-

  • नयाँ खबर

    18 March, 2015

    भोलिदेखि सुरु हुने एसएलसीको सम्पूर्ण तयारी पूरा, चिट चोराउने र चोर्नेलाई कडा कारवाही

    उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ, अध्यक्ष पद रिक्त - See more at: http://www.pahilopost.com/content/-2916.html#sthash.wygdAlFc.dpuf
     

    भक्तपुर, चैत ४– एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठीमि भक्तपुरले जनाकारी दिएको छ ।
    परीक्षा नियन्त्रक विष्णु बहादुर द्धवारेले भोलि देखि हुन लागेको परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिँदै परीक्षा पर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कसर नराखिएको जानकारी दिए । उनले ७५ वटै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिकासहितका सबै सामाग्री पु¥याइसकिएको जानकारी दिँदै परीक्षामा सहभागी हुनका लागि पाँच लाख ७४ हजार ६८५ जना छात्रछात्राले आवेदन दिएको र जसमध्ये नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी चार लाख २६ हजार २१४ जना परीक्षामा सहभागी हुने बताए । 
    एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी एक लाख ४५ हजार १८३ जना सहभागी हुने उनले बताए ।
    प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी हुने छन् । परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौंमा ३४ हजार ५८७ जना र सबैभन्दा कम मनाङमा ७४ परीक्षार्थी रहेको बताए ।
    यस वर्ष परीक्षाका लागि देशभरमा गरी एक हजार ८६२ परीक्षा केन्द्र कायम गरिएको जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा ९१ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा १र १ वटा परीक्षा केन्द्र कायम गरिएको छ । गत वर्ष देशभर एक हजार ८३६ परीक्षा केन्द्र कायम गरिएकामा यस वर्ष परीक्षार्थी बढेकाले केन्द्र पनि बढाएको नियन्त्रक द्ववारेले बताए ।
    यसैबीच उनले एसलसीमा चिट चोराउने र चोर्नेलाई कडा कारवाही हुने बताएका छन् । द्ववारेले परीक्षा ब्यवस्थित र शान्तिपूर्ण ढंगले सञ्चालन गर्न ३५ बुँदे आचारसंहिता तयार पारेर देशभरका जिल्ला शिक्षा कार्यालमा पठाइएको भन्दै सो विपरित काम गर्ने जोकोहिलाई पनि कारबाही हुने बताए ।


    उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ, अध्यक्ष पद रिक्त - See more at: http://www.pahilopost.com/content/-2916.html#sthash.wygdAlFc.dpuf
    उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ, अध्यक्ष पद रिक्त - See more at: http://www.pahilopost.com/content/-2916.html#sthash.wygdAlFc.dpuf
    उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ, अध्यक्ष पद रिक्त - See more at: http://www.pahilopost.com/content/-2916.html#sthash.wygdAlFc.dpuf
    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भोलिदेखि सुरु हुने एसएलसीको सम्पूर्ण तयारी पूरा, चिट चोराउने र चोर्नेलाई कडा कारवाही Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top