपालीकाले गरिरहेको जनकारी गराउनु भएको हो । 
    हाल जगेडा कोषबाट चार करोड आएको र सो रकम बारुण यन्त्रको खरिद, व्यापारिक भवन, बौद्ध चैतन्य विहार मर्मत, बहिपुल कालोपत्र, भिस्वा फुलवारी र उपमहानगरपालिकालाई आवश्यक सफाइतर्फ सवारी साधन खरिद वीरगन्ज विकासको कार्यलाई तिर्व रुपमा अगाडी बढाई वीरगन्जलाई नमुना वीरगन्जको रुपमा परिचित गरिने प्रतिबद्धता जनाउनु भएको हो । पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक गोविन्द्र कार्की तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगन्जलाई नमुना वीरगन्जको रुपमा परिचित गरिने प्रतिबद्धता Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top