-

  • नयाँ खबर

    09 March, 2015

    संसार घुम्न निस्कियो सौर्य ऊर्जाबाट उड्ने विमान


    अबुधाबी, सौर्य ऊर्जाबाट चल्ने विमान सोलर इम्पल्स २ सोमबार अवुधाबीबाट संसारको उडानमा निस्केको छ। सोलर इम्पल्स कम्पनीको यो एक सिटे विमानको पंखामा सोलर प्यानल जडान गरिएको छ। यसको वजन एउटा कारको जत्रो मात्र छ । यो कम्पनीका संस्थापक दुई पाइलट हुन् । जसले १२ चरणमा विमान उडाउने छन् । यस क्रममा उनीहरुले सौर्य ऊर्जाबाहेक अनय कुनै पनि इन्धन प्रयोग गर्ने छैनन् । उनीहरुको उद्देश्य पुरानो पर्यावरण दुषित गर्ने प्रविधिको स्थानमा नयाँ र सफा प्रविधि ल्याउनु रहेको छ। यसमा जडान गरिएको ब्याट्री सुर्यको किरणबाट चार्ज हुनेछ । त्यसकै सहयोगमा उनीहरुले राति उडान भर्न सक्ने छन् । यो उडान संयुक्त अरब इमिरेट्सको अबुधाबीबाट सुरु भएर यही समापन हुनेछ । आफ्नो यात्रामा यो विमानले म्यान्मा, हवाई, चीन, न्युयोर्क हुँदै पुनः अबुधाबी फर्कनेछ । एजेन्सी 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: संसार घुम्न निस्कियो सौर्य ऊर्जाबाट उड्ने विमान Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top