-

  • नयाँ खबर

    28 April, 2016

    गर्मीले तराईको जनजिवन प्रभावित

    वैशाख १६ पर्सा
    अत्यधिक गर्मीको कारण मध्य तराई अन्तर्गत पर्ने बारा, पर्सा, रौतहट लगायत तराई जिल्लाको जनजीवन निकै कष्टकर बन्दै गएको छ । 
    विहानै देखि चर्को घाम लाग्ने तथा तातो हावा चल्ने गरेको कारण जनजीवन थप कष्टकर बन्दै गएको हो । गर्मी बढदै जादा पर्साको सदरमुकाम वीरगंज, बाराको कलैया, रौतहटको गौर बजारमा सर्वसाधारणको चहल पहलमा निकै कमी देखिन थालेका छन भने चर्को घाम र तातो हावाका कारण घरबाट बाहिर निस्कन सर्वसधारणलाई निकै समस्या भईरहेको छ । 
    तराईको जिल्लाको सरकारी कार्यालयहरुमा विगतको तुलनामा एक्कासी बढेको गर्मीका कारण सेवाग्राहीहरुको संख्यामा पनि दिन प्रति दिन कमी भईरहेको समेत देखिन थालेको छ । टाढा टाढाबाट सेवा लिन आउने सेवाग्राहीहरु चर्को घाम र प्रचण्ड गर्मीका कारण सेवा लिनु भन्दा पनि शितल ठाउँ वा रुख छहारी मुनि बस्ने गरेको देखिन्छ भने जीउ ढाक्ने गरी लुगा लगाएको देखिन्छ । केहि सातादेखि बढेको गर्मि तथा सुख्खा यामका कारण पर्सा जिल्लामा नै २ दर्जन भन्दा बढी घरमा आगलागि भएका छन् । जिल्लाको ग्रमणि भेगमा बरुण यन्त्रको असुविधाका कारण पनि आगलागि चाडै नियन्त्रणमा आउन नसकेकाले धनजनको बढी क्षति हुने गरेको छ । 
    यता वीरगंजमा गर्मि बढेपनि नेपाल विधुत प्राधिकरणले लोडसेडिङ बाहेकको समय पनि पटक पटक लाइन काट्ने गरेका कारण पनि स्थानिय प्रभावित बनेको छ । अहिले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पढाई दिउसो भएकाले पनि अधिंकाश सरकारी विद्यालयहरुले जनरेटरको व्यवस्था गरेका छैनन् त्यसकारण दिउसो लाइन काट्दा विद्यार्थीहरुको पढाईमा समेत असर गर्ने गरेको छ ।
    गर्मी कारण बढी पसिना बगेर शरीरमा पानीको मात्रा कम भई टाउको दुख्ने, झाडा पखाला लाग्ने, रिंगटा लाग्ने जस्ता लक्ष्णहरु बढी देखा पर्न थालेको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डक्टर राकेस साहले बताए । साथै यस्ता विरामीहरुको चाप जिल्लाका प्रत्येक सदरमुकामको अस्पतालमा बढेको देखिन्छ । 
    तराईको ग्रामीण भेगका किसानहरुले आफना खेतहरु खनजोत गरि विऊ छर्न लायक बनाएको भएपनि विहानै देखिको चर्को घामको राप र घामसँगै चलेको लु को कारण किसानहरु खेतमा काम गर्न सकेका छैनन । जसको कारण विउ विजन छर्ने काम पनि प्रभावित हुन पुगेको छ ।  नहर र बोरिङको सिचाइृ नभएका स्थानमा झनै चैते धानको सिँचाइृका लागि चर्को घाममा पानिको अभाव हुन पुगेको छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: गर्मीले तराईको जनजिवन प्रभावित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top