-

  • नयाँ खबर

    06 May, 2016

    व्यापारीसंग फिरौति लिएको १६ घण्टा भित्र ४ जना अपहरणकारी पक्राउ

    वैशाख २४ पर्सा २०७३
    जिल्ला प्रहरी कार्यालय पर्साले एक व्यापारीलाई अपहरण गरि फिरैति मागेको सुचना पाएको १६ घण्टा भित्र हतियार सहित फिरैतिको रकमका साथमा ४ जना अपहरणकारीलाई पक्राउ गरेको छ । 
    यसैपनि औधोगिक नगरिका रुपमा परिचित वीरगंज शहर ६ महिना यता अपहरणकै घटनामा २ जना प्रहरी सहित ७ जनालाई पक्राउ गरिसकेको छ । 
    हिजो विहिवार एक प्रतिष्ठित उधोगपतिलाई बारम्बार फोन धम्की दिई फिरौति माग्ने गिरोहकै रुपमा सञ्चालित ४ जना अपहरणकारीलाई प्रहरीले गएराति पक्राउ गरेको हो । 
    पक्राउ पर्नेमा बारा कलैया नगरपालिका वडा नम्बर ३ का १९ वर्षिय ईमरान मंसुर, ४ का २२ वर्षिय रोशन पौडेल, ६ मोतीबागका २० वर्षिय दिनानाथ पटेल र वीरगंज उप महानगरपालिका २७ रामगढवाका जयप्रकाश पटेल रहेका छन् । 
    यहाँका एक उधोगपतिलाई विहिवार दिउसो करिब ५ बजे वीरगंजको प्रतिमा चोकमा बोलाई उनलाई नियन्त्रणमा लिएर लक्षमनवा गाँउको पुर्वपट्टि गण्डक नहर तर्फ एकान्त बाटोमा लगेर पेस्तोल तेर्साएर उनिसंग एक लाख रुपैया नगद फिरौति लिएर हप्तादिन भित्रमा अरु ९ लाख दिनुपर्ने भन्दै छाडेका थिए । 
    पक्राउ परेकाहरु गिरोह बनाएरै ज्यान मार्ने धम्की, अपहरण, फिरौति माग्ने जस्ता काम सञ्चालन गर्नका लागि विभिन्न योजना बनाएको अनुसन्धानको क्रममा खुल्न आएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । उनले भने यिनिहरु यदि सफल भएको भए थप हतियार र व्यक्तिहरु थपघट गरि वीरगंजमा भोलिका दिनमा आतंक मचाउन्थ्यो । हामीले खबर पाएलग्तै तत्कालै बोर्डर सिज गरेर विशेष टोलि परिचालन गरि खोज तलास गर्दै उनिहरुलाई पक्राउ गर्न सफल भएका हौँ । अपहरणकारीले व्यापारीलाई जुन २ वटा मोबाइल नम्बरले फोन धम्की दिएका थिए त्यो सिम कार्ड समेत बरामद भएको छ । उनिहरुले व्यापारीलाई फिरौति लिने होइन भने ज्यान समेत लिने सोच बनाएर आएकोले उनिहरुको साथबाट १ नाल कटुवा पेस्तोल त्यसमा प्रयोग हुने ४ राउण्ड गोलि, ३ सेट मोबाइल, २ थान धम्की दिएको सिम कार्ड र फिरौति लिएको १ लाख नगद रुपैया बरामद भएको हो । पक्राउ परेकालाई अपहरण तथा हातहतियार खरखजाना मुद्दा चलाईने प्रहरी उपरिक्षक श्रेष्ठले बताए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: व्यापारीसंग फिरौति लिएको १६ घण्टा भित्र ४ जना अपहरणकारी पक्राउ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top