सवनम श्रेष्ठ, |
मध्य नेपाल सन्देश
साच्चै नै एउटा बालकलाई फकाउन जति सहज हुन्छ । उसको मस्तिष्क बुझन उति नै कठिन । उसको मस्तिष्कमा के चलिरहेको छ ? उसलाई के चाहिन्छ ? प्रत्येक क्षण परिवर्तन हुने उसको स्वभाव देख्दा हामीलाई अचम्म लाग्छ । तर जति अचम्म लागे पनि सबैभन्दा प्रिय र कठोरभन्दा कठोर मानिसलाई पनि क्षणभर मै नरम बनाइदिने यि बालकहरु पक्कै पनि इश्वरकै स्वरुप हुन् । कतिपय अभिभावकहरु आफ्ना बच्चाहरुले हैरान पारेको कुराहरु गर्नुहुन्छ ।
वास्तवमा बच्चाहरुको पनि उमेरको एउटा गति हुन्छ । उनीहरु गर्भावस्थादेखि बाल अवस्था, किशोर अवस्था, हुँदै बुढेसकाल सम्म अलग्ग अलग्ग अवस्थामा आफ्नो स्वभाव, व्यवहार परिवर्तित गर्दै जान्छन् । यो एक प्रकारको नियमित प्रक्रिया नै हो । सुरुवाती अवस्थामा उनीहरु शारीरिक रुपले केहिहदसम्म हिडडुल गर्न, चाहिएको बस्तु माग्न गर्दै खानु, कराउनु, हास्नु लगायतका व्यवहार देखाउने गर्दछन् । यि व्यवहार स्वभाविक भए पनि बाल अवस्थामा त्यति विकसित भएको मानिदैन । स(साना बालबालिकाहरु अरुको कुरा सुन्नुभन्दा बढी आफ्नो कुरा राख्न खोज्छन् । अभिभावक भएको नाताले बालबालिकाको इच्छा पूरा गर्नेै प¥यो । त्यस्तै केही बदमासी गरे नाई हुन्न, हुदै हुन्न जस्ता शब्द प्रयोग गर्दा बच्चाहरु झनै जिद्धी बन्ने गर्दछन् । बालकले गरेको कुनै पनि राम्रो कामको प्रशंसा गरिदिनु पर्दछ । बालकहरुमा केही ज्ञान, समझदारी छैन भने उसको कुरा पूरा नभइकन हाम्रो आदेश सर्वपरी गराउनु हुन्न । बच्चाहरुको चाहिने कुरा पूरा गराउने र नचाहिने कुरालाई केही उदाहरण दिई सम्झाएर बुझाउनु पर्दछ ।
बच्चाहरुले केही कुरा माग्दा त्यति ध्यान दिदैनौँ । तर त्यही ठूलै मान्छेले केही कुरा भन्दा छिनभरमै उनको कुरा पूरा गर्छौ । बच्चाहरुले पनि त्यस्तै व्यवहार खोज्छ । जुन हामीले नजरअन्दाज गरिरहेका हुदैनौँ । आफ्ना बालबच्चाहरुसंग कुरा गर्दा धैर्यता र सहनशीलता एकदमै आवश्यक पर्दछ । अहिले सबै अभिभावको एउटै चाहना हुन्छ मेरा छोराछोरी सबैभन्दा राम्रो, पढ्नमा अब्बल होस् । तर त्यसमा कुनै बालबालिका राम्रो भएर जान्छ । कुनै कमजोर भएर जान्छ । तर हरेकमा फरक फरक किसिमका कला, शिप र दक्षता हुने गर्दछन् । पढाइनै राम्रो नभए पनि उनीहरुमा फरक क्षमता हुन्छ । हाम्रा राजनीतिकर्मीहरुलाई हेरौं न । उनीहरु पढाइमा अब्बल नभए पनि राजनीतिमा निकै अब्बल छन् । यस्तै सोचेर अभिभावकहरुले आफ्ना बालबालिकाहरुसंग भिन्न दक्षता र अपेक्षा राखे पनि रिसाइदिन हुँदैन ।
बालबालिका कमजोर भए पनि समाजबाट थुप्रै कुराहरु सिक्दै जान्छन् । विस्तारै हेलमेल बढ्दै जादाँ विभिन्न कुराहरु अवलोकन गर्छन् । समाज र परिवेश नै उनीहरुको सिकाइको अर्को थलो हुन जान्छ । स्कूल र घर दुबैको सहयोगबाट मात्रै बाल विकास सम्भव छ । आजभोलि प्रायः जसो स्कूलमा बाल मनोविज्ञान बुझेर पढाईने भएकाले बच्चाहरुलाई दण्ड नभएर पुरस्कृत गर्दै पढाइने गर्दछ । यदि कहिले काँही कुनै बालकले आफ्नो राम्रो प्रगति गर्न सकेका छैनन् भने त्यो विद्यालय वा त्यहाँको वातावरण बच्चाका लागि होइन भन्ने बुझनु पर्दछ । त्यस्तो पाइएमा बच्चालाई उसको अनुकुलको स्कूलमा अध्यापन गराउदाँ सुधार हुन आउँछ । बच्चाको अध्ययन अध्यापन विकास नहुनुमा स्कूल र अभिभावक बिचको पनि सम्बन्ध नहुन सक्छन् । कहिलेकाही कतिपय कुरामा हामी अभिभावक वर्ग अनिविज्ञ हुन्छांै भने स्कुूल तर्फ पनि यस्तै भइदिएको हुन्छ । त्यसको लागि अभिभावक वर्ग र स्कूलका शिक्षक वर्गसंग एक अर्का बिच पारस्परिक सम्बन्ध हुन अत्यन्त जरुरी हुन्छ । एक दिनमा ६ घण्टा मात्रै विद्यालयको जिम्मेवारीमा बस्ने बालबालिकाहरु अभिभावकको सहयोग र सहकार्य विना सफल हुन ग्राह्रो कुरा हो । बाल मनोविज्ञानले बालबालिका हरेक ठाउँमा खेल्दै रमदै पढ्न रुचाउछन् । त्यसै प्रकारको हामीले पनि वातावरण मिलाउन जरुरी पर्दछ ।
0 comments:
Post a Comment