-

  • नयाँ खबर

    25 November, 2013

    २ केन्द्रिय अध्यक्ष सहित १ सय ९३ जनाको जमानत जफत

    पर्सा जिल्लाको पाँच वटा निर्वाचन क्षेत्रबाट दोश्रो संविधान सभा निर्वाचनमा उम्मेदवारी दिएको २ केन्द्रिय अध्यक्ष सहित १ सय ९३ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार कूल २ सय १० जनाले उम्मेदवारी दिएकोमा १ सय ९३ जनाको जमानत जफत भएको हो । पर्सा जिल्लामा ...... सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् । 
    ५ वटै क्षेत्रको कुल ५ लाख ७९ हजार रकम जमानत जफतबाट सरकारको राजश्वमा जम्मा भएको हो । पर्सा जिल्लाको क्षेत्र नम्बर १ मा ४० हजार ६ सय ११ खसेको मतमा २ हजार ८ सय ७५ मत बदर भएको हो । यस क्षेत्रमा ५५ जनाले उम्मेदवारी दिएकोमा काँग्रेसका राजेन्द्र अमात्य, तराई मधेश लोकतान्त्रिक पार्टीका विमल श्रीवास्तव र राष्ट्रिय समाजवादी पार्टिका राजेशमान सिह वाहेक पुर्व कृषि राज्यमन्त्री मधेशी जनअधिकार फोरमकी करिमा बेगम, सद्भावना पार्टीकी केन्द्रिय अध्यक्ष सरिता गिरी, फोरम मधेशका केन्द्रिय अध्यक्ष भाग्यनाथ गुप्ता लगायत ५२ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचण कार्यलय पर्साका प्रमुख मधुकर पोखरेलले बताउनु भएको हो । त्यस्तै गरि पर्सा जिल्लाको क्षेत्र नम्बर २ मा ४५ जनाले उम्मेदवारी दिएकोमा एमालेका विचारी यादव, फोरम नेपालका प्रदिप यादव, नेपाली काग्रेसका अजय द्विवेद्वी, एमाओवादीका बसरुद्दिन अंसारी र राप्रपा नेपालका राजीव पराजुलीबाहेक ४० जना उम्मेदवारको जमानत जफत भएको छ । यो क्षेत्रमा उम्मेदवारी दिएका फोरम गणतान्त्रिकका महासचिव शशीकपुर मियाँको समेत जमानत जफत भएको छ । यहाँ ४० हजार ३४ खसेको मतमा १ हजार ९ सय ५१ मत बदर भएको छ ।
    त्यसैगरी पर्सा जिल्लाको क्षेत्र नम्बर ३ मा ४२ जना उम्मेदवारले दिएको उम्मेदवारीमा विजयी भएका एमालेका राजकुमार गुप्ता र नेपाली काग्रेशका अजय चौरसीया बाहेक ४० जना उम्मेदवारको जमानत जफत भएको हो । जसमध्ये संघिय सदभावना पार्टिका सह–महासचिव शिव पटेलको समेत जमानत जफत भएको छ । यस क्षेत्रमा ४१ हजार ९ सय ९१ खसेको मतमा २ हजार ३ सय १२ मत बदर भएको छ । त्यस्तै पर्सा जिल्लाको क्षेत्र नम्बर ४ मा ३३ जनाले उम्मेदवारी दिएकोमा विजयी भएका नेपाली काँग्रेसका सुरेन्द्र चौधरी, संघीय समाजवादी पार्टीका राजकुमार यादव, एमालेका प्रद्युम्न चौहान र ए माओवादीका प्रह्लाद गिरी वाहेक २९ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा ४२ हजार २ सय २८ खसेको मतमा १ हजार ८ सय ५ मतबदर भएको हो । त्यसैगरी पर्सा जिल्लाको क्षेत्र नम्बर ५ मा ३५ जनाले उम्मेदवारी दिएकोमा एमालेका जयप्रकाश थारु, नेपाली काग्रेशका रमेश रिजाल, माओवादीका उर्मिला अर्याल वाहेक ३२ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा ४२ हजार ४ सय ९७ खसेको मतमा १ हजार ९ सय ७८ मतबदर भएको हो । 


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: २ केन्द्रिय अध्यक्ष सहित १ सय ९३ जनाको जमानत जफत Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top