मध्य नेपाल २६ चैत्र
कैलालको मसुरिया बढैपुर जन्मिएका नरेश जोगि अहिले म्युजिक भिडियो मार्फत चर्चामा रहेका छन् । टंक बुढाथोकीको संगीत तथा स्वरमा रहेको ‘ओए लब्ली’ मार्फत थारु म्युजिक भिडियो बाट डेब्यु गरेका नरेस अहिले लोक दोहोरोको म्युजिक भिडियोमा व्यस्त रहेका छ्न ।
गायक हेमराज थापा र गायिका तुल्सी घर्तिमगर को स्वरमा रहेको मायाको घण्टी बजाउछु गितको सुटिङ चलिरहेको नरेश जोगिले बताए । मोफसलबाट कलाकारिता गर्न निकै गाह्रो छ । नरेश भन्छ्न, म कलाकारिता मार्फत कैलालीलाई चिनाउन चाहन्छु, निर्माणाधीन म्युजिक भिडियोमा नरेश संग अञ्जली ठकुरी देखिने छिन । उनी अभिनित विभिन्न म्युजिक भिडियो बजामा आइसकेको छ ।
नरेश जोगि |
यस पटक नरेश संग काम गर्न पाएकोमा खुशी महसुस गरेको ठकुरीले बताइन् । नरेश क्षमतावान मोडल हुन्। अञ्जलीले भनिन् म पनि उहाँ जस्तै संघष गरेर अघि बढ्न चाहान्छुू । नरेश र अञ्जली अभिनित म्युजिक भिडियो बिक्रम चौहानले तयार गरिरहेका छन् । म्युजिक भिडियो केही समयमै बजारमा आउने चौहानले जानकारी दिए । टंक बुढाथोकीकै स्वरमा रहेको दुई गितमा आइसकेका नरेश आउदै गरेको गितले आफुलाइ थप सफल दिलाउने जनाए ।
0 comments:
Post a Comment