-

  • नयाँ खबर

    21 August, 2014

    पत्रकार हत्या विश्व विवेकलाई नै प्रहार गर्ने हिसांत्मक घटना - ओबामा (पत्रकारलाई हत्या गरेको भिडियो सहित)

    James Foley Beheaded ~ ISIS Beheading US Journalist James Foley ( FULL VIDEO )

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी पत्रकार जेम्स फोलीको विभत्स ढंगले हत्या गरिनु पुरा विश्वको विवेकलाई नै प्रहार गर्ने हिसांत्मक घटना भएको बताएका छन् । 
    उनले फोलीको हत्याको भिडियो बनाउने इस्लामिक स्टेट समूहलाई क्यान्सरसग तुलना गर्दै उसले भ्रष्ट सिद्धान्त अँगालेको बताए। संयुक्त राष्ट्रसंघ, बेलायत लगायतले उक्त कदम प्रति घृणा व्यक्त गरेका छन् । यसैबिच अमेरिकी विशेष फौजले पत्रकार फोली सहित सिरियामा बन्धक बनाइएका अन्य अमेरिकी नागरिकहरुको रिहाइको लागी प्रयास गरेको पेन्टागनले खुलासा गरेको छ । निराश मुद्रामा देखिएका राष्ट्रपति ओबामाले २१ औं शताब्दीमा इस्लामिक स्टेट विद्रोहीहरुलाई कुनै ठाउँ नरहेको बताए । उनले ध्वंस भन्दा निर्माणमा जोड दिने जेम्स फोलीहरु जस्ताकै भविष्यमा जीत हुने धारणा पनि राखेका छन । अमेरिकी जनताको सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत उनले जनाएका छन् । अमेरिकी रक्षा निकाय पेन्टागनका एक जना प्रवक्ताले यस बर्षको सुरुमा हवाई र स्थल मार्गबाट फोली सहितका बन्धकलाई खोज्ने प्रयास गरिए पनि उनीहरुलाई लुकाइएको स्थान पत्ता लगाउन नसकिको बताए । विभिन्न विश्व नेताहरुले पत्रकार फोलीको हत्याको निन्दा गरेका छन् । इस्लामीक स्टेट संगठनले अमेरिकीलाई सन्देश शिर्र्षक दिएर तयार पारेको एउटा भिडीयोमा जेम्स फोली भनेर परिचय दिएको एउटा व्यक्ती पहेलो पोशाक लगाएर मरुभूमी जस्तो देखिने स्थानमा घुडा टेकिरहेको र उसको पछाडी कालो पोशाक लगाएको एउटा शसस्त्र मानिस देखाइएको थियो । मारिनु अघि परिवारलाई सन्देश दिदै उनले हत्याको इराकमा आइएस समूह विरुद्ध गरिएको अमेरिकी कार्वाही जिम्मेवार रहेको बताएको भिडियोमा देखाइएको छ ।। 
    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पत्रकार हत्या विश्व विवेकलाई नै प्रहार गर्ने हिसांत्मक घटना - ओबामा (पत्रकारलाई हत्या गरेको भिडियो सहित) Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top