गीता भण्डारी |
मध्य नेपाल सन्देश,
प्राकृतिक रुपमा धनी भएर पनि अन्य थुप्रै कुरामा हाम्रो देश नेपाल गरीब मानिन्छ । शिक्षा र चेतनास्तरको सन्दर्भमा भने अझै मुलुकको हरेक क्षेत्र अझै सवल भइसकेको छैन । त्यसमा पनि नारी वर्गहरु त अझैै कहाँ छन् कहाँ । यसैलाई अहिले फर्किएर हेर्नु पर्ने बेला आएको छ् । बिभिन्न कारणले मुलुकका ठाउँ ठाउँमा महिलामाथि हिँसा र हत्या हुने तथ्यगत घटना हामीले देखेका, सुनेका र स्वयम् भोगेको पनि छौं । नारी वर्गलाई सवल र सक्षम बनाउन नारी आफैले उठ्नुपर्ने आजको पहिलो आवाश्यकता हो । देश र समाजलाई आर्थिक र सामाजिक रुपमा सम्पन्न बनाउन महिला माथिको सामाजिक विवेदको अन्त्य पहिलो शर्त हुनुपर्छ ।
पुरुषबाट हुने गरेका महिला हिुसाका दर्दनाक घटनाहरुलाई महिलाहरुले अझै पनि पर्गेल्न सकेका छैनन् । अपमानको बोझ खेपेर पनि कुनै घटना बाहिर आउदा हुन सक्ने सम्भावनित अवस्था अनि लोक, समाजका अगाडी परिवारको प्रतिष्ठा बचाई, परिवार विखण्डको डर, त्रासले हिसांलाई सहेर धेरै महिलाहरु बसेका छन् । कतिले यो बोझ सहन नसकी आत्महत्या गर्ने सम्मको बाटो रोजेको पाइन्छ । यो संख्यामा पनि बर्षेनी ओरालो लागेको अवस्था भने देखिन्न । मध्य तराईमा त दाईजो नल्याएको निहँुमा बुहारी माथि गरिने दूव्र्यवहार, यातना र अत्याचारले थुप्रै नारीले प्रताडित हुन परेको वास्तविकता कसै सामु छिपेको छैन । टोल छरछिमेकमा आफ्नै हुँ भन्नेहरुसगु घटेका दर्दनाक पीडामा पर्ने नारीहरुको वास्तविकता मिडियामा छरपष्ट सुन्दै र देख्दै आएका घटना पनि निमिट्यान्न हुन सकेका छैनन् ।
त्यस्ता घटनामा पहिलो फेजमा पुरुष देखिए पनि दोस्रो फेजमा अरु कोही त छैन ? अब यो पनि नियाल्न आवश्यक भइसकेको छ । वास्तवमा महिला हिसां पुरुषबाट मात्रै हुने गरेको हो त ? यस्ता घटित हिसांका घटनाका कारक को हुन ? भनेर बुझ्न अक चुक्नु हुँदैन । समाजमा घटेका धेरै घटनाको पछाडी महिलाहरुको पनि हात ठ्याम्मै नहुने भन्ने होइन । एउटी नारीले अर्को नारीको सम्मान नगरेसम्म र पुरुषलाई पर्दा पछाडीबाट उक्साउने परिपाटी अन्त्य नभएसम्म मात्र पुरुषलाई सबै दोष लगाएर महिलाले पनि उम्कन मिल्ने अवस्था भने छैन । परिवर्तनशिल समयसँगै हाम्रा सोचहरु अझै पनि तथस्ट नरहनुमा समाज र स्वयम् पनि दोषी भएको बुझ्न ढिलो गर्नु हुन्न ।
कछुवाको गति सरहको यो परिवर्तन त्यसदेशको शिक्षा, नियम कानून, चेतनाको कमी, पुरानो रुढिवादी सोच, चलिआएको परम्पराको निरन्तता, पुरुषोत्वको हुँकार सर्वथा प्रमुख कारण हुन् भन्दा अत्युक्ति नहोला । हुन त कतिपय हिंसा विलाशिताका कारणले पनि हुने गरेको तथ्य पनि प्रकाशमा आउन थालेको छ । जुन सुकै कारणले हिसां भएता पनि कही न कही व्यावहारिक शिक्षाको कमीकै कारणले हुने गरेको वास्तविकतालाई भने उति नकार्न सकिन्न । महिलाले घरबाट बाहिर निस्कनु हुदैन, पति र घर परिवारलाई रिजाउनु, बाल बच्चा जन्माई पालन पोषण गर्नु र घरायसी कामकाजमा नै रुमल्लिनु पर्छ भन्ने एकहोरो सोच परिवर्तित समयसँगै अब सबैले परिवर्तन गर्न आवश्यक छ । अर्काको घर गए जात जान्छ भन्ने सम्मको निम्न मानसिकतालाई पढाई लेखाईकै कारण विस्थापित गर्दै आएको यर्थाथलाई भूली मध्य तराईमा कम दाईजोमा छोरीलाई जिम्मा लाउन पाए बोझ हल्का हुन्छ भन्ने रुढिबादी सोच त्याग्न निकै ढिलो भइसकेको छ । सवल र सक्षम महिलाले आफ्नो पौरखबाट आफू र समग्र परिवारको समेत स्तरमाथि उठाएको उदाहरण खोज्न अब टाढा जानु पर्दैन । अनि छोराले मात्र बुढेसकालमा सेवा गर्छन् र मर्दापर्दा उनीहरुले नै सबै संस्कारका कार्य गर्छन् भन्ने मान्यतालाइ समेत धेरै छोरीहरुले बुबा आमाको काजक्रियामा आफै बसी मिथ्या सावित गरिदिएका छन् ।
त्यसैले राज्यले समेत यस्ता सोचलाई बढावा पुग्ने गरी कार्य सम्पादन गर्नु हुँदैन । अनि वास्तविक यथार्थलाई अन्देखा गर्ने र प्रचलित नियम कानुनलाई फितलो सावित गर्न प्रयास गर्नेहरुलाई कानूनी दायरामा ल्याई राज्यले समेत दरिन आवश्यक छ । अनि राज्यको मूल कानूनभन्दा माथि उभिन खोज्ने राजनीतिकर्मीहरुले पनि समाज सुदृढिकरणका सवल पक्षलाई दवाएर आपराधिक मानसिकतालाई बल पुग्ने गुरी कार्य गराउन तम्सने बानीलाई निरन्तरता दिनुहुँदैन ।
प्रशासनिक पहुचलाई दूरुपयोग गरी व्यक्तिगत फाइदामा रम्ने कर्मचारीहरुले पनि महिला हिंसा र सामाजिक अपराधमा संलग्न हुने अपराधीहरु उम्काउने गैर बाटो देखाउने कार्य बन्द गर्नु पर्छ । गलत काम गर्नेलाई कडा सजाय र कानुनी दायरामा नल्याएसम्म महिला हिंसा र सामाजिक वेथितिले समेत प्रश्रय पाइरहन्छ । यो कुरालाई मनन् गर्दै समाजको हरेक पक्षबाट राज्यको नीति र कानूनलाई पालना गर्न गराउन समेत अग्रसर हुनुपर्छ ।
0 comments:
Post a Comment