-

  • नयाँ खबर

    06 December, 2013

    नारायणी अस्पतालको इमरजेन्सी कक्षमा मोटरसाईकल पार्किङ


    जियालाल साहवीरगन्ज,१९ मंसिर :

    नारायणी उपक्षेत्रिय अस्पताल प्रशासनको लापरवाहीका कारण बिरामीको स्वास्थ्यसँग खेलवाड गर्ने कार्य भइरहेको छ । बिरामीको उपचारमा जिम्मेवार मानिएका चिकित्सकहरु नै बिरामीको स्वास्थ्यसँग ...सामाचार पढनका लागि Read more किलिक गर्नुहोस् ।


    .. खेलवाड गर्ने कार्यमा संलग्न हुन थालेपछि सर्वत्र आलोचना गरिएको छ ।
                        एभेन्यूज टेलिभिजन क्रियू बुधबार दिउँसो छपकैयाँमा अवस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा रिपोर्टिङगका लागी पुगेका बेला आकस्मिक उपचार कक्षको अवस्था लथालिङग थियो । मुटुको चाप परिक्षणका लागी प्रयोग गरिने संवेदनशील उपकरण “इसिजी” राखिएको कक्षभित्र ना ११ प ९०२७ नम्बरको मोटरसाइकल पार्किङग गरेर राखिएको अवस्थामा भेटिएको थियो । अस्पतालमा गम्भीर घाइते भएर आएका बिरामीको मुटु चाप परिक्षणका लागी चिकित्सकले इसिजी मेशिन आफ्ना सहयोगीसँग मागेपछि खोज्ने क्रममा मोटरसाइकल पार्किङग गरिएको एक्स रे कक्षभित्र फेला परेको थियो । मोटरसाइकल पार्किङग गरेर हिंडेका अहेब जयराम महत्तोले इसिजी उपकरण राखिएको कोठाको ढोकामा ताल्चा लगाएर साँचो आफैंसँग लिएर गएकाले आधा घण्टापछि ढोकाको ताल्चा फुटाइएको थियो । यसैगरी अर्का एकजना चिकित्सक डा. शैलेश पाण्डेले ना १६ प २९३२ नम्बरको आफ्नो मोटरसाइकल इमरजेन्सी कक्षसँगै जोडिएको चिकित्सकहरु आराम गर्ने कक्षभित्रै पार्किङग गरेर राखेको अवस्थामा भेटिएको थियो । एभेन्यूज क्रियुले मोटरसाइकल पार्किङ गरेको दृश्य क्यामेरामा कैद गर्दा उनले हस्तक्षेप गर्ने प्रयास गरेका थिए । अस्पतालको बिजोग यत्ति मात्र होइन, अस्पतालका चिकित्सकहरुका लागी तोकिएको आराम कक्षभित्र निजी नर्सिङग क्याम्पसका तालिमे छात्राहरुले कब्जा जमाउने गरेका छन् । उनीहरुले जुत्ता चप्पल लगाएरै कक्षभित्र प्रवेश गर्ने र फोहोर पार्ने गरेको गुनासो चिकित्सकको छ । इमरजेन्सी कक्षका पियन अवध किशोर साले पनि आफूले पटक पटक आग्रह गर्दा समेत चिकित्सकहरु अटेर गरिरहेको गुनासो गरे । उनले यसबारे पटक पटक मेडिकल सुपरिटेण्डेण्टलाई समेत जानकारी गराइ सकेको बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रामाशंकर ठाकुरले चिकित्सकहरुको लापरवाहीबाट आफू पनि दिक्क भइसकेको बताउँदै लाचारी जाहेर गरे । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नारायणी अस्पतालको इमरजेन्सी कक्षमा मोटरसाईकल पार्किङ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top