एजेन्सी । आतंकवादी संगठन आईएसआईएसले हालै जारी गरेको नयाँ भिडियोमा चार वर्षीय बालकले तीनजना मानिसलाई बमले उडाएका छन् । चार वर्षीय ब्रिटिश बालक ‘जिहादी जुनियर’ ले गाडीमा रहेका तीनजनालाई बमले उडाएका यो भिडियोमा देख्न सकिन्छ । तीनजनालाई बमले उडाउने यी बालक दक्षिण-पुर्व लन्डनमा जन्मिएका ग्रेस ‘खादिजा’ डेरका छोरा हुन् ।
ग्रेस सन् २०१२ मा इस्लाम धर्म अपनाएर सिरिया पुगेकी थिइन् । जहाँ उनले स्वीडिस चरमपन्थी लडाकू अबु बक्रसँग बिहे गरेकी थिइन् । यी बालकले अहिलेसम्मको उमेर आईएसआईएसको नियन्त्रणमै बिताइसकेका छन् ।
डेलिमेलको समाचार अनुसार बालकका हजुरबा हेनरी डेरले उनको पहिचान इसा डेरका रुपमा गरेका हुन् । भिडियोमा बालकले आईएसआईएसको ट्रेडमार्क वर्दी र शिरमा कालो पट्टी बाँधेका छन् । उनको हातमा एक डेटोनेटर देख्न सकिन्छ । बालकसँगै रहेका एक आईएस लडाकू ब्रिटिश लवजमा अंग्रेजी बोल्दै ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनलाई धम्की दिइरहेको पनि भिडियोमा देख्न सकिन्छ । यी तीनैजनामाथि सिरियामा पश्चिमी देशका लागि जासुसी गरेको आरोप लगाइएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस –

एजेन्सी । आतंकवादी संगठन आईएसआईएसले हालै जारी गरेको नयाँ भिडियोमा चार वर्षीय बालकले तीनजना मानिसलाई बमले उडाएका छन् । चार वर्षीय ब्रिटिश बालक ‘जिहादी जुनियर’ ले गाडीमा रहेका तीनजनालाई बमले उडाएका यो भिडियोमा देख्न सकिन्छ । तीनजनालाई बमले उडाउने यी बालक दक्षिण(पुर्व लन्डनमा जन्मिएका ग्रेस ‘खादिजा’ डेरका छोरा हुन् ।
ग्रेस सन् २०१२ मा इस्लाम धर्म अपनाएर सिरिया पुगेकी थिइन् । जहाँ उनले स्वीडिस चरमपन्थी लडाकू अबु बक्रसँग बिहे गरेकी थिइन् । यी बालकले अहिलेसम्मको उमेर आईएसआईएसको नियन्त्रणमै बिताइसकेका छन् ।
डेलिमेलको समाचार अनुसार बालकका हजुरबा हेनरी डेरले उनको पहिचान इसा डेरका रुपमा गरेका हुन् । भिडियोमा बालकले आईएसआईएसको ट्रेडमार्क वर्दी र शिरमा कालो पट्टी बाँधेका छन् । उनको हातमा एक डेटोनेटर देख्न सकिन्छ । बालकसँगै रहेका एक आईएस लडाकू ब्रिटिश लवजमा अंग्रेजी बोल्दै ब्रिटेनका प्रधानमन्त्री डेभिड क्यामरनलाई धम्की दिइरहेको पनि भिडियोमा देख्न सकिन्छ । यी तीनैजनामाथि सिरियामा पश्चिमी देशका लागि जासुसी गरेको आरोप लगाइएको थियो ।
0 comments:
Post a Comment