-

  • नयाँ खबर

    26 September, 2016

    परिवर्तन, महिलाका लागि सकारात्मक संकेत


    कविता खड्का 
    मध्य नेपाल सन्देश
    पारिवारिक स्थिति सम्पन्न नै भएपनि बाहिरी समाज र चल्दै आएको रीतिरिवाज र परम्पराको कारणले झण्डै एक दशक घरपरिवार मै रुमल्लिएकी निभा दास अहिले वीरगन्जका लागि नयाँ नाम होइन । बाहिरीपरिवेशमा आफू पनि केही गरेर देखाउने आँट र जाँगर भएकी उनलाईसुरुका दिनमाघरको चार दिवार भित्रै बस्नु पर्ने बाध्यता नौलो थिएन । तर आशाराम हस्पिटल वीरगंजकी संचालिका निभा दासलाई अहिले घर परिवारकै साथले निकै  सहज भएको छ । भारतको बेगुसरायमा जन्मनु भएकी निभा दास आफै पनि सकृय हुँदा हाल २३ महिला र २५ जना पुरुषलाई रोजगारी दिन सक्ने संस्थाकी प्रमुख समेत भएकी छन् ।
    आफ्ना बुबा र आमाको कान्छि छोरीका रुपमा जन्मिएकी निभा दासका ५ दाजुभाई र ३ दिदी बहिनी छन् । सबै भन्दा कान्छी सन्तानको रुपमा जन्मेकी निभा दास बेगुसरायमै बीए सम्मको अध्ययन गरेकी शिक्षित महिला हुन् ।प्लस टु अध्ययनको क्रममा घर परिवारको राजीखुशीले वीरगंज नेपालका डा. अशोक दाससंग वि.स.२०४८ सालमा विवाह बन्धनमा बाधिन पुगेकी हुन् । नेपालको तराई र भारतको विहार लगायतको राज्यमा दाईजो प्रथाको दबदबा भएपनि दुवै परिवारको आपसी सहमतिमै विना दाईजो विवाह भएकोनिभा दास आफू उदाहरण भएको उनको भनाइ छ । उनले भनिन् ‘दाईजो भनेर नदिएपनि आफनो छोरीलाई विदा गर्दा मायाले दिने अन्य समाग्री भने माइती पक्षले दिएको’ उनले मध्य नेपाल सन्देशसँग बताइन् । 
    विवाहको झण्डै एक दशकसम्म एउटा छोरी र एउटा छोरालाई लालनपालनमापनि समयखर्चेको उनको तर्क छ । त्यसपछि भने आफूले पनि केही काम गर्ने इच्छा जागेर आएको उनले आफ्नो कुरा सम्झँदै भनिन् । श्रीमान् डाक्टर भएको र त्यसमा पनि सम्पन्नता, हुने खाने परिवारको छोरी बुहारीले बाहिर निस्केर केही काम गर्नु हुन्न भन्ने मान्यतालाई परिवर्तन गर्ने सोच विकास भएको र पछि परिवारले पनि साथ दिएको उनको अनुभव छ । पहिलो पटक भने २०५८ सालमा वीरगंजमै ‘किड्स क्वीन २००१’ बाल सुन्दरी प्रतियोगिता आयोजना गराएर समाजमा खुलेर बाहिर आउने जमर्को गरें । यो अवसरमा एकै पटक सयौँ दर्शकको अगाडी माइक समाएर बोल्दा धेरै खुशी र हल्का मनमा डर समेत भएको उनले भनिन् । ८ वर्ष सम्म घरभित्रै रुमल्लिएर बसेकी बुहारी एक्कासी बाहिर काममा निस्कदाँ घरमा सासु ससुरा र अन्य सदस्यहरु सुरुमा त्यति खुश हुनुहुन्नथ्यो । त्यस समयमाश्रीमान्ले पूर्ण सहयोग गरेको भए पनि सासु ससुराले समाजको रीति रिवाजको कारण खुलेरै सहयोग गर्नु भएको थिएन । तर जब श्रीमान्ले सो कार्यक्रमको भिडियो देखाउनुभयो,त्यसपछि उहाँहरु पनि निकै खुशी हुनु भयो । तरसमाजले भने त्यो सहजै पचाउन नसकी फरक दृष्टिकोणनआउने कुरै भएन । कतिलेडाक्टरको श्रीमती भएरपनि के नपुगेर कार्यक्रम गर्न थालेको होला, कति पैसा चाहिएको होला ?जस्ता कुरा काट्ने गरेको पनि उनले सुन्न परेको थियो । तर अहिले यहि समाजमा पनि महिलाहरुले अघि सरेर कुनै काम गर्दा त्यो उति आलोचना हुन छोडेको छ । अहिले सुरुका दिनमा आफ्नो कुरा काट्नेहरुले प्रशंसा गर्न थालेको सुन्दा भने आनन्द आउन थालेको छ । यो राम्रो संकेत हो उनले आफ्नो जीवनको अनुभव विस्तारित रुपमा भनिन् ।
    सुरुका दिनमा महिला भएकै कारण धेरैले गर्ने व्यङ्ग र हेपाहा प्रविति चिर्दै अगाडी बढ्दा अहिले भने एउटा अस्पतालको संचालक मात्र नभएर समाजिक कार्य सम्पादन गर्दै आएको लायन्स क्लब वीरगंज सेन्टरकी अध्यक्ष, चिकित्सक श्रीमती संघको उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी राधेमाई वीरगंजको महिला उपशाखाको सभापति, वीरगंज वुमेन प्रोफेसनल स्किलसको कार्यकारी सदस्य लगातय संघ संस्थाको विभिन्न पदमा समेत रहँदै आइरहेकी छन् । 
    आफ्नो क्षमतामा काम गर्दा सुरु सुरुमा महिलाहरुलाई निकै चुनौति आउने गर्दछन्, त्यो चुनौतिको सामना गर्दै आगाडि जो महिला बढ्छन् उनिहरुले भविष्यमा राम्रो अवसर र सफलता दुवै प्राप्त गर्न सक्ने उनको धारणा छ । हिजोको दिन र आजको दिनमा काम गर्ने महिलाहरुमा समाजले हेर्ने दृष्टिकोणमा समेत धेरै परिवर्तन भएको उनको बुझाइ छ । यो सब हुनुमा शिक्षा र नेपाली मिडियाको भुमिका ठूलो रहेको उनले बताइन् । हिजो मैले गरेको कार्यलाई अस्वीकार गर्ने व्यक्तिहरु अहिले त्यहि कार्यलाई मार्ग निर्देशनको रुपमा लिदैछन्् । खासगरी तराईमा व्याप्त रहेको महिला हिंसाका कुरालाई जोड्दै उनले भनिन् यहाँका महिलाहरु हिसांमा पर्नुको प्रमुख कारण घर परिवार र त्यसमा पनि महिला सदस्यकै बढी हात हुने गर्दछ । केही महिलाहरुकै उक्साहटमा पुरुषहरुले हिसाँ गर्ने गरेको उनको तर्क छ । महिलाहरु हिँसाबाट बच्नको लागि महिलाले आफ्नो कामको जिम्मेवारी बुझेर शीपको बढी भन्दा बढी सदुपयोग गर्न सक्नुपर्ने उनको सुझाव छ । महिला दिदी बहिनीले पनि हामी एक हौँ भन्ने भावनाले अर्को महिलालाई सहयोग गरेमा भने हिंसाले थप ठाउँ नपाउने उनको भनाइ छ । 
    श्रीमान् डा.अशोक दास निकै मेहेनति हुनु र उहाँको सहयोगले मात्र आफूले महिलाद्वारा आशाराम हस्पिटल सञ्चालन गर्न सकेको उनको अनुभव छ । शुरु शुरुमा काम गर्ने  शिलशिलामा आएका बाधा व्यवधानलाई चिर्दै सही तरिकाले व्यवस्थापन गर्न सफल भएको उनले बताइन् । साथै थोरै बोल्ने धेरै काम गर्ने र गरिब, असहायहरुलाई निकै सहयोग गर्ने डाक्टर श्रीमान् पाएकोमा भने उनले खुलेरै प्रशांसा गरिन् । दुनियामा सायदै कोही छोरा होलान् जो आफ्नो बाबु आमालाई यति धेरै माया गरोस् । दिनभरी थाकेर आएपनि अबेर राति सम्म बुबासंग घुलमिल भएर भलाखुसारी गर्ने गर्र्नुहुन्छ । वहाँको पनि चाहना छ, । आफ्नो सन्तानहरु आफु जस्तै सबैले बुबा आमाको सेवा सत्कार गरुन् । अस्पताल सञ्चालनसँगै समाजको सेवा गर्ने क्रममा वीरगंज कारागरका बालबालिकाहरुलाई निःशुल्क रुपमा उपचार खर्च र सकेजति औषधी निःशुल्क नै उपलब्ध गराउने गरेको निभादासको भनाइ छ । श्रीमती निभा दास सबैसंग घुलमिल गरी जोस जाँगर र हिम्मतका साथ काम गर्ने अनि खुलेरै हास्ने बानी मलाई असाध्यै मन पर्ने गरेको डा.अशोक दासकोे भनाइ छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: परिवर्तन, महिलाका लागि सकारात्मक संकेत Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top