-

  • नयाँ खबर

    07 February, 2014

    दुईवटा सिमा स्तम्भ नगाडिएका कारण महेन्द्र सरकारले बसाएको वस्ती विकासवाट वञ्चित सम्पुर्ण फोटो फिचरसहित ।


    चितवन राष्ट्रिय निकुञ्जले ठोरीको विकासका लागि पिकनिक पार्क लगाईएको तारवारलाई भारतियले अन्तराष्ट्रिय सिमाना यहि तारवार रहेको दावि गर्दैछन् , पृष्ठभुमिमा परेवा भिर डाडा ।



               दुईवटा सिमा स्तम्भ नगाडिएका कारण महेन्द्र सरकारले बसाएको वस्ती विकासवाट वञ्चित नुनको नाका भनेर चिनिने पर्साको ठोरी गाविसका जनताहरु दुईवटा सिमा स्तम्भ नगाडिएका कारण शिक्षा, सञ्चार, विजुलि, पुल, सडक लगायतको विकासवाट वञ्चित भएका छन् ।
                       भारतियले नेपालको भुमि अतिक्रमण नगरुण भनेर आज भन्दा ३५ वार्ष अगाडि महेन्द्र सरकारले आफ्नो देशको भुमि रक्षाका लागि ठोरीमा वस्ती वसाएका थिए । तर त्यहि समस्या आज पनि कायमै रहेका छन् । ठोरीका स्थानिय वासिन्दाले विजुलि वतिका लागि एक एक रकम जम्मा पोल र तार गाडे तर ठोरी पुग्नु भन्दा अगाडि ठुटे खोला मै सारा सपना चुडयो । भारतिय एस.एस.वि.ले भारतिय भुमि हो भनेर पोल गाडन र विजुलिको तार लान दिएका छैनन् । यति मात्र हैन् ठुटे खोलामा पुल निर्माणमा चितवन राष्ट्रिय निकुञ्जले रोक लगाईदिएका छन् ईएमआई गर्नुपर्ने भनेर पुल निर्माण हुन दिएका छैनन् । जसले गर्दा यस वर्षपनि ठोरी गाविसका वासिन्दाहरु वर्षाको समयमा भारतको नरकटियागंज भएर सदरमुकाम आउनु पर्ने भएका छन् । नेपाल सरकारको हरेक विद्यालयमा कम्पयुटर शिक्षा लागु गरेपनि ठोरीको सरस्वति माविमा कम्पयूटर छन तर विजुलि विना कम्पयूटर शिक्षा पढाई हुदैनन् । 
                भारतिय एस.एस.वि.का जवानहरुको कति सम्मनको दुस–साहस आफ्नै भुमिमा नेपाल प्रहरी र माईति नेपालको प्रहरी विट स्थापना गर्न लाग्दा हात हतियार सहित नेपालको भुमिमा प्रबेश गरि विट निर्माण रोक लगाएका थिए । जस्का कारणले ठोरीका स्थानियवासि आतंकित वनेका थिए । यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारी कैलाश कुमार वजिमयको नेतृत्वमा गएको टोलिले स्थानिय वासिहरु हाम्रो भुमिको पिलर चिनाईदिन आग्रह र हार, गुहार गरेपनि लचार भई समस्या सामाधान नै नगरि फिर्ता आएका थिए । ठोरी वासिले तपाईहरु जस्तो दुई–दुई पल्ट सिडिओ साव आउनु भो र यसो यसो गर्छु भन्दै जानु भो, हाति आयो हाति आयो फुस्स जस्तो नगर्नुस् हाम्रो सतम्भ यहाँदेअि यहाँ सम्म हो भनेर चिनाईदिनुस हामि आफनो भुमिको रक्षा गर्छु भन्दै आग्रह गर्दै थिए । समस्या सामाधान कै लागि सिमा प्रशासन महासाखा प्रमुख नापि अधिकृत सर्माले भने सिमा सतम्भको समस्या उहिले नै सामाधान भईसक्थ्यो तर स्थिर सरकार नभएकाले हुन नसकेको  बताए । उनले भने सिमाको नकसाङकन २०१२ डिसम्बर मै भएपनि दुबै देशको मन्त्रालय विचको काम भएकाले स्थिर सरकार हुने वितिकै नक्साङकनको प्रमाण पेश गरेर सिमाको पोल गाडिने बताएका थिए । 
    जवाफ फर्काउदैँ –ठोरी वासिन्दाको पिडामा मलहम लगाउदै प्रजिअ बजिमय ।

    ठोरीवासिसंग सिमाको विषयमा अन्तक्रिया गर्दै उपस्थित ठोरी वासि  ।

    यसै सतम्भ र परेवा डाडामा सिमा सतम्भ छन भनेर सिको गर्दै नेपाल प्रहरी र माईति नेपालको विट दुवैको सिमानामा परिरहेको भन्दै एसएसविका जवानले निर्माण कार्यमा रोक लगाएका छन् । 

    ठोरी गाऊँमा वति छैनन् गाडिएको पोल र विधुतिय तार । 

    ठोरीवासिन्दाको जायज मागप्रति चिन्तत सिमा प्रशासन महासाखा प्रमुख नापि अधिकृत सर्मा ।


     पृष्ठभुमिमा परेवा भिर डाडा ।

    रमनिय र अति सुन्दर ठोरी गाऊँ । 

    रमनिय र अति सुन्दर ठोरी गाऊँ । 


                  

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: दुईवटा सिमा स्तम्भ नगाडिएका कारण महेन्द्र सरकारले बसाएको वस्ती विकासवाट वञ्चित सम्पुर्ण फोटो फिचरसहित । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top