-

  • नयाँ खबर

    15 March, 2015

    दोस्रो चरणको आन्दोलन घोषणा, नाकाबन्दीदेखि आमहडतालसम्म


    काठमाडौं, १ चैत । सत्तापक्षसँगको वार्ता असफल भएको निश्कर्ष निकाल्दै एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले चैत २६ गतेसम्मको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। 
    दोस्रो चरणमा आन्दोलनमा सरकारी कार्यलय घेराउ, नाकाबन्दीदेखि आमहडतालसम्मका कडा कार्यक्रम घोषणा गरिएको छ। तीस दलीय मोर्चाको सिंहदरबारमा आइतबार बसेको बैठकले दोस्रो चरणको आन्दोलन थाल्ने निर्णय गरेको हो।
    मोर्चाले फागुन ३० गतेसम्म वार्ता सफल नभए चैत १ गतेदेखि आन्दोलन थाल्ने निर्णय पहिले नै गरेको थियो। बालुवाटारमा शनिबार हुने भनिएको निर्णायक वार्तामा संविधान लेखनका मूल विवादमा छलफल नै नभएपछि एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनमै फर्किएको हो।
    चैत ५ गते जिल्लामा तीस दलीय गठबन्धनको आन्दोलनको तयारी बैठक, चैत ८ गते सबै जिल्लामा महिलामाथिको हिंसा, महंगी, कालो बजारी, लोडसेडिङ तथा भ्रष्टाचारलगायतका विषययमा विरोध प्रदर्शन, चैत ११ गते युवाहरुको नेतृत्वमा सिटी तथा लाठी जुलुसको कार्यक्रम तय गरिएको छ।
    त्यसैगरी चैत १४ गतेदेखि प्रधानमन्त्री र मन्त्री जाने कार्यक्रममा कालोझन्डा देखाउने, बहिष्कार तथा अवरोध गर्ने, चैत १५ देखि १८ गतेसम्म जिल्ला प्रशासनलगायतक सरकारी कार्यलयमा पालैपालो घेराउ गर्ने कार्यक्रम रहेको छ ।
    चैत १८ गते बेलुका मसाल जुलुस निकाल्ने र चैत १९ र २० गते देशव्यापी आमहडताल गर्ने कार्यक्रम छ । चैत २३ गते मसाल जुुलुस निकालेर चैत २४ देखि २६ सम्म देशव्यापी आम हडताल गर्ने कार्यक्रम छ ।
    माघ ११ गते सत्तापक्षले बहुमतको आधारमा प्रश्नावली समिति गठन गरेर संविधान लेखन प्रक्रिया अघि बढाएपछि एमाओवादी नेतृत्वको मोर्चा संविधानसभा छोडेर आन्दोलनमा होमिएको हो । प्रश्नावली समिति गठन गर्ने कदम सच्चाएर सहमतिका आधारमा अघि बढ्न सत्तापक्ष तत्पर नभएसम्म आन्दोलन स्थगित नहुने अडान विपक्षी मोर्चाले लिएको छ ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: दोस्रो चरणको आन्दोलन घोषणा, नाकाबन्दीदेखि आमहडतालसम्म Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top