-

  • नयाँ खबर

    29 December, 2013

    सुचनाको हक अधिकार र प्रयोगबारे एकदिने अभिमुखिकरण समपन्न्

    वीरगंज, १४ पौष
    जनतालाई सुचनाको हक सहज रुपमा उपलब्ध हुने गरि पर्सा जिल्लाका ९८ वटा सरकारी कार्यालयमा २ महिना यता सुचना अधिकृत तोकीएको पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले जनकारी गराउनु भएको छ ।
                         सुचनाको हक अधिकार र प्रयोगबारे एकदिने अभिमुखिकरण कार्यक्रममाको उदघाटन सत्रमा बोल्दै बजिमयले ७ वर्ष  ..सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।
    . अगाडि नै कार्यन्वयन हुनुपर्ने ऐन कार्यन्वयन नभएकाले अबका दिनमा नागरीकलाई सुचना लिन सहज हुने उद्देश्यले सरकारी कार्यलयहरुमा सुचना अधिकृतहरुको अनिवार्य रुपमा नेमप्लेट राख्न निर्देशन समेत दिएको बताउनु भएको हो । जनतालाई चाहिने सुचना स्वथस्फुर्त उपलब्ध हुने सुचना तुरुन्तै दिने लगायतको निर्देशक आफ्नो मताहातको कार्यलयहरुका प्रमुखहरुलाई दिईसकेको प्रजिअले दावि गर्नुभएको हो । सरकारी निकायको काम कारवाहीलाई पारदर्शी र जवाफदेहि बनाउने कार्यमा सुचनाको हकले महत्वपुर्ण भुमिका निर्वाह गर्ने पत्रकार महासंघका अध्यक्ष केसि लामिछानेले बताउनुभएको हो ।  लामिछानेले जनताले सुचना माग्नुभन्दा कार्यालयहरुले नै नियमीत रुपमा सुचना प्रवाह गर्नुपर्ने बताउनु भएको थियो अध्यक्ष लामीछानले कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साको तर्फबाट प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले सुचना प्रवाहका लागि राम्रो भिमिका खेलिरहनु भएको सराहना गर्दै उहाँलाई दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । एक दिने अभिमुखिकरण कार्यक्रममा फ्रिडम फोरम नेपालका सञ्जिव घिमीरेले प्रशिक्षण दिनुभएको थियो । राष्ट्रिय सुचना आयोग, सुचनाको हकका लागि अभियान र हेलपिग ह्यण्डस क्लवको संयूक्त आयोजनामा भएको कार्यक्रममा सार्वजनिक निकायका सुचना अधिकारी, सञ्चारकर्मी, लगाएतको सहभागिता रहेको थियो ।


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सुचनाको हक अधिकार र प्रयोगबारे एकदिने अभिमुखिकरण समपन्न् Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top