-

  • नयाँ खबर

    16 October, 2016

    संस्कृतिको मर्म र मानिसको कर्म - सम्पादकीय


    मध्य नेपाल सन्देश,
    नयाँ लुगा लगाउने मिठो परिकार खाने कसलाई ईच्छा नहोला र ? यो कलियुगीन समाजमा । त्यसैमा चाडपर्व भन्ना साथ थप भेटघाट र रमाईलो गर्ने कुरा अझ बढ्छ नै । यो धेरथोर हरेक मानिसमा हुने चाहनाको चाङ्ग नै हो । अरुलाई लुटेर, ठगेर र छापा मारेर अनि तस्करी धन्धा जस्ता अवैध हर्कत गरी कालो धन थुपार्नेहरुलाई त झन चाडपर्व भन्ना साथ कालो धनको पन्तुरो खोल्ने स्वर्णीम समय भई हाल्छ । त्यसतालाई बहाना भए पुगिगो । अवैध धन आर्जन गर्नेलाई प्रायः सधंै दशैं भए पनि निम्न वर्गका लागि हरेक पटक आउने चाडपर्व दसा बन्ने गरेका परिदृष्य छन् । अवैध कालो धन जोहो गर्नेहरु आ(आफनै मनोमालिन्यका हँुकारमा फूर्किनु उचित होइन । गरीब अझ गरीब बन्ने र धनी अझ धनी बन्ने राजनितिक पटाक्षेपले त्यसै त्यसै चाडपर्व पनि महत्वहीन हुने दिशामा लागेको देखिन्छ ।
    पर्वका नाममा हुने अप्रत्यासित खर्च र महँगीले बहुसंख्यक मानिसमा बोझको भारी बढने पिरोलो साच्चै मर्मस्र्पशी छ । अवैध धन आर्जन गर्नेका बालबच्चाको सिको निम्न वर्गका अबोध बालबालिकाले पनि गर्ने र त्यो नपुग हँुदा उत्पन्न हुने पारिवारिक असहजताले निम्न वर्गीय परिवारका घर मुलीलाई हुने पीडा कम रहन्न चाडपर्वमा । अनि विभिन्न समयमा हुने विपत र दुर्घटनाले आफना परिवारका सदस्य तथा घरमुली दिवंगत भएका परिवारमा झन् चाडपर्वले अर्को पिडा थोपरिदिन्छ । अभिभावक गुमाएका ती टुहुरा बाल बालिकालाई चाड पर्वले आफै गिज्याइरहेको हुन्छ । राज्य र दैव दुवै निर्दयी भएपछि परिवारका सदस्य गुमाएका र टुहुरा हुने बालमस्तिष्क माथि चोट माथी चोट थपिने बिडम्बना पर्वको अर्काे नकारात्मक पाटो हो । 
    घरमुलीको सहारा नपाई कुशल जीवनयापनका लागी दक्ष बन्न नसकी अधकल्चो अवस्थामा रहेका यस्ता परिवारका सदस्य र विपन्न वर्गका आम मानिसको आँखै अगाडी बडो तामझामका साथ प्रस्तुत हुने सम्पन्न भनाउँदा नव धनाढ्यहरुको नयाँ शैलीले पैसा जसरी पनि कमाउने मस्तिष्क सेट भएमा समाजमा अपराध कर्मले ठूलो स्थान नओगट्ला भन्न सकिन्न । यो कुरालाई पनि राजनितिक आडमा रवाफ देखाउने र भ्रष्टाचारमा लीन नव धनाढ्यहरुले विचार नपु¥याए समयको चक्रले उनीहरुलाई पनि सधैं उन्मुक्ति दिइरहन्छ भन्ने हुँदैन । राज्यका नियमकारी निकायहरुले पनि परिवर्तित समय अनुसार चाडपर्वलाई सभ्य र भव्य बनाउन व्यवहारिक पक्षलाई निकै बढावा दिन जरुरी छ । अनि पर्वलाई परम्परा र संस्कृतिको द्योतक भन्दा कसैको रवाफ देखाउन अवसर मात्र हुने कुरालाई निरुपण गर्न उतिकै आवश्यक छ । 
    पर्व गरीब र बिपन्नका लागि अझ बेचैनीको सौदावाजी गर्ने खालको हुन दिनु हँुदैन  । पर्व भनेको आम मानिसको मन मस्तिष्कमा थोरै भए पनि त्राण भित्र्याउने हुनु पर्छ । यसमा मुलतः राज्यको नीति कार्यन्वयनमा बिशेषतः अग्रसरता हुनुपर्छ । ता कि संस्कृति र परम्पराको जग पनि नहल्लियोस् र एउटाका कार्यले अर्काेको आत्मामा ठेस पनि नपुगोस् । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: संस्कृतिको मर्म र मानिसको कर्म - सम्पादकीय Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top