-

  • नयाँ खबर

    12 November, 2013

    अभाव हुँन नदिन पेट्रोलियम पदार्थ, खाद्ययान स्कटिङ्ग गरी पठाइयो

    नेकपा–माओवादी लगायत ३३ दलिय मोर्चाले आह्वान गरेको यातायात बन्द
    को असर सर्वसाारणहरुको दैनिकिमा पर्न नदिनका लागि प्रशासनले स्कटिङ्ग गरेर मालसमानहरु विभिन्न ठाँउमा पठाएको छ । नेपाल प्रहरीले आज वीरगंज भन्सार भएर देशको विभिन्न स्थानमा जाने पेट्रोलियम पदार्थ, खाद्ययान, उद्योगजन्य कच्चा पदार्थ र यात्रुवाहक बसहरुलाई स्कटिङ्ग गरी काठमाण्डौं, पोखरा, चितवन, नारायणघाट लगायतको स्थानमा पठाएको छ । वीरगंजको सिमावर्ती भारतीय सहर रक्सौल भएर नेपाल भित्रीयाइएको सयौँ पेट्रोलियम पदार्थ एल.पि ग्याँस, डिजल, पेट्रोल, मट्टितेल बोकेको टयाक्र, त्यस्तै खाद्ययान र  कच्चा पदार्थ बोकेको ट्यांकर तथा ट्रकलाई स्कटिङ्ग गरी विभिन्न स्थानमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले जानकारी गराए । नेकपा–माओवादीले गरेको बन्दको प्रभावबाट सर्वसाधरणलाई राहत हुने गरि वीरगन्ज नयाँ बस पार्कबाट देशको विभिन्न स्थानको लागी खुलेका १४ वटा नाइट यात्रुवाहक वस र ७ वटा दिवा सेवा यात्रृवाहक बसलाई गएराती र आज बिहान स्कटिङ्ग गरी पठाइएको उपरिक्षक सिंहले बताए । यातायातबन्दाको कारण विभिन्न शहरहरुमा खद्यान्न बस्तुहरुको अभावलाई न्युन पार्न सर्वसाधारणलाई राहत प्रदान गर्ने उदेश्यले दैनिक आवश्यक बस्तुलाई गणतब्य सम्म पु¥याउन हरेक चोक चोक र बाटो भरिनै सुरक्षाको राम्रो प्रबन्ध मिलाईएको उपरिक्षक सिंहले जनकारी गराए ।


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अभाव हुँन नदिन पेट्रोलियम पदार्थ, खाद्ययान स्कटिङ्ग गरी पठाइयो Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top