-

  • नयाँ खबर

    06 December, 2013

    नेपाल बैँक लिमिटेडको ७७ औँ वार्षिकोत्सव कार्यक्रम समपन्न

    वीरगंज, २१ मंसिर
           नेपाल बैँक लिमिटेडको ७७ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा शुक्रबार वीरगन्जमा पनि पदक तथा प्रमाण पत्र वितरण गरिएको छ । बिर्तास्थित सिटी अफिस कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उत्कृष्ट ...सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    ......कर्मचारी तथा ग्राहकलाई सम्मान् गरिएको थियो ।  कार्यक्रममा बोल्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैधले कृषी क्षेत्रमा बहुसंख्यक नेपाली आश्रित रहेकाले बैंकहरुले कृषी क्षेत्रको लगानीलाई अझ प्राथमिकता दिनुपर्ने बताए । जिल्ला न्यायधिश भोलानाथ चौलागाईले तीब्र प्रतिस्पर्धाका कारण वाणिज्य बैंकहरुले नयाँ  प्रविधी अपनाएर ग्राहकलाई अझ प्रभावकारी र दू्रत सेवा प्रदान गरेकोमा सन्तुष्टी व्यक्त गरे । नेपाल बैक सिटि अफिसका प्रबन्धक सिताराम श्रेष्ठले जनतासँग सुमधुर व्यवहार र विश्वास भएकै कारण देशभरमा १ सय १८ शाखा बिस्तार गर्न रहेको बताए ।  कार्यक्रममा बैंकमा २५ वर्ष सेवा गरेका २१ जना कर्मचारीलाई स्वर्ण पदक र २० वर्ष सेवा दिएका एकजना कर्मचारीलाई रजत पदक र प्रमाण पत्रले सम्मान गरेको थियो । कार्यक्रममा नेपाल बैक कर्मचारी संघका क्षेत्रिय अध्यक्ष रोशन श्रेष्ठ, वित्तिय कर्मचारी संघका क्षेत्रिय अध्यक्ष विनोद दुबे लगायतको उपस्थिति रहेको थियो ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल बैँक लिमिटेडको ७७ औँ वार्षिकोत्सव कार्यक्रम समपन्न Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top