-

  • नयाँ खबर

    26 November, 2013

    जनताको मतबाट हारेको नभएर काग्रेसका जिम्मेवार कार्यकर्ताको अन्तर्घातवाट पार्टिले हार व्यहोरेको - नेता चौरसिया

    वीरगंज, मंसिर ११ पर्सा
    नेपाली काग्रेस क्षेत्र नम्बर ३ मा जनताको मतबाट हारेको नभएर काग्रेसका जिम्मेवार कार्यकर्ताको अन्तर्घातवाट पार्टिले हार व्यहोरेको पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार अजय चौरसियाले बताएका छन् । वीरगंजको स्थानिय सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । ...
     होटल सम्झनामा पत्रकार सम्मेलनमा बोल्दै चौरसियाले क्षेत्र नम्बर ३ को तश्करहरु मेरो विरोद्धमा लागेकाले आफु हारेको बताए । उनले भने त्यसैले पार्टिको विद्यान र आदर्श विपरीत कार्य गरेका २६ जना पार्टीको कार्यकर्ताहरुलाई साधारण सदस्यता समेतवाट मुक्त हुनेगरि निष्कासन गरेको चौरसियाले बताए । आफु जहिले पनि जनतासंग प्रतिबद्ध रहेकाले विकास कार्यमा निरन्तरता दिने बताउदै सहयोग गर्ने सम्पुर्ण जनतालाई धन्यवाद दिएका थिए । क्षेत्र नम्बर ३ को निर्वाचन अनुगमन समितीको प्रतिवेदनको अधारमा पार्टिका जिल्ला सदस्य राजेश्वर साह, महाधिवेशन प्रतिनिधि वृजकिशोर पटेल, पुर्व महासमिति सदस्य वीरबहादुर यादव, गाविस सभापतिहरु काशीप्रसाद यादव, संकर राउत अहिर, प्रमोद साह, बच्चा साह, क्षेत्रिय प्रतिनिधिहरु राधेश्याम यादव पुनिलाल साह, हरिन्द्र साह, मथुरा महतो लगायत कार्यकर्ताहरुलाई सधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यक्रम क्षेत्रिय सभापति श्याम पटेलको सभापतित्वमा समपन्न भएको थियो ।  

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: जनताको मतबाट हारेको नभएर काग्रेसका जिम्मेवार कार्यकर्ताको अन्तर्घातवाट पार्टिले हार व्यहोरेको - नेता चौरसिया Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top