-

  • नयाँ खबर

    08 April, 2016

    संविधान पछिको बजेट सन्तोष जनक आउने, बिशेष आर्थिक क्षेत्र निर्माणको लागि बजेटको अभाव हुन नदिने अर्थ मन्त्रि – विष्णु प्रसाद पौडेल

    पर्सा २६ चैत्र
    जियालाल साह 
    मुलुककै सबभन्दा ठुलो बिशेष आर्थिक क्षेत्र (सेज) निर्माणको लागि बजेटको अभाव हुन नदिने अर्थ मन्त्रि विष्णु प्रसाद पौडेलले वीरगंजमा प्रतिबद्धता जनाउनु भएको छ । वीरगन्ज उद्योग बाणिज्य संघको ४० औँ वार्षिक साधारण सभा र आर्थिक बर्ष २०७३/०७४ को पुर्व बजेट सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताउनु भएको छ । 
    मधेश आन्दोलनको क्रममा सबभन्दा बढी प्रभावित वीरगन्ज क्षेत्रको उद्योग ब्यपार उकास्ने उदेश्यले आउदै गरेको २०७३÷२०७४ को बजेट संविधान पछिको पहिलो बजेट भएकोले चुनौतिपुर्ण तर सन्तोष जनक बजेट आउने दाबी गर्नु भएको थियो । मन्त्री पौडेलले वीरगन्जको अलौंमानिर्माणधीन एकिकृत जाँच चौकी भन्सारलाई यथासिघ्र चालु गर्न बजेटमा ध्यान दिइने र ड्राइपोर्टस्थित सुक्खा बन्दरगाहलाई बिस्तार गर्न यस भेगका जनताले यो बजेटमार्फत निश्चित रुपमा कोशेली पाउने बताउनु भएको थियो । यससंगै राष्ट्रिय महत्वका परियोजनाहरु काठमाडौं–तराई मधेश द्रुत मार्ग र निजगढमा दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको लागि आगामी बजेटमा सम्बोधन समेत हुने उनले जनकारी गराउनु भएको थियो । 
    वैसाखमा आएको भुकम्पको पुन निर्माणले तिब्रता पाउन बाकि रहेकै बेला संबिधानप्रति असन्तुष्टि जनाउदै लामो समय सम्म आपुर्ती बन्द भएको बताउदै आन्दोलनरत मधेशी दलका असन्तुषिटका विषयहरु समावेश संगै संबिधान कार्यन्यवनको शुनिश्चितता गर्नुपर्ने समेत चुनौति रहेको मन्त्रि पौडेलले बताउनु भएको थियो संविधान कार्यन्वयनको बाटोमा भएकाले अबको राजनितिक समस्या आन्दोलनबाट नभइ वार्ताको टेबुलबाट सामाधान निकालिनुपर्ने धारण राख्नु भएको थियो । यसको लागि सरकार हदैसम्मको लचिलो भएको कार्यक्रममा दावी समेत गर्नु भएको थियो । 
    वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाको अध्यक्षता भएको कार्यक्रममा बोल्दै उद्योग राज्यमन्त्री मेघराज निषदले सरकारले निश्चित समयमै यदि निजि क्षेत्रको उधोगहरुको समस्या सामाधान नगरे ५ वर्ष भित्र उधोगहरु धरासायी हुन चिन्ता व्यक्त गर्नु भएको थियो । 
    यससंगै नेपाल उद्योग बाणिज्य माहासंघका अध्यक्ष पशुपति मुरारकाले प्रहरीले व्यापार सञ्चालन गरेका उधोगीहरुलाई विना कारण अपराधी सरह ब्यवहार गर्ने गरेको आरोप लगाउनु भएको थियो उनले सरकारकै माताहातको नेपाल आयल निगमले इन्धनमा दोब्बर मुल्य वृद्धि गर्दा केही गर्न नसक्ने तर व्यापारीले परिस्थिति अनुसारको आफनो समान विक्रि गर्दा कालोबजारी भनेर अपराधि झै थुनामा राख्ने गरेको आरोप लगाउनु भएको थियो ।
           संघका निवर्तमान अध्यक्ष अशेककुमार बैधले करदातालाई प्रोत्साहन गर्नपर्ने र काम गर्दाको त्रुटि र जानीजानी गरिएको बद्मासीलाई एकै किसिमको ब्यवहार नगर्न उद्योगाी ब्यपारीहरुले सुझाएका थिए । 
          कार्यक्रममा अर्थसचिव लोकदर्शन रेग्मी, राजश्व सचिव राजन खनाल, अर्थमन्त्रलय बजेट माहाशाखाका प्रमुख लक्षमण अर्याल लगायत सरकारी अधिकारी, उधोग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक बैद्य, गणेश लाठ, उधोग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता उद्योगी ब्यपारी लगायतकोले यहाँका समस्याका बारेमा आफनो धारण राखेका थिए । 
      


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: संविधान पछिको बजेट सन्तोष जनक आउने, बिशेष आर्थिक क्षेत्र निर्माणको लागि बजेटको अभाव हुन नदिने अर्थ मन्त्रि – विष्णु प्रसाद पौडेल Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top