-

  • नयाँ खबर

    01 November, 2013

    बारामा चुनावी सरगर्मि

    संविधान सभा सदस्य निर्वाचन नजिकिदै गर्दा बाराका राजनैतिक दलका उम्मेदवार
    र समर्थक गाँउ–गाउँमा आ–आफ्ना दललाई विजय गराउन घरदैलो र चुनावी सभा गर्नमा व्यस्त छन् । जिल्ला बाहिर बसेर राजनैतिक गर्ने र अन्य व्यवसाय गर्ने पनि यति वेला सदरमुकाम कलैयामा मात्र नभई आ–आफ्ना क्षेत्रमा पर्ने गाँउ–गाँउ समेत मतदाताहरु घरदैलोमा पुग्न व्यस्त छन् । एकिकृत माओवादी, नेपाली काग्रेस र नेकपा एमाले जस्ता ठुला दलसंगै मधेशी दलहरु प्नि आ–आफ्नो पक्षका मत जुटाउनु निकै कसरतमा लागेका छन् । अबको संविधान सभाको निर्वाचन पश्चात जनताहरुको हक अधिकार सुनिश्चित गर्दै नयाँ संविधान निर्माणसंग शान्ति र स्थितता कायम गर्न प्रतिबधता व्यक्तm गरेका छन् । ठूला तथा साना पर्टीका उम्मेदवारहरुले सहरमा मात्र नभई ग्रामिण भेगमा दलका झण्डा र घोषण पत्र वितरणले गर्दा पनि चुनावको चहलपहल निकै बढाएको छ  । ६ वटा निर्वाचन क्षेत्र रहेका सय जिल्लामा नेपाली काग्रेस, एमाले, माओवादी र मधेशी दलहरुमा निकै प्रतिस्पर्धाको रुपमा देखिएका छन् । निर्वाचन क्षेत्रका १ मा एमाले, काग्रेस, माओवाद र मधेशी दलका तिव्र प्रतिस्पर्धामा रहेका छन्  भने क्षेत्र नं. २ मा माओवादी, काग्रेस, एमाले र मधेशी जनअधिकार फोरम तिव्र प्रतिस्पर्धामा रहेका छन् । यसैगरी निर्वाचन क्षेत्र नं. ३ मा काग्रेस, एमाले, माओवादी र संघिय समाजवादी पार्टिको निकै प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन क्षेत्र नं. ४ मा एमाले, काग्रेस, माओवादी, तराई मधेश लोकतान्त्रिक पार्टी तथा तराई मधेश सदभावना पार्टी निकै प्रतिस्पर्धि देखिएका छन् । यसैगरी निर्वाचण क्षेत्र नं. ५ मा काग्रेश, एमाओवादी तथा एमालेको निकै प्रतिस्पर्धा देखिएको छ । यसैगरि निर्वाचन क्षेत्र नं. ६ मा एमाले, काग्रेश, र ए माओवादी तिव्र प्रतिस्पर्धामा रहेको छन् । २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा ६ वटा निर्वाचण क्षेत्र मध्ये २ वटा ए माओवादी, तराई मधेश लोकतान्त्रिक, सदभावना पार्टी (राजेन्द्र महतो), मधेशी जनअधिकार फोरम, र नेपाली काग्रेसले एक–एक उम्मेदवारहरु विजयी प्राप्त गरेका थिए । ६ वटै निर्वाचन क्षेत्रका नेपाली काग्रेस, एमाले, ए माओवादी र मधेशी दलहरु आफुहरुले विजय हुने दावी गर्ने भन्ने पट्टि पछि परेको देखदैन् । मधेशी दलहरुले मधेशीको हक अधिकार सुनिश्चित गर्न आफुहरु प्रतिबध रहेको बताउछन् । बारा जिल्लामा स्वतन्त्र ४५ महिला २२ गरी जम्मा २४१ ज्ना उम्मेदवारहरु चुनावी मैदानमा उत्रेका छन् । बारा जिल्लामा कुल मतदान केन्द्र २७४ वटा रहेका छन् ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बारामा चुनावी सरगर्मि Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top