-

  • नयाँ खबर

    06 December, 2013

    बार्षिकोत्सवको अवसरमा अनाथ तथा विपन्न बालबालिकालाई लता कपडा र स्टेशनरी सहयोग

    वीरगंज, २१ पर्सा
    रेडियो वीरगंजले आफ्नो बार्षिक उत्सवको अवसरमा अनाथ तथा विपन्न बालबालिकालाई लता कपडा र स्टेशनरी सहयोग गरेको छ । मध्य तराईको पहिलो रेडियोको रुपमा स्थापित रेडियो वीरगंज ९९ मेगाहर्जले आफ्नो .....सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    .... ११ औँ बार्षिकोत्सवको अवसरमा आज वीरगंज कारागार, पशुपति शिक्षा मन्दिर अदर्शनगर र वीरगंज अनाथालय विर्तामा रहेको बालबालिकालाई लता कपडा र स्टेशनरि सहयोग स्वरुप प्रदान गरेको हो ।  तराईमा बढदै गईरहेको जाडोको मध्यनजर गर्दै रेडियो वीरगंजले २ बर्ष देखि १० बर्ष सम्मका ८ जना बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरी, पशुपति शिक्षा मन्दिरका बालबालिकालाई २० वटा कम्बल, त्यसैगरि  वीरगंज अनाथालयका बालबालिकालाई ५० वटा कपि र कलम वितरण गरेको रेडियोका अध्यक्ष ध्रुव शाहले बताए । सत्ता व्यापि रुपमा गर्न लागेको कार्यक्रममा रक्तदान, श्रष्टा सम्मान, मधेशको संघिय राजधानी वीरगंज बनाउने प्रतिबद्धता, देशकै चर्चित कालाकारहको सास्कृतिक कार्यक्रम लगायतको कार्यक्रमहरु गर्न लागेको प्रबन्ध निर्देशक उपेन्द्र डोटेलले बताए । कार्यक्रममा रेडियोका रामनारायण कुर्मी, अनुप तिवारी, मनोज पटेल, युवराज खड्का लगायतको उपस्थिति रहेको थियो । 

     रेडियो वीरगंजले २ बर्ष देखि १० बर्ष सम्मका ८ जना बालबालिकाहरुलाई न्यानो कपडा र स्टेशनरी लिएका बालवालिकासंग फोटो खिचाउदैँ ।


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: बार्षिकोत्सवको अवसरमा अनाथ तथा विपन्न बालबालिकालाई लता कपडा र स्टेशनरी सहयोग Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top